Kanakai Online

बाम एकता विरुद्ध फेसबुक र पत्रिकामा वोल्नु , सस्तो लोकप्रियता र नेताको चाकरी पार्थ


बिहिवार, पौष २०, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , पुस २० गते । नेपाल सरकारका पुर्व सुचनातथा संचारमन्त्री तथा नवनिर्वाचित सांसद सुरेन्द्रकुमार कार्कीले अवको कम्युनिष्ट्रहरुको मुख्य लक्ष्य भनेको समाजवाद रहेको वताउँनुभएको छ । माओवादी केन्द्रका सचिवालय सदस्य समेत रहनुभएका नेता कार्कीले माक्सले तत्कालिन समयमा व्याख्या गरेको समाजवाद र साम्यवादको अर्थ त्यसवेलाको युरोपपियन मुलुकलाई लक्ष्यित गरेको लेखेको भन्दै माक्सको समाजवाद भनेको मुन्धुम , वेद , र इस्लामहरुको कुरानजस्तो जस्ताको त्यस्तै व्याख्या गरिरहनुनपर्ने समेत बताउँनुभयो ।

हामीले काल माक्सको समाजवाद नेपाली हावापानी र माटो सुवाउदो रुपमा गर्न सक्छौ त्यसैले हामीले यसमा अरु विरोधीहरुले समेत धेरै चिन्ता लिनु आवश्यक छैन भन्नुभयो । नेता कार्कीले नेपालमा समाजवाद भनेको गरिखाने पौरखी वर्गलाई थिचोमिचो हुन नहुने र उनीहरु अन्यायमा पर्न नहुने नै वास्तविक समाजवाद रहेको वताउँनुभयो । नेपालमा वास्तविक युवाहरु नै पौरखी वर्ग भएको र उनीहरु श्रम मन्त्रालय , म्यानपावर दलाल र विदेशमा गएरसमेत सधै अन्यायमा थिचोमिचोमा परिरहेकोले उनीहरुलाई न्याय दिनुनै नेपालमा वास्तविक समाजवादको काम भएको वताउँनुभयो ।
नेकपा माओवादी केन्द्रले विहिवार आज झापाको कनकाई नगरपालिका दुर्गापुर स्थित दलित भवनमा गरेको निर्वाचनको समिक्षात्मक तथा प्रशिक्षणात्मक कार्यक्रममा वोल्दै नेता कार्कीले यस्तो कुरा वताउनुभएको हो । उहाँले हाल पार्टी एकताको विषयवस्तुलाई लिएर दुवै पार्टीका दोस्रो तेस्रो तहका नेताहरुले विभिन्न पत्रपत्रिकामा टिप्पनी दिनु तथा फेसबुकमा वहस श्रृजना गरिरहनुको कुनै जरुरत नभएको भन्दै यो सस्तो लोकप्रियता र पार्टी नेतृत्वलाई चाकरी गर्ने हेतृले मात्रै गरिरहेको वताउँनुभएको छ । उहाँले ओली र प्रचण्डलाई वरावरी भुमिका नदिइ देशले निकास नपाउने भन्दै अहिले पाएको जनमत बाम एकताका लागि आएको हुदा फेरि पुरानै अवस्थामा जाने छुट कसैलाई नभएको वताउँनुभयो ।
कार्यक्रममा झापा जिल्लाबाट माओवादी केन्द्रवाट निर्वाचित उम्मेद्धारहरु प्रदेशसभाका झलकसिंह दर्लामी शन्देश , पुर्णर्सिह राजवंशी , माओवादी केन्द्रका जिल्ला संयोजक विजय साम्पाङ्ग लगायातका नेताले सम्वोधन गर्नुभएको थियो । भने झापाका सवै क्षेत्रबाट गत मंसिर २१ गते भएको निर्वाचनको रिपोटिङ्ग समेत गरिएको थियो ।