कनकाई अनलाईन
। पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय सरकार गठन गरिएको केहि वर्षभित्र देशका एकजनापनि आवाशविहिन सुकुम्वासी नरहने वताउँनुभएको छ ।
बुधवार झापा गाउँपालिका कामाटोलीमा गाउँपालिकाका अध्यक्ष राष्ट्रिय खेलाडी गजेन्द्र ताम्ली तथा उपाध्यक्षको उम्मेद्धार कुन्ता वुडाथोकीको चुनावी सभालाई सम्बोधन गर्दै नेता ओलीले स्थानीय तहमा वन्ने नयाँ सरकारको सक्रियता तथा प्रदेश तथा केन्द्रिय सरकारको सहकार्यमा देशमा हरेक वर्ष लाखौको सङ्ख्यामा सरकारले घर बनाएर घरवारविहिन सुकुम्वासीलाई वितरण गर्ने वताउँनुभएको छ ।
गतवर्षमात्रै सरकारले घरवारविहिन २० हजार परिवारलाई सरकारले घर निर्माण गरेर जिम्मा लगाउन वजेट विनियोजित गरिसकेको भन्दै यो सङ्ख्या वर्षेनी १ लाख २ लाखका दरले बृद्धि गर्दै लैजाने भन्दै अवका केहि वर्षमा कोहिपनि नेपाली छाप्रोको वास नहुने तथा कोहिपनि नेपाली वेरोजगारी नहुने समेत वताउँनुभयो ।
उहाँले सरकारले दमकमा विषेश औद्योगिक क्षेत्रको स्थापना गर्न लागिएको भन्दै यसवाट १ लाख जनालाई रोजगारीको श्रृजनागर्न सकिने भन्दै वेरोजगारीको समस्या समेत नरहने वताउँनुभएको छ ।
उहाँले मुस्लिम नागरिकलाई एमालेले नागरिकता नदिएको भन्ने भ्रम फैलाइएको भन्दै सबै नेपालीले प्रक्रिया पुर्याएर नागरिकता प्रदान गर्ने समेत वताउँनुभयो । २८ सालको झापा विद्रोहमा सो स्थानमा सेल्टर लिएर वस्नुभएका ओलीले ४८ वर्ष पहिलेको सो गाउँ झापा वजार शरणामती र सुरुङ्गाको भौगोलिक अवस्था नदिका दुःख लगायातका वारेमा वोल्दै आफ्ना पुराना मित्रहरु राम मुर्मुले धनुषकाड सिकाएको तथा भैँसी चढ्न माछा मार्न सिकाएको स्मरण गर्दै आफुलाई देश विदेशले चिनेपनि आफुजन्मि हुर्किएको राजनैतिक संगठन गरेको यस ठाउँ आजपनि देशमै वेखवर वनिरहेको भन्दै आफ्नो ध्यान नपुगेको भन्दै आगामी दिनमा पछि पर्न नदिने वताउँनुभयो ।
कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्व कानुनमन्त्री अग्नि खरेलले मुलुकको विकासका लागि हिमाल पहाड र तराइको सङ्कुचित धारणबाट माथि उठेर सवै नेपाली भएको र सवै क्षेत्रको समान विकासले मात्रै मुलुक समृद्धि बन्ने बताउँनुभयो । कार्यक्रममा पुर्व हजसमितिका अध्यक्ष ताजमहमद मिया , झापा गाउँपालिकाका अध्यक्षका उम्मेद्धार गजेन्द्र ताम्ली लिम्बु लगायातले बोल्नुभएको थियो । सो कार्यक्रममा कांग्रेस , माओवादी केन्द्र , राप्रपा , राजपा लगायातका पार्टी परित्याग गरेका थिए ।
माओवादी केन्द्रका झापा गाउँपालिकाका वडाअध्यक्षका उम्मेद्धार मुस्तफा मिया लगायात ४ सय वढी गरि एमालेमा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष ओलीले पार्टी प्रवेश गराउनुभएको थियो ।
मिया माओवादी केन्द्रको ४ नम्बर वार्डअध्यक्षका उम्मेद्धार थिए , तर आधाप्रचार गरिसकेपछि माओवादी केन्द्रले राजपासग चुनावी तालमेल गरि अकै उम्मेद्धार उठाएपछि उनले स्वतन्त्र उम्मेद्धारी दिएका थिए । उनले पार्टीले आफ्नो मानमर्दन गरेकाले माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको सो कार्यक्रममा मियाले वताए । उनले आफ्नो स्वतन्त्र उम्मेद्धारी फिर्ता लिएर एमालेलाई सघाउने समेत उनले कार्यक्रममा वताए ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति