Kanakai Online

विज्ञान प्रदर्शनीमा राेबाेटदेखि ड्राेनसम्म, कनकार्इ मावि सुरुङ्गाले जित्याे प्रतिष्पर्धा


शुक्रवार, पौष २८, २०७४ |

२८ पुस, झापा । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयमा सम्पन्न दुई दिवसीय विज्ञान तथा वातावरण प्रदर्शनीमा भएको विभिन्न आविष्कारहरूको प्रतिष्पर्धामा कनकार्इ नगरपालिकाको कनकार्इ मावि प्रथम भएको छ ।
कनकार्इका विद्यार्थीहरूले खेर जाने पानीलार्इ पुनः उपयोग गर्न मिल्ने उपकरण बनाएको शिक्षक राजेन्द्र खनालले बताए ।प्रतियोगितामा दमकको सूर्योदय बोर्डिङ स्कुल द्वितीय र दमककै पाणिनी मावि तृतीय भए ।
 
प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए ।
बिहीबार सम्पन्न भएको विज्ञान वातावरण प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विद्यालयका १० हजार विद्यार्थीले अवलोकन गरेको आयोजक संस्था विद्यालयको इको बाल क्लबले जनाएको छ ।
प्रधानाध्यापक विष्णुकान्त झाले पहिलोपटक आयोजना गरिएको यस प्रदर्शनी तथा प्रतियोगिता व्यावहारिक रुपमा सफल भएको बताए ।“दुई दिनमा १० हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेका छन्”, प्रअ झाले भने । प्रदर्शनी सहितको प्रतियोगिताले बिद्यार्थीले आफूले सिकेको ज्ञानको प्रवद्र्धन गर्ने मौका पाएको प्रअ झाले बताए ।
प्रदर्शनीमा जिल्लाभरिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले बनाएका विज्ञान र वातावरणसँग सम्बन्धित सामग्री राखिएको थियो ।
झापाको दमक–८ का १३ वर्षीय केल्भीन संग्रौलाले आकाशमा उड्ने ड्रोन निर्माण गरेर प्रदर्शन गरेका छन् ।
 
सम्बन्धित खबर