Kanakai Online

कनकाईमा वार्डस्तरीय भलिवल सुरु ३ र १ वार्ड विजयी


मङ्गलवार, पौष ४, २०७४ |

इन्द्रबहादुर खड्का
सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आजदेखि कनकाई माविको खेल मैदानमा दोस्रो वार्डस्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।
प्रतिष्ठानको आयोजनमा भएको प्रतियोगितामा कनकाई नगरका ९ वटा वार्डका ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाईले गर्नुभयो । उदघाटन समारोहमा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , कनकाई माविका अध्यक्ष जर्नादन उप्रेती , रेडक्रस सोसाइटीका अध्यक्ष प्रविन तिम्सिना , खेलप्रेमी नारायणप्रसाद पोखरेल , ज्ञानज्योती युवा क्लवका अध्यक्ष नविन सेढाँई ,सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष सुदिप भण्डारी , सुर्योदय युवा क्लवका अध्यक्ष रोहित कोइराला , जिल्ला भलिवल संघका कोषाध्यक्ष राजु पाठक लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका कोषाध्यक्ष दुर्गा प्रसाई र स्वागत सदस्य राजेन्द्र उप्रेतीले गर्नुभएको थियो ।
वार्ड नम्बर ३ र १ विजयी
यसैििवच आजै भएको २ वटा उदघाटन खेलमा वार्ड नम्बर ३ र १ विजयी भएका छन । वार्डनम्बर ३ ले ७ लाई २—१ सेटले पराजित गरेको हो । वेष्ट अफ ३ को ग्याममा ३ ले २५—१४ र २५—१३ को सेटमा हराएको हो । ७ नम्बर वार्डले समेत एक सेट २५—२१ ले जितेको थियो । यसैगरी वार्ड नम्बर १ ले समेत वार्डनम्बर ४ लाई पनि २—१ को सेटमा पराजित गरेको थियो । १ ले २५—१४ र २५—१७ को सेटमा पराजित गरेको थियो । वार्डनम्बर ४ ले समेत एक सेट २५—१९ ले १ लाई हराएको थियो । पुस ७ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार र दोस्रो पुरस्कार १० हजार रहेको खेल समितिका संयोजक रामचन्द्र खरेलले बताए ।

सम्बन्धित खबर