लीलाराज झापाली ।
सुरुङ्गा , पुस ४ गते । झापाको कनकाई नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को प्रस्थाविक ४० करोड २६ लाख ५५ हजार रुपैँया तथा आर्थिक वर्ष २०७३/७४ को यर्थाथ वजेट १८ करोड ७७ लाख , ५८ हजार ४ सय ५५ रुपैँया वरावरको वजेज सार्वजनिक गरिएको छ ।
मंगलवार भएको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सो आयव्यय सहितको वजेट सार्वजनिक गर्नुभएको हो ।
जसमा आर्थिक वर्ष २०७४÷७५ को प्रस्तावितमा कुल आयर्फ गत वर्षको जिम्मेवारीमा ९९ लाख ४७ हजार ७८ रुपैँया , आन्तरिक श्रोततर्फ २ करोड ५ लाख , रजिष्टे«शन दस्तुरबाट २० लाख रुपैँया , बित्तिय सामानिकरणबाट १९ करोड ५८ लाख २५ हजार , ससर्त चालु अनुदानतर्फ ७ करोड , ७३ लाख ८८ लाख , विविस प्रदेश तथा केन्द्रसरकारबाट थप अनुदान १ करोड , १३ लाख ८२ हजार ९ सय २२ , सामाजिक सुरक्षा भक्ता ८ करोड ३ लाख ४३ हजार , एलजिसीडिपी अनुदान १२ लाख ६९ हजार र सडक बोर्ड नेपालबाट ४० लाख रुपैँया बजेटको आय प्रस्तावित गरिएको छ भने व्यय तर्फ समेत चालु खर्च तर्फ ३ करोड ४६ लाख ५० हजार , पुजीगत खर्च २० करोड ५० लाख ५ हजार , सामाजिक सुरक्षा ८ करोड ३ लाख ४३ हजार , ससर्त चालु खर्च ७ करोड ७३ लाख ८८ लाख , एलजीसीजिपी चालुखर्च १२ लाख ६९ हजार र सडक बोर्डबाट ४० लाख रुपैँया रहेको छ ।
यसैगरी नगरपालिकाले विभिन्न शीर्षकगर्त खर्चमा शिक्षामा ३० लाख , नदि नियन्त्रणमा १५ करोड , पर्यटन बिकास तथा संस्कृति प्रवर्धनमा ९३ लाख , खानेपानी तथा ढल निर्माणमा ४५ लाख , समपुर कोष तर्फ ३ करोड २० लाख रुपैँया , सडक निर्माण तथा स्तर उन्नतीमा ९५ लाख , प्रकोप तथा बिपत व्यावस्थापनमा ६१ लख ९२ हजार , लक्षित बर्गतर्फ ७५ लाख , स्वास्थ्य तर्फ २६ लाख १८ हजार , कृषि तथा पशुपालनतर्फ ६२ लाख ३० हजार , खेलकुद तर्फ २० लाख रुपैँया फोहोर मैला व्यावस्थापनमा ५० लाख रुपैँया रहेको छ ।
यसैगरी नगरपालिकाको आयोजनामा गरिव तथा मजदुर वर्गको हितका लागि मजदुर हितकोषको स्थापना , नगरलाई वालमैत्री बनाउन मजदुरका छोराछोरीलाई पढ्नका लागि शिशु स्यहारकेन्द्रको स्थापना , घरवार विहिनको लागि मेयर आवास कार्यक्रम , नदि कटानका लागि व्यावस्थित नदि नियन्त्रण कार्यक्रम , ३ वर्षभित्र कनकाईलाई हरित नगरी र उज्यालो नगरी बनाउने लगायातका कार्यक्रम बजेटमा समेटिएको छ । प्रतिनिधिसभा सदस्य एलपीसाँवा लिम्बुको प्रमुख आथित्यमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी मगर , हिरा थापा लगायातले शुभकामना दिनुभएको थियो । कार्यक्रममा लामो समयदेखि कनकाई नगर क्षेत्रमा फुटवल प्रशिक्षण गराउर्दै आउनुभएका प्रशिक्षक सन्त रायमाझिलाई कनकाई खेलकुद एमबास्टर घोषणा गर्दै मासिक १० हजारका दरले निर्वाह भत्ता दिने निर्णय समेत गरिएको छ ।बजेट सार्वजनिकरणको संचालन कनकाई नगरपालिकाका कार्यकारी अधिकृत देवेन्द्र कार्कीले गर्नुभएको थियो भने स्वागत उपमेयर मन्जु प्रसाईले गर्नुभएको थियो ।
फोटो ः वजेट सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य एलपीसाँवा लिम्बु र नगर प्रमुख पोखरेल ः तस्वीर ः लीलाराज झापाली