Kanakai Online

थानेश्वर कप अन्तराष्ट्रिय कप करातेमा दमक प्रथम


मङ्गलवार, पौष ११, २०७४ |

लीलाराज झापाली ।
सुरुङ्गा, मंसिर ११ गते । झापाको कनकाई नगरपालिका स्थित कनकाई मावि सुरुङ्गामा भएको तेस्रो थानेश्वर राई कप अन्तराष्ट्रिय कराते च्याम्पियनशीपमा झापा दमक प्रथम भएको छ ।
विभिन्न केजी तौलसमुह र कातातर्फको सिनियार जुनियर गरी ३२ स्वर्ण रजत र कास्यमा भएको प्रतिस्पर्धामा झापाको दमक कराते डोजोले कुल १० स्वर्णपदक ल्याउदै प्रथम भएको हो । यसैगरी २ स्वर्ण सहित भारतको कलकत्ता दोस्रो र १ स्वर्ण सहित भुटान तेस्रो भएको छ ।
करातेका नेपाल जन्मदाता राइको नाममा सुरु भएको प्रतियोगितामा नेपालका आयोजक झापा , मोरङ र सुनसरीका साथमा भारतका आसाम , विहान पटना , झारखण्ड , हरियाणा , दार्जिलिङ , कलकत्ता र इलास्मपुर तथा भुटानको एक टिम गरी ११ टिमका २ सय ५० खेलाडीहरु विभिन्न तौल समुह तथा कातागरी ३२ स्वर्ण तथा रजत पदका लागि प्रतिस्पर्धाभएको थियो ।
प्रतिस्पर्धामा पदक विजेताहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेती लगायातले मेडल तथा प्रमाणपत्र दिनुभएको थियो । प्रतियोगितामा ६१ केजीतौल समुह महिलामा विनिता वराल विर्तामोडले स्वर्ण पदक जित्नुभयो । यसैगरी कातातर्फ पटनाकी आध्याले स्वर्ण जितिन भने जुनियर पुरुष कातामा मनोज शाह नर्थ बंगाले स्वर्ण जित्नुभयो । सिनियर पुरुष कातामा रोशन शेख आसामले स्वर्ण जित्नुभयो । ६१ केजी महिलामा विर्तामोडकी रेमी पाइनले स्वर्ण जित्नुभयो । यसैगरी ५० केजी महिला सिनियरमा दमककी प्रतिमा लावती , ५० केजी पुरुष जुनियरमा दमकका शिशिर गड्तौला , ३५ केजी पुरुष जुनियरमा दमककै आशिस लावती , ४० केजी सिनियर महिलामा दमककी समुना राईले स्वर्ण जित्नुएको छ ।
५५ केजी जुनियार पुरुषमा राजु दर्नाल विर्तामोड , ५० केजी जुनियर पुरुषमा कलकत्ताका मेहन्दी शेख , ६० केजी सिनियरमा मोरङ्गका रोजन खड्का , ४५ केजी सिनियर पुरुषमा सुनसरीका धनकुमार राईले स्वर्ण , ५० केजी जुनियर महिलामा सेन्मी राई दमकले स्वर्ण , जुनियर ५५ केजी माथि तौल समुहमा कुशलराम दाम विर्तामोड , जुनियर महिला ४८ केजी तौल समुहमा विवेशना क्षेत्री नर्थ बंगाल , सिनियर पुरुष ५० केजी तौल समुहमा विवेक थापा मोरङ्ग , पुरुष ४० केजी जुनियर तौलतर्फ समिर चेम्जोङ्ग दमक ,पुरुष ३० केजी जुनियर तौल समुहमा दमककै ओस्करमान श्रेष्ठ ,जुनियर महिला २५ केजी तौल समुहमा राजुनानी अधिकारी विर्तामोडले स्वर्ण पदक जित्नुभएको थियो ।

सम्बन्धित खबर