कनकाई अनलाईन
नेपालकै पहिलो तथा नमुना सामुदायिक वनको रुपमा रहेको कनकाई सामुदायिक वन समुहको २० औँ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
यस क्षेत्रका सांसद एलपीसाँवा लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रको संचालन सचिव मान्ता खरेल र स्वागत उपाध्यक्ष ललितबहादुर कार्कीले गर्नु भएको थियो । यसैविच अघिल्ला वर्षम ार्झै यसवर्षपनि सामुदायिक वनले उत्कृष्ट वन कर्मचारी , उत्कृष्ट एसइइ परिक्षामा नम्बर ल्याउने विद्यार्थी , वहोवृद्ध व्याक्ति , फरक क्षमता भएका व्याक्ति र एकजना पत्रकारलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुने संचारकर्मीमा तुलसीदास श्रेष्ठ , उत्कृष्ठ विद्यार्थीमा कनकाई माविबाट उत्कृष्ट नम्बर ल्याउने छात्र सुरज संग्रौला र समिरा खरेल , जेहेन्द्धार विद्यार्थीका रुपमा मोनिका शिवाकोटीलाई नगदसहित सम्मान गरियो । यसैगरि उत्कृष्ट कर्मचारीका रुपमा वनका चालक ज्ञानबहादुर श्रेष्ठलाई सम्मान गरियो भने जेष्ठ नागरिकका रुपमा कनकाई ४ बाट सुर्दर्सन निरौला(१९८२ ) महेश्वरा आचार्य (१९८२) कनकाई ३ बाट – हस्ता सोरेन (१९९०) मायादेवि प्रसाई (१९८५) प्रतिमान उप्रेती (१९८४) यसोदा भट्टराई (९३ वर्ष ) वडानम्बर २ बाट डिल्लीराम पौडेल (१९९०) जानकीदेवि घिमिरे (१९७६)लाई सम्मान गरिएको छ ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति सांसद साबाले देश लामो समयसम्म राजनैतिक लडाइको दौरानमा समय विताएकोले अवको दिन आर्थिक समृद्धिको दिशामा अगाडि वढ्नुपर्ने वताउँनुभएको छ । उहाँले कनकाई सामुदायिक वन समुहले देशलाई समृद्धिको बाटोमा अगाडि लैजानको लागि महत्वपुर्ण भुमिका खेल्नुपर्ने समेत उहाँले बताउनुभयो । कार्यक्रममा यस क्षेत्रका प्रदेशसभाका सांसद हिराकुमार थापा , कनकाई नगरका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , कांग्रेसका प्रभावशाली नेता देउमान थेवे , जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका अध्यक्ष ख्याम सिटौला , पुर्व गाविस अध्यक्ष भीम अधिकारी लगायातले वनको वार्षिक उत्सवलाई शुभकामना दिनुभएको थियो ।