मनोज बस्नेत ।
झापा बजार/
। हामी सेवा गर्छौ भन्ने नारालाई लिएर स्थापित लायन्स क्लको अर्को छुट्टै नारा छ जहा आबश्यकता त्यहाँ लायन्स । गत श्रावण २७ गते आएको भिषण वाडिले विस्तापित ८५ घर परिवारलाई लायन्स क्लब अफ कनकाई सुरुङ्गाले राहत वितरण गरेको छ ।
झापा गाउँपालिका स्थित वाढी प्रभावित विभिन्न स्थानबाट कामाटोली प्राथमिक स्वास्थ्य चौकी जनस्वास्थ्य चौकीमा आश्रय लिएर रहेको ८५ परिवारका लागि करिब १ हप्ता देखी १० सम्म पुग्ने गरी दैनिक उपभोग्य खाद्य समाग्री विरण गरिएको हो ।
करिब १ लाख ५० हजार बराबरीको खाधान्य, पिउने पानी तथा लताकपडा समेत वितरण गरिएको थियो । स्थापन कालदेखी नै सेवामा अगाडी बढी रहेको यो क्लबले स्वास्थ्य, शिक्षा, वातावरण, खाद्यान तथा विपतकै क्षेत्रमा बढी काम गर्दै आएको छ ।
झापा गाउँपालिका वडा नं.–३, का वडा अध्यक्ष मोतीलाल गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा झापा गा.पा.काका अध्यक्ष जयनारायण शाहकाले हाल सम्ममा बाढीकै कारण ११ जना बेपता भएको भएता पनि ७ जनाको मात्र लास फेला परेको जानकारी दिएका छन् । त्यस्तै यस गा.पा.मा १२ जना अझै पनि बाढी प्रभावित रहेको जानकारी दिएका थिए ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टटर प्रेसिडेण्ट लीलाप्रसाद चिमरियाले लायन्स सदैब सेवामा समर्पित संस्था भएकै कारण आवश्यक परेको खण्डमा हातेमालो गर्दै बगाडी बढ्ने कुरामा जोड दिएको थिए ।
क्लबका निर्वाचित अध्यक्ष शुरेन्द्र प्रधानले क्लबमा एम.वि.वि.एस डक्टरहरु समेतको सदस्य सहभागिता भएको हुनाले यदि यो संकटमा परेका कुनै पनि व्यत्तिहरुलाई कुनै पनि स्वास्थ्य जाँच गर्नु परेका लायन्स जुनसुकै अबस्थामा पनि हाजिर हुने कुराको जानकरी दिएका थिए ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा शरणामतीका जगनाथ राजवंशीको विशिष्ट आतिथ्यता रहेका कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पुर्व अध्यक्ष भिम नेम्बाङ्ग, समाजसेवी टंक विश्वकर्मा, लीयो क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लोकेन्द्र खड्का लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सामाजिक व्यत्तित्व ठमनाथ नेपालले गरेको थिए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति