डिल्ली हुमागाई
युएई,
गायक पारश लामाको तमोर नदी गड्तिर नावा खोला खेत बोलको गितको रेकर्डिङ सम्पन्न भएको छ। दुबईको करामा स्थित स्टुडियो नाइनमा रेकर्ड भएको हो। गीतमा बिनोद रसाईलीको म्युजिक एरेन्ज तथा पारश लामाको स्वर तथा संगित र संजय लामाको शब्द रचना रहेको गीतको म्युजिक भिंडियों छिटै बजारमा ल्याउने समेत न्युजठ नेपालसँगको कुराकानीमा लामाले बताए ।
लामाको पहिलो गीत वाउ क्या राम्री सोल्टिनी मेरिको अपार सफलता पछि दोस्रो गित रेकर्डिङ गर्न उत्प्रेरित भएको उको भनाइृ छ । पुर्बेली भाकामा गाएको गीतलाई सबै श्रोताले मन पराउनेमा आफु विश्वस्त रहको उनले बताएका छन् ।
बिगत लामो समयवाट युएईमा रहेर पनि साङ्गितिक करियरमा सक्रिय रहेका गायक लामा युएईका स्टेज कार्यक्रमहरुको लागि नयाँ नाम भने होइन। युएईका हरेक संघ सस्थाले गर्ने सास्कृतिक कार्यक्रम उनको प्रस्तुति देख्न सुनन् पाइन्छ।
पाँचथर मौवामा जन्मिएका गायक लामा सानैबाट गीत संगीतलाई माया गर्ने गर्थे। युएईबाटै उनको पहिलो गित वाउ क्या राम्री सोल्टिनीको म्युजिक भिडियो छायांकनको समेत तयारीेको छ ।झापाली समाज युएईको सास्कृतिक बिभाग प्रमुख समेत रहेका लामा १५ वर्षदेखि युएईमा रहेर संगीतमा सक्रिय बन्दै आएका छन् ।