Kanakai Online

तराजुलाई नियाल्दा


शनिवार, पौष २२, २०७४ |

भीमप्रसाद अधिकारी  
पँचायत कालिन प्रणालिको त कुरै नगरौ । पवित्र गँगाजलले नुहाएर सुद्धता प्राप्त गरेका एवँ पँचायति तानाशाहका बिरुद्ध लडेका, जनताका प्रत्येक सुख–दुखलाई राम्ररी बुझेका बहुलबादी नेताहरु माथि गरीएको आशा र बिश्वाश पनि घोर निराशा र अबिश्वासमा रुपान्तरित हुन धेरै समय लागेन ।
नेपाली जनताका आधारभूत समस्याहरु भोक, रोग, गरिवि अनि शिक्षा, स्वास्थ्य, रोजगार तथा सुरक्षा जस्ता बिषयबस्तुहरु आम नेपाली जनताका सरल पहुच भित्र आउन सकेनन् । पँचायतीहरुले गरेको तिस बर्षको रजाई र बहुलबादीहरुको २८बर्षे रजाईमा तात्विक भिन्नता रहेन । एकछाक पेट भरी खान नपाएका देशका दुर्गम जिल्लाका  नागरिकहरु आज पर्यान्त यथास्थितिमै छन् ।
नेतृत्वतहका छोरा छोरीहरु बिदेशका अति महँगा महाविद्यालयहरुमा सरकारी खर्चमा पढाई हुदो छ अनि आम नागरिकका छोराछोरीहरु गाउका सरकारी धुले विद्यालयहरुमा रम्न विबश छन् । तिनीहरु सरकारी जागिरमा प्रतिस्पर्धा गर्न नसकि बिदेशीन बाध्य छन् । बिवशताका साथ आफ्नो पुर्पुरोलाई सराप्दै खाडीका तातो घाममा भेडा चराउन विवश युवा बर्ग आज कहालिलाग्दो अवस्थामा छ ।
एउटा भारतीय नागरीक रातिको २ बजे अत्यधिक मादक पदार्थ सेवन गरी काठमाण्डौको बीर अस्पतालको भित्तामा दुर्घटना ग्रस्त भई मृत्यू हुदा भारतिय दवावका अघाडि घुडा टेक्दै सरकार क्षतिपुर्ति दिन लाचार छ, तर विदेशी मुलुकबाट लगातार रेमिट्यास भित्र्याउने नेपाली नागरिक बिदेशी जेलमा महिनौ कठोर तथा अमानवीय यातनाका साथ चिच्याई रहदा पनि लाचार नेपाली सरकार चुँ बोल्दैन । राष्ट्रियता र सुरक्षा त झन बेहाल छ । सीमावर्ति क्षेत्रमा नेपाली नागरिक मारिदा छन् ,कुटिदा छन् लुटिदा छन् । भारतीय सेना काठमाण्डौको बानेस्वरमा आएर नेपाली नागरिक माथि आक्रमण गर्दा पनि सरकार लाचार छ । औषधि उपचारका नाममा आम नेपाली सर्बसाधारण सिटामोल प्राप्त गर्न नसकि छटपटाउदै मरी रहेका छन् अनि शिर्ष नेतृत्व भनिनेहरु राज्यको ढिकुटीबाट बर्षेनि कराडौ रुपैया लिई बिदेशी महँगा अस्पतालमा सपरिवार शयर गर्दा छन् । देशका सबैधानिक अगहरु पार्टीका भर्ति केन्द्र बनेका छन् ।
राज्यका दुई अग कार्यपालिका र ब्यबस्थापिका बदनाम छन् । न्यायपालिका केहि हद सम्म भरोशा योग्य थियो, त्यो पनि अब दलिय भागबण्डामा परेका छन् । अब न्यायमुर्तिको अनुहार हेरेर मात्र न्याय माग्न जानु पर्ने अबस्था बन्न पुगेको छ । राज्यलाई कर बुमmाउन जाने प्रत्येक करदाता भयमुक्त हुन सकेका छैनन् । अण्डर विलिङ्ग प्रणालिले ब्यपार क्षेत्रमा टेबल मुनिको कारोबार फस्टाउदो छ ।
अथवा भनौ सर्बत्र बेथिति छ । एकमात्र नेपाली सेनाले आफ्नो राष्ट्रबादी चरित्र जोगाउन सफल देखिन्छ यद्धपि यो पवित्र सस्था माथि पनि अनेक पटक राजनितिक आक्रमण नभएका भने होईनन् तरपनि यस सस्थाले आफ्नो गौरवशाली ऐतिहासिक परम्परालाई कायम राख्न सफल देखिएको छ । भनिन्छ “धर्ममा राजनिति नगर तर राजनितिमा धर्म नछाड” तर यहा धर्म क्षेत्र पनि राजनितिबाट उम्कन सकेको देखिदैन ।
समृद्धिशाली नेपालको नया परिकल्पनामा बहेको चुनावि भाषणले भरखरै बिश्राम लिएको छ । पचायती निरकुशताबादी भनिएकाहरुले बिदेशी मीत्र राष्ट्रहरुसग हात जोडेर बनाईएकन राष्ट्रीय उद्योगहरु आखा अघाडी आउछन् । जुन विगतका दिनहरुमा कौडीका मुल्यमा विक्री भई सकेका छन या उठनै नसक्ने गरी घुडा टेकी सकेका छन् । भक्तपुरको हरी सिद्धी ईटा कारखाना, भृकुटी कागज कारखाना, बासबारी छाला जुत्ता उद्योग, हेटौडा कपडा उद्योग, गोरखकाली टायर उद्योग, बुटवल धागो उद्योग, बिरगज चिनी कारखाना, हिमाल सिमेण्ट, साझा बस, ट्रलि बस, राणाकालिन रोपवेहरु आदि धेरै राष्ट्रीय उद्योगहरुको नाम लिन सकिन्छ । नजिकै विराटनगर जुट मिल हेरे पुग्छ जुन मरणासन्न अबस्थामा छ ।
यस्ता धेरै राष्ट्रिय उद्योगहरुको यो हविगत बनाउने कुनै विदेशी होईनन् आलोपालो सत्ताशीन हुने दलहरु नै हुन । देशमा भएकै उद्योगधन्धाको यो हविगत बनाएर, ५०लाख माथि बेरोजगार युवाहरु विदेश पठाउने यिनै दलहरुबाट के नेपालको समृद्धि सभव छ ? पचायतकालमा विदेशीहरुले बनाई दिएका एउटा उद्योग पनि सचालनको क्षमता नराख्ने दलहरुले सिङ्गै नेपालको समृद्धिको सपना बाडदै अनि आएका छन् ।      हामीलाई लागेको थियो, राजनितिमा देखिदै र भोगिदै आएको भ्रष्टाचारी र अपारदर्शी एव राज्यमाथिको दोहनकारी प्रबृतिबाट मुक्त कुनै जनपक्षिय चरित्र सहितको राजनितिक दल मुलुकको राष्ट्रिय रगमञ्चमा आउन सकोस तर सबै राजनितिक दलहरु यी जनताका आरोप बाट मुक्त रहन सकेनन् ।
तर्सथ पनि सचेत नेपाली अगुवाहरु कुनै नया चरित्र सहितको दलको खोजीमा थिए । डा बाबुराम भट्टराईको नया शक्ति नेपाल प्रति नेपाली जनताले आशा नगरेका होईनन् तर यसले जनभावनाको प्रतिनिधित्व गर्न सकेन । नेपाली जनता फेरी समयको प्रतिक्षामा रहन विबश भए । यसै क्रममा भिन्न भिन्न मितिमा गठन भएका विवेकशील र साझा पार्टी एक हुदै विबेकशील साझाको रुपमा अघाडी आएका छन् । उ भन्दैछ “हामी नष्ट हुन सक्छौ तर कदापि भ्रष्ट हुदैनौ”। आफ्नो दल भित्र त पारदर्शिता नराख्नेले कहि कतै पनि पारदर्शि हुन सक्तैन । यस्ताले अरुलाई गरीने उपदेश फगत एक नाटक शिवाय अरु केहि हुन सक्तैन । यस दलले आफ्नो वेभ साइड मार्फत सम्पुर्ण आय ब्यय सार्बजनिक गर्दै आयको देखिन्छ । शायद यसरी आफ्नो सम्पुर्ण आर्थिक विवरण सार्बजनिक गर्ने यो दल नै पहिलो दलको रुपमा रहेको छ । सबै उस्तै त हुन नि, भनि भनिदै आएको परम्परागत सोचाईलाई यस दलले तोडेको देखिन्छ ।
आफ्ना तोकिएका मुल्य र मान्यतालाई कडाईका साथ कार्यान्वयन गर्ने अठोठका साथ पद्धति,पारदर्शिता, ईमान्दारीता र उत्कष्ृठताको चार खम्बे नीतिलाई अघाडि सारेको छ । तराजु आफै न्याय र निश्पक्षताको प्रतिकको रुपमा रहदै धेरै परम्पराबादी दलहरुको चाङमा आफुलाई सर्बथा फरक ढङ्गले प्रस्तुत गर्ने सहास देखाएको छ । भयङ्कर अपराधि पनि मत माग्ने बेलामा अत्यन्त नरम हुन्छन्  यो सर्बसिद्ध कुरा हो । अनेक बहानाबाजि गरी एक पटक चुनाव जिती सकेपछि उ शेर हुन पुग्दछ । अनि कहिलै कसैको कुरा नसुन्ने र गाउनै नफर्कने कुरा सामान्य हुदै आएको छ ।
यस्तो विकृत राजनीतिक कुसस्कारको बिचमा सार्भभौम जनताले बहिस्कारको मताधिकार सहित गलत कृयाकलापमा सलग्न प्रतिनिधिलाई प्रत्याह्वान गर्ने जनाधिकारको सुनिश्चता बारे कुनै दलले पनि आवाज उठाएको पाईदैन । यो प्रजातान्त्रिक जनाधिकारको माग विवेकशील साझा पार्टीले आफ्ना दस्तावेजमा उठाएको छ । मुलुकमा देखिएको अर्को विकृति भनेको पेशागत,जनबर्गिय तथा भ्रातृ सगठनहरु हुन । विद्यार्थी, शिक्षक, कर्मचारी, प्राध्यापक, डाक्टर, ईञ्जिनियर जस्ता सगठनहरुले आफ्नो सगठनलाई जनउत्तरदायि, पवित्र र मर्यादित बनाउनुको सट्टा झन झन जनता प्रति गैरजिम्मेबार र दलहरु प्रति आज्ञाकारी मातहतका सगठनको रुपमा क्रियाशील हुदै आएका देखिन्छन् । कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचारलाई ढाकछोप गर्ने यी सगठनहरुका पियन तहका कर्मचारीले आफ्नै हाकिम सम्मका कर्मचारीहरुलाई सरुवा, बढुवा तथा कारवाही सम्म गराउने प्रचलन स्थापित छ ।
एक स्वतन्त्र तर पेशा प्रति समर्पित राष्ट्रशेवक कर्मचारी हिनताबोधले ग्रस्त छ । यस्ता खाले सगठनहरु आफु पनि निर्माण नगर्ने र आफु सरकारमा गएपछि ट्रेड युनियन बाहेक सरकारी तलब सुबिधा लिने सम्पुर्ण कर्मचारीलाई सगठन निर्माण गर्न निरुत्साहित गर्ने कुरा उठाएको छ । जसलाई स्वागत योग्य कुरा मान्न सकिन्छ । त्यसै गरी दिनहु जस्तो भई रहने नेपाल बन्द एब चक्का जाम जस्ता कार्यले करोडौको राष्टिय नोक्सानी हुने मात्र नभई साना ब्यपारी र दैनिक श्रम रोजगार गरी बिहान बेलुकाको दुई छाक टार्ने बाध्यता भएका मजदुरहरु भोक भोकै रहन्छन् । तथापि दलका कार्यकर्ताहरु पाखुराका बलमा बन्द, जाम सफल गराएरै छोडछन् । यो मानवता बिरोधी अपराधिक कार्य आफु कहिलै नगर्ने र यसतो कुकर्म गर्नेलाई फौजदारी अपराध अन्तर्गत कारबाही गरिनु पर्ने आवाज उठाएको छ । वेष्ट मिनिष्टर मोडलको यो ससदिय प्रणालिले अस्थिर सरकार निर्माण भै रहने अनि लाभको राजनिति मौलाउने कार्य हुदै आएको छ ।
अझ यस्तै अवस्थामा गभिर राष्ट्रधाती कार्यहरु समेत हुने गरेका छन् । मुलुकका माननीय सदस्यहरु सुरा सुन्दरीको कुलतमा फसेका र खसीबाख्रा जस्तै खरिद बिक्री भएका ईतिहास पनि ताजै छ । यिनै बिकृतिहरुका कारण आम नेपाली जनताले उठाउदै आएको प्रतक्ष्य निर्वाचित कार्यकारी प्रधानमत्रीको मागलाई विवेकशील साझाले आफ्नो घोषणा पत्रमा उठाएको छ ।       आज नेपालको बिकृत राजनीतिकै कारण रोजगार बिहिन भई हाम्रो युवा शक्ति ससारका सयौ मुलुकमा कार्यरत छ । कसलाई रहर हुुदो हो, आफ्नो अपार माया, ममताका बिच हुर्काइएको सन्तान बिदेशको ५५ डिग्री तापमानमा मरुभुमिमा भेडा चराउन जाओस । पारिवारिक बाध्यताले गर्दा बिदेशीएका युवा युवतिहरु कुन दिन दुर्घटनाको शिकार भएर बन्द बाकसमा फर्कने हुन ? भन्ने डरलाग्दो पिडाले घर परिवार सदैव आतकित रहन्छ । आफ्ना हत्केलामा प्राण राखेर बिदेशमा काम गर्न जाने प्रायश सबै युवाहरु दुई बर्षे श्रम सझौतामा बाधिएका हुन्छन् ।
