Kanakai Online

अलविदा मसुरुदिन


बुधवार, पौष १२, २०७४ |

देवेन्द्रकिशोर ढुङ्गाना
मसुरुदिन जम्माजम्मी २ कक्षा पढेको मानिस बहुत मुस्किलले लेख्न सक्थ्यो । तर उहाँमा विलक्षण प्रतिभा थियो । कुनैवेला १२० केजी र ४ फिट कदको मान्छे खानपान गर्दैन थियो ।
खित्का छाडेर हास्न खप्पिस स्वाभावको मान्छे । दिनभरी हिड्थे सधैभरी सामाजिक काममा खुवै व्यास्त रहन्थे । यस्तो लाग्दथ्यो कि सामाजिक कामका लागि भोक प्यास विर्सनु उसको लागि सामान्य कुरा थियो । पढेलेखेका थिएनन तर राजनैतिक वहस र विश्लेषण गर्न क्षमता राख्दथे । साङठनिक क्षमता राख्दथे ।
उनको अगुवाइमा स्थापना भएको । नेपाली मुस्लिम नागरि समाज नामको संस्था नेपालका ४० जिल्लामा फैलिएको थियो । यतिधेरै जिल्लामा फैलिएको मुस्लिम सगठन नेपालमै यो नै पहिलो थियो । उनको जुन आट र साहस थियो । इच्छाशक्ति थियो त्यो कमै मानिसहरुमा पाइने गरेको छ ।
झापा जिल्लाको टाघनडुव्वाजस्तो दुर्गम वस्तीमा मसुरुदिन अन्सारीले राष्ट्रिय अन्तराष्ट्रिय मुस्लिम व्याक्तित्वहरुलाई ल्याएर विभिन्न सभा समारोहको आयोजना गराउथे र मुस्लिम समाजको उत्थानमा सामाजिक कार्यक्रम गर्न अग्रसर रहन्थे । यसरी हेर्दा मसुरुदिन अन्सारी नेपाली मुस्लिम राजनैतिक आन्दोलनको इतिहासका एउटा चम्किला तारा थिए । मुस्लिम नागरिक समाजले नेपाली मुस्लिम आन्दोलनलाई एक हदसम्म उचाइमा पुर्याएको थियो । उनको नेतृत्वको समाजले मुस्लिम समाजमा राजनैतिक चेतनाको विकास गरायो । ६३÷६४ मा सामुदायिक जातिय पहिचानको राजनिति चर्चामा आएपछि मुस्लिम पहिचानको मुद्धामा उनले देश व्यापीरुपमा जुन भुमिका निर्वाह गरे जसरी मुस्लिम समुदायलाई संगठित र सचेत लुल्याए ।
आन्दोलनको आधिव्यहरीको श्रृजना गरे । त्यसवेला कसैलेपनि यस्त्रो साहस गर्नसकेका थिएनन । यस सङ्घर्षले उनलाई नेपाल तथा विदेशी भुमिमा समेत नेपाली मुस्लिम आन्दोलनको रुपमा एउटा स्तम्भका रुपमा स्थापित गरायो । त्यसवेला देशभरका मुसलमानहरु ठुलो सङ्ख्यामा मुस्लिमअगुवाहरु एनको नेतृत्वमा गोलवद्धभएका थिए । मसुरुदिन अन्सारी नेपालमा दलित र मुस्लिम समुदायको गैह्भौगोलिक प्रदेश हुनुपर्दछ भन्ने आवाज उठाउदै आएका थिए । गैह् भौगोलिक मुस्लिम प्रदेशको विषयमा उनैले यो मुद्धाउठाएका हुन । उनी गैह् मुस्लिम प्रदेशका पक्षधर अभियान्ता थिए ।
राष्ट्रिय मुस्लिम सङघर्ष गठवन्धनको दस्तावेजमा यो मुद्धालाई समाविष्ठ गरी नेपाल सरकारसग उनकै नेतृत्वमा छलफल समेत भएको थियो । दुवैवटा मृगौला फेल भएका मसुरुदिन यता केहि वर्षदेखि डाइलेसिसका भरमा वाचेका थिए । उनलाई सहयोग गर्न धेरैले खोजे खासै सहयोग हुन सकेन । गरिवी र अभावले उनको किड्नी प्रत्यारोपण हुन सकेन । उपयुक्त उपचारको अभाव रह्यो । अनन्त ४८ वर्षको अल्पाआयुमा उनको श्रृजनशील जिवनको इहलीला समाप्त हुनपुगे । उनका श्रीमती र ६ जना छोराछोरी रहेका छन । नेपाली मुस्लिम समाजले एक महान व्याक्तित्व गुमायो । समाजले एक समाजसेवी र प्रेरक व्याक्तित्व गुमायो पत्रकारहरुले दक्षिणी झापा र भारतका वारेमा राम्रो दख्खल राख्ने पत्रकार गुमायो । अहिलेलाई शोकलाई शक्तिमा वदल्ने साहस अल्लाहले प्रदान गरुन भन्दै अलविदा मित्र अन्सारी आखाँमा राख्दा नविझाउने एक मित्रलाई कसरी भुल्न सकौला र त्यैपनि अलविदा अन्सारी
भद्रपुर ८ , अस्पताल अगाडि

सम्बन्धित खबर