Kanakai Online

विश्वस्तरीय क्यान्सर अस्पताल अव विर्तामोडमा


बिहिवार, मंसिर २८, २०७४ |

कनकाई अनलाईँन
विर्तामोड , मंसिर २८ गते ।
चितवन र काठमाण्डौँपछि अव झापाको विर्तामोडमा समेत क्यान्सर विरामीका लागि सुविधासम्पन्न हस्पिटल निर्माण हुने भएको छ ।
विर्तामोडस्थित विएण्डसी हस्पिटलकै लगानीमा अगग्गै आफ्नै भवनमा ३०० वेडको पुर्वाचल क्यान्सर हस्पिटलको निर्माण कार्य शुरु भएको छ । आगामी ६ महिनाभित्रै निमार्ण सम्पन्न गरि भावी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपिशर्मा ओली तथा माओवादी पार्टीका नेता तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सयुक्त रुपमा क्यान्सर हस्पिटलको उदघाटन गर्ने कार्यक्रम रहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाईले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराउनुभएको हो ।
पत्रकार सम्मेलनमै हस्पिटलको चर खनेर भुमिपुजनसमेत गरिइएको छ । कुल २ सय ५० करोडको लागतमा निर्माण हुने सो हस्पिटलमा क्यान्सरका सवैप्रकारका विरामीलाई उपचार सुविधादिने अस्पतालका क्यान्सर रोग विशेषज्ञ रेडियोलोजिष्ट डाक्टर वीरेन्द्र यादवले वताउँनुभयो । यस अस्पतालको स्थापनापछि नेपाल तथा भारतका हज्जारौ क्यान्सररोगीले स्थानीय ठाउँमै स्तरीय सेवा पाउने अस्पतालका कार्यकारी निर्देशक प्रसाईले वताउँनुभयो । क्यान्सर हस्पिटलमा विश्वकै पछिल्लो उपकरणसमेत ल्याइनेहुदा विरामीलाई रेडियासन विकिरणदिदा समेत शरिरका अन्य भागमा असर नगर्ने अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर