Kanakai Online

सुरुङ्गामा तेस्रो अन्तराष्ट्रिय कराते सुरु भारत , भुटान र नेपालका अन्तराष्ट्रिय खेलाडी सुरुङ्गामा


आइतवार, पौष ९, २०७४ |

कनकाई अनलाईन ।
विर्तामोड , पुस ९ गते । झापाको कनकाई नगरपालिका स्थित कनकाई मावि सुरुङ्गामा आज आइतवारदेखि तेस्रो थानेश्वर राई कप अन्तराष्ट्रिय कराते च्याम्पियनशीप सुरु भएको छ ।

 
 
करातेका नेपाल जन्मदाता राइको नाममा सुरु भएको प्रतियोगितामा नेपालका आयोजक झापा , मोरङ र सुनसरीका साथमा भारतका आसाम , विहान पटना , झारखण्ड , हरियाणा , दार्जिलिङ , कलकत्ता र इलास्मपुर तथा भुटानको एक टिम गरी ११ टिमका २ सय ५० खेलाडीहरु विभिन्न तौल समुह तथा कातागरी २८ स्वर्ण तथा रजत पदका लागि प्रतिस्पर्धा गर्ने सिनियार प्रशिक्षक तथा आयोजक समितिका राम पाठकले बताउँनुभयो । स्थानीय कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा उद्घाटन प्रतिनिधिसभा सदस्य एलपीसाँवा लिम्बु र प्रदेशसभा सदस्य हिरा थापाले गर्नुभयो ।
उदघाटनको पहिलो दिन सेमिफाइनलसम्मका खेलहरु सम्पन्न भएको तथा सोमवार फाइनल चरणका खेलहरु हुने आयोजक समितिका अध्यक्ष ज्योती उप्रेतीले बताउनुभयो । प्रतियोगितामा नेपाल , भारत तथा भुटानका अन्तराष्ट्रिय पदक विजेता तथा जुनियर खेलाडीको सहभागिता रहने छ । कार्यक्रममा वोल्दै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य साँवा र थापा , जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका अध्यक्ष खेम सिटौला , कनकाई माविका अध्यक्ष जर्नादन उप्रेती , सिनियर प्रशिक्षक मदन उप्रेती लगायातले खेलको माध्यमबाट विश्वमा शान्तिको शन्देश प्रवाहभएको भन्दै कर्भडहलमा हुनुपर्ने अन्तराष्ट्रिय खेल खर्च अभावमा खुल्ला चौरमा भइरहेको भन्दै देश समृद्धतर्फ जादैँगर्दा नेपालको सवैभन्दा वढी पदक दिलाउने करातेखेलका लागि समेत राज्यले वढी लगानी गर्दै जाने प्रतिवद्धता जनाउनुभएको थियो ।

सम्बन्धित खबर