कनकाई अनलाईन
जन नायक वी पी कोइरालाको १ सय ४ औं जन्म जयन्तिको अवसर पारेर भद्रपुर स्थित मेची अञ्चल अस्पताल सरसफाई तथा विरामीलाई फलफुल वितरण सम्पन्न गरिएको छ ।
नेपाल महिला संघ झापा क्षेत्र नम्बर ३ तथा नेपाली काँग्रेस भद्रपुर नगर समितिको सम्युक्त आयोजनामा अस्पताल परिसर सरसफाई तथा विरामीलाई फलफूल वितरण गरिएको हो ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नं ३ का संसद कृष्णप्रसाद सिटौलाको अगुवाईमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदसय गोमा भट्टराई, नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेल, महिला संघ झापाकी अध्यक्ष शुशिला ढकाल, भद्रपुर नगर सभापति मोहन महर्जन, अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेल लगायत नेपाली काँग्रेसमा आबद्ध अगुवा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पनन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संसद सिटौलाले सरकारी अस्पताल र सरकारी विद्यालयको सुधार नभएसम्म राज्यको लगानी लक्षित वर्गमा पुग्न नसक्ने धारणा राखेका थिए । सिटौलाले मेची अञ्चल अस्पताल सरकारको लगानी अनुरुप व्यवस्थित हुन नसकेको भन्दै व्यवस्थापन पक्षलाई सचेत भएर काम गर्न निर्देशन समेत दिएका थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति