कनकाई अनलाईँन
सुरुङ्गा , पुस १९ गते । झापा कनकाई नगरपालिका ४ सुरुङ्गा निवासी २७ वर्षिय जुवेर मोहमदको दुवै मृगौला खराव भएपछि उपचारका लागि सवैसग आर्थिक सहयोग माग्नुभएको छ ।
दुइमहिना अगाडिमात्रै उहाँको विराटनगरको नोवेल हस्पिटलमा दुवै मृगौला खराव भएको र कम्तीमा वाच्नका लागि एउटा मृगौला फेर्नुपने भनेपछि ज्यादै न्युन आर्थिक अवस्थाका जुवेर अहिले चरम आर्थिक समस्यामा पर्नु भएको छ । छोराको रोगवारेमा थापा पाएपछि उहाँका वृद्धबुवाको भर्खरैमात्र निधन भएको छ । सार्वजनिक वसमा मजदुरी गरेर आफ्नो परिवार पाल्दै आउनुभएका मोहमदको मुख्य कमाएर ल्याउने परिवारको मुलीनै थलापरेपछि परिवार समस्यामा परेको छ । उहाँ घरको जेठो छोरा हुनुहुन्छ उहाँको घरमा बृद्धा आमा र ४ जना भाइहरु रहनुभएको छ ।
३ वर्ष पहिलेसम्म भाडाको घरमा सुरुङ्गा वजारमा वस्दै आउनुभएको मोहमद परिवार धेरैथोरै रकम जम्मा गरेर कनकाई नदिको वगरमा सानो कटेरो हालेर वस्दै आउनुभएको छ । उहाँको घरको करिव ५० मिटर नजिक्कै कनकाई नदिको वहाव रहेको छ । वर्खामा समेत घरमा नदि कटान लागेर आउने भयले यस परिवारले रातभर सुत्न पाएको थिएन अहिलेपनि दाजु विरामी भएकाले भाइहरु रातभर सुत्न पाएका छैनन स्थानीय अगुवा युवा स्माइल आलमले भन्नुभयो । सुरुमा शरिर सुन्निने गरेकोमा गाडीमा वढी कुदेर होला भनेर वास्ता गरिन पछि थला परेपछि अस्पतालमा चाँच गराउदा किड्नीनै फेर्नुपर्ने भो जुवेरले भन्नुभयो ।
हाल हप्तामा दुइपटक मेची अंचल अस्पतालमा मृगौलाको निशुल्क डाइलेसिस गर्दै आउनुभएका जुवेर सरकारले किड्नी फेर्नका केहि सहयोग गर्ने भएपनि विहानवेलुकीकै छाक टार्न समस्या भएकोले आर्थिक अभावमा मृगौला फेर्न नसकिएको वताउनुहुन्छ । वाच्नपाए समाजका लागि पनि राम्रो काम गर्नेथिए , जुवेरले भन्नुभयो । आर्थिक सहयोग पाए भाइहरुले एउटा मृगौला दिने भएको समेत उहाँले बताउँनुभयो । जुवेरलाई आथिक सहयोग गर्नका लागि नेपाल बैक लिमिटेडको सुरुङ्गा साँखामा रहेको जुवेर मोहमदको नाममा रहेको १४७०१००६४६७२६४०००००१ नम्बरको खातामा रकम जम्मा गरेर सहयोग गर्न वा उनको नम्बर ९८१६०१९३९१ वा भाको नम्बर ९८१४०५८६८६ मा फोन गर्न समेत अनुरोध गर्नुभएको छ ।