Kanakai Online

कनकाई उद्योग वाणिज्यले पायो पुर्णता


बिहिवार, मंसिर २८, २०७४ |

कनकाई अनलाईन 
सुरुङ्गा । झापाको कनकाई उद्योग वाणिज्य संघले पुर्णता पाएको छ । हालै सम्पन्न वैठकबाट ५ जना मनोनित सदस्यगरेसगै संघले पुर्णता पाएको थियो । मनोनित सदस्यमा अर्जुन बोहोरा , पदम ओली , ज्योती श्रेष्ठ , राजकुमार शाह र कुमार दियाली रहनुभएको उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले जानकारी दिनुभयो ।
यो सगै अव उवासंघको कार्यसमिति २१ सदस्यीय वनेको छ । यसअघि अध्यक्ष कुमारमणि पोखरेलसहितको १६ सदस्यीय कार्यसमिति निर्वाचित बनेको थियो । यसैगरि संघको उन्नती प्रगतिका महत्वपुर्ण योगदान पुर्याएको भन्दै इन्द्र रोक्का , चम्पा सुवेदी , डिल्ली बाह्कोटी , अनिता मैनाली र गोविन्द श्रेष्ठलाई विशिष्ट सदस्यमा मनोनित गरिएको छ ।