कनकाई अनलाईन
विर्तामोड , पुस १५ गते । झापा अजुुनधारा नगरपालिका ११ विर्तामोड स्थित गिरी वन्धु चिया वगानमा एक महिलालाई दिउसै नियन्त्रणमा लिइ अश्लिल भिडियो खिचि लुटपाट गर्ने एक समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार दिउसो इलाम वस्ने वर्ष ३५ कि रीता श्रेष्ठ – नाम परिवर्तनलाई अर्जुनधारा नगरपालिका ९ वस्ने विजय बहादुर मगर सोही ठाउँवस्ने नविन डाँगी र सोहि ठाउँवस्ने अर्का एकजना मिलेर खुकुरी देखाएर कपडा खोल्न लगाई जवरजस्ती अश्लिल भिडियो खिचि उनी र उनका साथमा रहेका अर्का भाई समेतलाई मोटरसाईकलमा सुरुङ्गामा आफन्तको घर आउने क्रममा गइरहेको वेला रोकी रोकी उनीहरुको साथमा रहेको १२ हजार रुपैँया खोसी अश्शिल भिडियो समेत वनाएर महिलाको कपडा समेत खोली थप १ लाख नदिए यी भिडियोहरु भाइरल बनाईदिने भन्दै पैसा मागेका थिए ।
उनीहरुमध्ये भाई बैँकमा पैसा लिन भनी एकजना साथमा लागेर गएको र प्रहरीलाई आखाँ छलेर खबर गरी दिदीलाई उद्धार गरेको इलाका प्रहरी कार्यलय विर्तामोडका प्रमुख डिएस्पी कृष्णप्रसाद कोइरालाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभयो । घटना थाहा पाएर साधा पोशाकमा हामीले प्रहरी पठाउदा महिला पुरै नग्न अवस्थामा रहेकी थिइन २ अपराधिहरुलाई हामीले पक्राउ गरेर जवरजस्ती करणी र चोरी मुद्धा दायर गरेका छौ फरार सोही ठाउँका एकजनाको खोजी जारी राखेका छौ डिएस्पी कोइरालाले वताउँनुभयो । घटना प्रकृति हेर्दा कुनै फिल्मबाट प्रभावित भएर छोटो समयमा धेरै रकम कमाउन गरिएको चालवाजी जस्तो देखिन्छ कोइरालाले भन्नुभयो ।
फोटो ः चोरी र जवरजस्ती भीडियो खिच्ने अभियुक्तद्धय