Kanakai Online

जन आर्दश शिबगञ्जमा ‘दोस्रो दुधे स्रोत केन्द्रस्तरीय रनिङ शिल्ड प्रतियोगिता’


शनिवार, पौष १५, २०७४ |

कनकाई अनलाईन
शिबगन्ज, –झापाको शिबसतासी–६ शिबगञ्जमा रहेको जन आर्दश माध्यामिक बिद्यालयमा शुक्रबारदेखी दोस्रो दुधे स्रोत केन्द्रस्तरीय अतिरित कृयाकलाप अन्र्तगत रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
आगामी २१ गते सम्पन्न हुने प्रतियोगिताको नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष महानन्द (माधप) बास्कोटाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बिद्यार्थीको मानसिक र शारिरिक क्षमतालाई बृद्धि र विकास गर्न अतिरित्त कृयाकलापहरु आयोजना गर्न जरुरी रहेको औल्लाए । उनले आजको बिद्यार्थीहरु भोलीको कर्णधार अनि असल र योग्य नागरिक बनाउदै लैजान आवश्यक रहेको बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगर प्रमुख शेर्माले बिद्यालयमा अध्यनरत अवस्थामा कक्षा कोठामा शिक्षकले पुस्तकमा रहेको ज्ञानसंगै खेलकुद मार्फत उनीहरुलाई जिम्मेवार र दायित्ववोध गराउन जोड दिए ।
सो कार्यक्रममा नगर उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिका कर्मचारी प्रशासन प्रमुख पंकज भुर्तेल, दुधे स्रोत केन्द्रका स्रोत व्याक्ति कृष्ण भण्डारी, शिबसतासी–६ का वडाध्यक्ष मनोज कार्की, वडा सदस्य लक्ष्मी गुरागाई, दलित महिला नरमाया परियार, बद्रिनाथ खनालको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिद्यालयका प्रधानध्यापक तुलशीप्रसाद अधिकारी, पूर्वप्रधानध्यापक लक्ष्मीप्रसाद उप्रेति, रेडक्रस सोसाइटी उपशाखा शिबसतासीका अध्यक्ष लक्ष्मी ढकालको पनि उपस्थिति रहेको थियो ।
दुधे स्रोत केन्द्र अन्र्तगत ३६ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले सहभागि जनाउने प्रतियोगितामा आगामी २१ गते सम्पन्न हुने जन आर्दश बिद्यालयका कम्पुटर शिक्षक दिनेश श्रेष्ठले जानकारी दिए । उनले प्रतियोगितामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुस २६ गते पुरुस्कार बितरण गर्ने कार्यक्रम रहेको बताए ।
प्रतियोगितामा लमजम, हाइजम, कवर्दी, भाले जुधाई, तातो आलु, भलिबल, फुटबल, क्रिक्रेट, चेस, चित्रकला, सामुहिक नृत्य, चकलेट दौड, श्रुति लेखन, स्मरण शक्ति प्रर्दशन गर्ने खेलहरु हुने बिद्यालयका शिक्षक श्रेष्ठले बताए । साविक धरमपुर, पाँचगाछी, शिबगञ्ज र सतासीधामका बिद्यालयहरुले प्रतियोगितामा सहभागि जनाउने छन् ।
 

सम्बन्धित खबर