ढिलो छिटो नेपाल नै फर्कन्छन् । आम नेपाली नागरिकहरुले आफ्नो सरकार निर्माण गर्ने मताधिकारको प्रयोग गरिरहदा यी बैदेशिक रोजगारका रहेका नेपाली नागरिकहरु उक्त मताधिकारबाट बचित रहन्छन् । यसलाई बिवेकशील साझाले आफ्नो दस्तावेजमा उठाएको छ । यसता धेरै सकरात्मक पक्षहरुको बिवेकशील साझाले उठान गरेको देखिन्छ तर यसले मौनता साधेको केहि जटिल राजनीतिक समस्याहरु छन् जसलाई नजरअन्दाज पटक्कै गर्न सकिन्न ।     नेपालको सबिधान, २०७२ असोज ३ गते घोषणा भई लागु भए पश्चात बिभिन्न राजनीतिक दल  तथा सगठनहरुले बिभिन्न खाले प्रतिकृयाहरु सार्बजनिक भएका छन् । सबिधान एक गतिशील दस्तावेज भएकाले समय सन्दर्भमा यसलाई  आबश्यक ससोधन गर्दै जान सकिन्छ भन्ने बिचार एकातर्फ देखिन्छ भने अर्कोतर्फ बुधागत रुपले असहमति राख्ने दलहरु पनि नभएका होईनन् । यसमा विवेकशील साझाको दृष्टिकोण के हो ?
सार्वजनिक हुन सकेको देखिदैन । अझ मसिनो गरी भन्ने हो भने निम्न बुधागत बिषयहरुमा बिवेकशील साझा पार्टीको  धारणा के हो ? सार्बजनिक गरी तद्अनुसारको कृयाकलापमा सामुहिक सक्रियता राख्न सक्नु पर्दछ । बिकशीत र समृद्ध नेपाल हाम्रै पालामा भनेर मात्र पुग्दैन, कसरी र कस्तो समृद्धी बनाउने हो त्यसको सबैले बुझ्न सक्ने ऐना बनायर सार्बजनिक गरिनु पर्दछ । (१) जति धेरै छिमेकीलाई गाली गर्यो त्यति धेरै राष्ट्रबादीको रुपमा परिभाषित हालको सन्दर्भमा वास्तबिक राष्ट्रबाद के हो ?(२) अन्तराष्ट्रिय शक्ति केन्द्र के हो ? राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा यसले कस्तो प्रभाव पारी रहेको हुन्छ ? खाश गरी बिकाशोन्मुख र भूपरीबेष्ठित हाम्रो जस्तो मुलुकले यसलाई कसरी अध्ययन र बिश्लेषण गर्नु हितकर हुन सक्छ ?(३) बिदेशी पुजी र बैदेशिक रोजगारको बारेमा के कस्तो नीति निर्माण भए समुन्नत नेपाल बन्न सक्थ्यो ?(४) भारतीय आप्रवाशीहरु र खुल्ला सीमाक्षेत्रले पारीरहेको असरका बारेमा विवेकशील साझाको के धारणा छ ?(५) बिगतमा असमान भनिदै आएका सन्धी सभmौताहरुलाई कसरी हेरिनु आबश्यक छ ? तिनीहरु नेपालको कति हितमा छन् ?(६) दर्शन के हो ? समग्र नेपालको विकाशका लागि त्यसको कति आबश्यकता पर्दछ वा पर्दैन ?(७) शुसासन भनेको के हो र कस्तो हुनु पर्दछ ?(८) भ्रष्टाचार, तस्करी, घुसखोरी नियन्त्रणका लागि कस्तो नीति निर्माण हुन जरुरी छ र कुकर्मबाट आर्जित अकुत सम्पतिलाई कुन प्रकृया द्वारा कानुनी कारबाहीको दायरा भित्र ल्याउन सकिन्छ ?
