कनकाई अनलाईन ।
कनकाई साप्ताहिक तथा कनकाई अनलाईनका झापा गाउँपालिका समाचारदाता तथा नेपाल मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष अधिकारकर्मी मसुरिदिन अन्सारीको दुैवै मृगौला विग्रिएर दुखद निधन भएको छ ।
अन्सारीको गत शनिवार मृगौला डाइलिसिसका क्रममा मेची अंचल अस्पताल भद्रपुरमा मृत्युभएको छ । २ वर्षदेखि दुवै मृगौला विग्रिएर उपचाररत अन्सारी उनकी श्रीमती सोहरा अन्सारीले मृगौला दिने भएपछि केहिदिनमै मृगौला प्रत्यारोपणका लागि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा जाने तयारीमा थिए । तर उनको डायलसिसकै क्रममा मेची अंचल अस्पतालमा शनिवार राती १२ वजेको समयमा निधन भएको हो । ४८ वर्षे अन्सारी नेपाल मुस्लिम नागरिक समाजका संस्थापक अध्यक्ष , मदेस मिडिया मिसनका केन्द्रिय सदस्य , डिल्लीराज माविका व्यावस्थापन समितिका सदस्य ,ओविसी महासंघ – पिछडावर्ग महासंघका संस्थापक ) मर्केएलेदिश नेपालको केन्द्रिय कोषाध्यक्ष( मुस्लिम अधिकारवादी संस्था) लगायातका विभिन्न संघ संस्थामा आवद्ध रहेका थिए भने झापाका विभिन्न छापा माध्यमहरु पुर्वाचल दैनिक ,जनसंसद दैनिक , लोकतन्त्र पोस्ट दैनिक , मेची टाईम्स दैनिक , विवेचना दैनिक लगायातमा समाचारदाताका रुपमा काम गरिसकेका छन भने हाल कनकाई अनलाईन र कनकाई साप्ताहिकमा आवद्ध रहनुभएको थियो ।
अन्सारीको आइतवारनै स्थानीय ठाउँमै आफ्नो धार्मिक विधिअनुसार अन्तिम संत्कार गरिएको छ । उनको ५ वर्षपहिलेदेखि मृगौला विग्रिएको थियो । २ वर्षदेखि भने दुवै मृगौला विग्रिएपछि भने विराटनगरको गोल्डेन , नोवोल , विर्तामोडको विर्तासिटी , भक्तपुरको मानवअङ्ग प्रत्यारोपण केन्द्र लगायतमा उपचार तथा मृगौलाको डाइलसिस गरिदैँ आएको थियो । निजि अस्पतालमा डाइलसिस महगो भएपछि पछिल्लो समयदेखि भने निशुल्क रुपमा गराइदै आएको सरकारी हस्पिटलमै उनको डाइलसिस गरिदैँ आएको थियो उनका छोरा अब्दुलका अनुसार सरकारी हस्पिटलमा डाइलसिस गर्दा भने समय थोरै समयमा डाइलसिस हुने र ज्वरो आउने गर्दथियो । मसुरिदिनको जिवन वचाउनका लागि मसुरिदिन अन्सारी वचाउ अभियान समेत गठन गरिएको थियो ।
उनकी श्रीमती , ३ छोरा अव्दुल तारिक अन्सारी , अब्दुल सद्धाम अन्सारी र अब्दुला अन्सारी ३ छोरीहरु रहेका छन ।