कनकाई अनलाईन
सुरुङ्गा । झापाको कनकाई नगरपालिका ३ मा मुख्य कार्यालय रहेको धनुषकोटी कृषि सहकारी संस्थाले. यसवर्ष खुद १६ लाख २५ हजार ९ सय ९८ रुपैँया नाफा गर्न सफ लबनेको छ ।
आज संस्थाको ५ औँ वार्षिक साधरणसभको अवशरमा संस्थाका अध्यक्ष गोपाल प्रसाईले आय व्याय प्रस्तुत गर्दै सो विवरण प्रस्तुत गर्नुभएको हो । यसैगरी अध्यक्ष प्रसाईले संस्थालेको हालसम्म ३४ लाख ६३ हजार ७ सय रुपैँयाको चुक्क्ता पुजी रहेको तथा यस आर्र्थिक वर्षमा ३ करोड ५० लाख भन्दा वढीको कारोवार गर्न सफ लबनेको समेत जानकारी गराउनुभयो ।
यसैगरि संस्थाको ५ औँ वार्षिक साधरणसभको अवशर पारेर यस क्षेत्रका जनप्रतिनिधि झापा ४ ख का प्रदेससभासदस्य हिराकुमार थापालाई सम्मान समेत गरेको छ । सम्मानित थापालाई संस्थाका अध्यक्ष गोपाल प्रसाई , उपाध्यक्ष यामनाथ सेढाँईँ , सचिव मेदनीप्रसाद प्रसाईँ लगायातले सम्मान गर्नुभएको हो । यसैगरी संस्थाले उत्कृष्ट वचतकर्ता कमलबहादुर चापाँगाई र ममिता खरेल , उत्कृष्ट ऋणी डिल्लीराम श्रेष्ठ र गंगादेवि निरौला , जेष्ठ शेयर सदस्य दधिराम प्रसाई र तिलमाया कार्की तथा उत्कृष्ट कर्मचारीका रुपमा जमुनादेवि तिम्सिना र शान्ता पुरीलाई सम्मानित तथा पुरस्कृत समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष गोपाल प्रसाईको सभापतित्व उपाध्यक्ष यामनाथ सेढाईँको स्वागत तथा सचिव मेदनीप्रसाद प्रसाईँले संचालन गर्नुभएको कार्यक्रमको प्रमुख अथिति यस क्षेत्रका प्रदेशसभा सदस्य हिराकुमार थापा रहनुभएको थियो । कार्यक्रम कनकाई ३ टप्पुस्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा भएको थियो ।