विवेकशील साझाले निम्न प्रमुख बिषयहरु मथि के कस्तो सुधार सहितको समृद्धिको परिकल्पना गरियको छ ?(१) मुलुकको शिक्षा, स्वास्थ्य र सुरक्षा प्रणालि बारे ।(२) कृषी, उद्योग, वन, खनिज, प्रविधि र औषधि निर्माण बारे ।(३) हाल सम्म देखिदै र भोगिदै आएको प्रजातात्रिक निर्वाचन प्रणालि बारे ।(४) कर्मचारीतन्त्र, ट्रेड युनियन र तिनका सगठनहरु बारे । (५) जेष्ठ नागरिक, अपाङ्ग, महिला तथा आदिबासी जनजातिहरु बारे ।(६) चेलिबेटि बेचबिखन, सडक बाल बालिका एब भिखमङ्गाहरु बारे ।(७) धुम्रपान, मद्यपान, लागु औषध बारे ।(८) विद्युत, सडक तथा अन्य यातायात सुविधा बारे ।आफ्नै पार्टीेको विधान बनाउनु पुर्व पनि निक्कै गभिर छलफल चलाउनु आबश्यक देखिन्छ । विधानमा निम्न बिषयहरुको ब्यबस्थापन कसरी गरे प्रभावकारी हुन सक्छ ?(१)े चुस्त दुरुस्त सहित सफल कार्यान्वयनमा जान सक्ने पार्टीको सगठनात्मक ढाचा कस्तो हुनु पर्दछ । (२) पार्टी विधान निर्माण प्रकृया के हो र कस्तो सहभागितामा बनाउनु उपयुक्त हुन्छ ?(३) विधानमा आचार सहिता कतिको आबश्यक छ ? आबश्यक भए त्यसमा के के समाबेश गरे ठिक होला ?(४) शक्ती पृथकिकरणको अबधारणालाई पार्टी विधानमा समाबेश गरेमा त्यसले पार्टी जीवनमा कस्तो परिणाम ल्याउन सक्छ ?(५) पार्टी सचालन, नियमन तथा नियन्त्रण विधि कस्तो हुनु राम्रो हुन सक्छ ?(६) कार्यकर्ता मुल्याङ्कनको विधि कस्तो हुनु पर्दछ ?(७) पार्टी अल्पमतीय, बहुमतीय एव सयुक्त सरकारमा जानका लागि कस्तो नीति बनाउनु आबश्यक होला ?(८) पार्टीमा सर्बसाधारण तथा अन्य दलका नेताहरुको प्रवेशको नीति कस्तो बनाउनु राम्रो होला ?(९) पार्टीको सुचना पद्धति र सामान्य तथा दीर्घकालिन प्रभाव राख्ने बिषयगत एजेण्डाहरुको निर्णय पद्धति कस्तो बनाउनु राम्रो होला ?   मुलुकमा हाल केहि यस्ता पेचिला समसामयिक राजनीतिक मुद्दाहरु छन् जुन अनुकुल समयको प्रतिक्षामा बसेका छन् । कुनै पनि बेला ती बिषयहरु छताछुल्ल सडकमा आउन सक्तछन् । जसलाई अरुहरुले सबोधन गर्नु भन्दा अधाडी आफ्ना दृष्टीकोणहरु तैयारी अवस्थामा राखिनु पर्दछ ।(१) सुसुप्त बहशको अवस्थामा रहेको राजसस्था बारेको दृष्टीकोण ।(२) समाबेशी प्रतिनिधित्व बारेको दृष्टीकोण ।
