कनकाई अनलाईन
सुरुङ्गा, पुस १८ । हामी सेवा गर्छौ भन्ने नारा लिएर अमेरिकाको सिकागोवाट सुरु गरिएको लायन्स क्लब इन्टरनेशनल सेवामा नै समर्पित्त देखिन्छ । झापाको कनकाई नगरपालिकामा रहेर सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ कनकाई सुरुङ्गाले झापा २०७४ सालको जाडोको सुरुवात सँगसँगै विभिन्न ठाउँमा जाडोका सामग्री वितरण गरेको छ ।
झापाको सिमाना मै रहेको अतिविकट ईलाम जिल्लाका माई नगरपालिका स्थित लोसे भन्ने ठाँउमा पुगेर जाडोका लागि लत्ता कपडा समेत वितरण गरेको हो । उक्त स्थानका ३३ र अन्यत्रका ९ गरि जम्मा ४२ घर परिवारका २ सय ५० जनालाई झुल सहित लत्ता कपडा वितरण गरिएको हो । ठन्डी मौषममा आवश्यक लुगाहरु समेत खरिद गर्न नसकेर जाडोमा काम्दै मज्जाले बोल्न समेत नसकिरहेका सानासाना बच्चाहरुलाई आफ्नै हातले लुगा लगाएर न्यानो दिलाउन पाउँदा अत्यन्तै हर्सित रहेको बताउँछन् क्लबका कोषाध्यक्ष साजन थापा । “सेवा नै गरियोस् त यस्तो ठाँउमा” लक्षीत गरेको ठाँमा आफैले सामग्री पु¥याउदाको मज्जा नै फरक हुने बताउँछन् सह सचिव सञ्जय गजुरेल ।
त्यस्तै झापा कानकाई नगरपालिका स्थित गरिव तथा सुस्तमन्स्थिति (बैरा) ४५ जनालाई विद्यार्थी वालवालिकाहरु लत्ता कपडा, जुत्ता, झुल तथा बलाङ्ककेट समेत वितरण गरिएको थियो । त्यसैगरी कनकाई नगरपालिका वडा नं.–३ सुकुम्वासी टोलकोमा रहेका ६१ घर परिवारका १ सय ५० जनालाई जाडोका न्यानो कपडाहरु ज्याकेट, पेन्ट तथा झुल समेत वितरण गरिएको थियो ।
त्यस्तै कनकाई–२ स्थित पञ्चकन्या प्रा.वि.मा अध्ययनरत सम्पूर्ण वालवालिका तथा केहि अभिभावकहरुलाई समेत स्वीटर, ज्याकेट, पैन्ट लगायतका कपडाहरु वितरण गरिएको थियो । लायन्स क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भएको उक्त वितरण कार्यक्रममा वाडवारी समाजका दयानन्द, महाविर र गोविन्द वंसल समेतले प्रोयोजन गरेका थिए । क्लबका अध्यक्ष सुरेन्द्र प्रधानको अध्यक्षतामा र जोन चियर पर्शन लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्तवितरण कार्यक्रममा क्लबका सदस्य भिम फुयल, शिव गिरी, सन्दिपबावु प्रसाई, स्थानिय वासी तुलसी सेन्च्यूरी लगायतको समन्वयकारी भुमिका रहेको थियो । क्लबका प्रथम उपाध्यक्ष रमेसकुमार खतिवडा, सदस्यहरु पंकज मण्डल, त्रिलोचन चिमरिया लगायत, सञ्चारकर्मी लीलाराज झापालीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव मनोज बस्नेतले गरेका थिए ।