कनकाई अनलाईन ।
प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता योद्धा तुर्सा हेमरमको शालिक कनकाई नगरपालिकामा अनावरण गरिएको छ ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानको आयोजनामा कनकाई नगरपालिका १ स्थित प्रतिष्ठानको जमिनमा पुर्वस्वास्थ्य मन्त्री तथा कांग्रेसका लोकप्रिय युवानेता गगन थापाले विशेष कार्यक्रमका विच हेमरमको अर्धकदको सालिक अनावरण गर्नुभयो । शालिक अनावरण गर्दै नेता थापाले कांग्रेसलाई समाजवादको यात्रातर्फ प्रस्तान गराउदै मुलुक समृद्धिको आधारशीला तयार पार्नुपर्ने वताउनुभयो ।
थापाले नेपाली कंग्रेसका युवा नेता गगन थापाले जनमतको सम्मान गर्नु पर्नेमा जोड दिनु भएको छ ।भर्खरै सम्पन्न निर्वाचनको मत परिणाम तर्फ संकेत गर्दै थापाले उक्त कुरामा जोड दिनु भएको हो ।झापाको कनकाई नगरपालिकामा आदिवासी नेता तुर्षा हेमरमको २०आंै स्मृति दिवसमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेता थापाले जनताको चाहनालाई बुझ्न आवश्यक रहेको बताए ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले सहमति भन्दा पनि सबैदलहरु बिच संविधानका आधारमा चल्ने समझदारी हुनु पर्ने उल्लेख गरेका थिए । निर्वाचनको बहुमत थेग्न नसकेर अतालिदै बाम गठवन्धनका नेताहरुले उत्तेजित बन्दै जनतामा भ्रम सृजना गर्न थालेको नेता थापाको भनाई रहेको थियो । अबका ५० वर्ष सम्म सरकारमा रहने सपना नदेख्न बामगठवन्धनका नेताले दिएको अविव्यक्तिमा कुनै दम नभएको र उनीहरुका यस्ता खालका अभिव्यक्तिहरुले स्थायीत्व प्राप्त गर्न नसक्ने ठोकुवा गरेका थिए । मुलुकमा प्रत्येक समुदायको प्रतिनिधित्व आवश्यक रहेकोमा जोडदिदै थापाले अव नेपाल प्रजातान्त्रीक राजनितिको बाटोवाट अगाडी बढ्नु पर्ने उल्लेख गरेका थिए ।
यसैविच २०औं स्मृति दिवसका अवसरमा तुर्षा हेमरमको अर्धकदको शालिक अनावरण गरिएको छ । कनकाई नगरपालिका–१ स्थित प्रतिस्ठानको परिषरमा निर्माण गरिएको उक्त शालिक नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले अनावरण गरेका हुन् ।
प्रतिस्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको सभापत्तिव्वमा सम्पन्न कार्यक्रममा पूर्व सांम्सद द्वय डिल्ली सिटौला र शुधिरकुमार शिवाकोटी, नेका कार्यवाहक सभापती राम कट्टेल, नेता सुरेश बास्के, महासमिति सदस्य बडाराम हेमरम, प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल लगायतले शुभकामना मन्तव्य राखाका थिए । उक्त कार्यक्रममा संस्थाल जातीको सांस्कृतिक नृत्य, विभिन्न किसिमका खेलहरु समेत सञ्चालन गरिएका थिए । उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रमेश श्रेष्ठ र शिव कडेलले संयूक्त रुपमा गरेका थिए ।
विपि कोइराला सिके प्रसाईहरुसगै प्रजातान्त्रिक आन्दोलनमा होमिएका अगुवा नेता हेमरमको विस २०५२ साल पुस २० गते निधन भएको थियो । उहाँको स्मृति प्रतिष्ठानको निर्माणका लागि स्थानीय शिक्षासेवी मातृका सिटौला र उमा सिटौलाले कनकाई नगरपालिकासगै सटेको साढे तीन कठ्ठा जमिन निशुल्क प्रदान गर्नुभएको हो । सिटौला परिवारले यसअघि कनकाई नगरपालिका , सुस्त मनस्थिति मानवीय सरोकार समाजलाई समेत भवन निर्माणका लागि निशुल्क जमिन प्रदान गर्नुभएको थियो ।