(३) बहश र बिबादको घेरा भित्र रहेको हिन्दु धर्म वा धर्म निरपेक्षता बारेको दृष्टिकोण ।(४) बहुलबाद र मुलुकको आर्थिक प्रणाली बारेको दृष्टिकोण ।(५) मधेश आन्दोलन र त्यसले उब्जाएका अन्य समस्या बारेको दृष्टिकोण ।(६) विभिन्न जनजाती, तिनका राज्यप्राप्तीका मागहरु, आरक्षण तथा जातीय कोटाप्रणाली बारेको दृष्टिकोण । (७) सघिय सरचनागत प्रणाली अनि त्यसले मुलुक माथि बोकाएको आर्थिक भार बारेको दृष्टिकोण । आदी ।
समग्रतामा विकृत र भ्रष्ट राजनीतिको ठाउमा विवेकशील साझाले सुसस्कृत सभ्य र पारदर्शी राजनीतिलाई स्थापित गर्न चाहेको अबस्थामा आम नेपाली जनताले यसलाई गभिर अध्ययन गर्दै आएका छन । दलिय गुटबन्दी सहित लुटतन्त्रमा ज्यान फालेर लाग्दै आएका दलहरुको राजनीतिक वहावमा अर्को भिन्न स्वभाव र दृष्टिकोण लिएर एक नया राजनीतिक दल उदाएको छ । जीवन सगसगै सरलिकृत ढगले वहन नसक्ने विचार, विचार हुन सक्तैन । त्यो त हावादारी मनोरञ्जन मात्र हुन्छ । जनपक्षिय आचरण र ब्यबहारलाई कडाईका साथ पालना गरीरहदा सम्म त्यसमाथि चौतर्फी आक्रमण हुनु स्वभाविक हुन्छ अनि सत्य र न्यायका पक्षमा अबिचलित रहने कार्य कठिन हुदा हुदै पनि  टिकिरहन सक्यो भने उक्त दलको भविष्य उज्वल हुने कुरामा कुनै शका छैन । तर्सथ पनि जनपक्षिय निष्ठामा कहिलै ईमानको खडेरी नपरोस । ब्यबहारमा सिद्ध हुन सक्ने उपरोक्त उल्लेखित विचार र कार्यक्रम सहित आखाको नानी जस्तै नेपाली जनताको प्रियपात्रको रुपमा विवेकशील साझा पार्टी सदैव अघाडी बढन सकोश, धेरै धेरै शुभकामना छ ।
स्मरण रहोश, ईतिहासको उद्गम अवस्थामा तारा, जुन, जगल, हसिया, हतौडा पनि पवित्र नै थिए । धेरैको भरोसा योग्य आशा र विश्वाश थियो । तर विस्तारै विस्तारै ती  तिक्ष्ण धारिला हतियारमा विभिन्न बहाना बाजीमा खिया लाग्दै लाग्दै आयो  अनि भरोशा पनि घटदै घटदै ।  त्यसैले होला, पुराना असल र निष्ठाका साथ सुरुवातका ति त्रासदीपुर्ण कालरात्रीसग छाती जोडेर जुझ्ने धरतिपुत्रहरु एक पछि एक गर्दै हात धुन थाले, धुदैछन्, अझै अरु कतिले धुने हुन थाहा हुदैन । हेक्का रहोश, हिमालको चुचुरो बाट गिरेको मानिस फेरी त्यहि चुचुरोमा चढन सक्छ तर ससारको नजरबाट गिरेको मानिस कहिलै पुरानो स्थानमा फर्कन सक्तैन । एउटा आशाको दियो मिरमिरे बिहानीको पुर्बि क्षितिजमा देखिदै छ । बिश्वाश गरौ, राजनीतिमा जनपक्षिय धर्म नछाडि जान सक्यो भने निसासिएका नेपाली जनताले सहज ढगले जिउन पाउथे कि ?
२०७४ । ०९ । २१                 धन्यबाद ।