Kanakai Online

सुरुङ्गामा झापाली जननिर्वाचित नेताको भव्य स्वागत, गल्ती गर्ने प्रतिनिधिको पोल लगाउन ओलीको आग्रह


सोमवार, मंसिर २५, २०७४ |

लीलाराज झापाली 
कनकाई अनलाईन
सुरुङ्गा । , मंसिर २५ गते । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले जितेर गएका जनप्रतिनिधिले जनताको हितप्रतिकुल काम गरेको पाइएमा आफुलाई रिर्पोट गर्न अनुरोध गर्नुभएको छ ।

 
झापाको कनकाई नगरपालिका सुरुङ्गा चोकमा सोमवार आयोजित विहत विजयीसभालाई सम्मोधन गर्नुहुदै नेता ओलीले रातदिन नभनी जनताले खटेर भोट हालेर प्रतिनिधि चुनेर पठाएको भन्दै अव जनताचुप लागेर वस्ने र जनप्रतिनिधिले खट्ने वेला आएको वताउँनुभयो । अव तपाइहरु जनप्रतिनिधिका हरेक क्रियाकलाप हेर्नुहोस कोहिपनि प्रतिनिधि वेलुका खुट्टा बङ्गाएको देखेमा मलाई रिपोर्ट गर्नुहोस नराम्रो र जनविरोधी क्रियाकलाप गरेको चालपाएमा पनि मलाई खवर गर्नुहोस अव यसप्रकारको ग्रैह्रजिम्मेवारपुर्ण काम गर्ने छुट कसैलाई पनि छैन । यस्तो क्रियाकलाप गरेमा अवको ५ वर्षमा जनताले देखाइदिने भन्दै जनप्रतिनिधिलाई समेत सजग रहन आग्रह गर्नुभयो । ओलीले झापाली जनताले एमालेले अघि सारेका सवै उम्मेद्धारलाई अत्याधिक मत हालेर विजयी गराइदिएको भन्दै धन्यावादसमेत प्रदान गर्नुभयो ।
ओलीले मावि सम्मको अध्यान पुरा गरेको यस क्षेत्र भएकाले उहाँले आफुले यस क्षेत्रमा राजनितिमात्रै नसिकेर माइ विरिङ खोलामा पौडी खेल्न समेत सिकेको हाटवजार सगै घुम्न गएका , सगै गोठालो गरेका सहपाठीहरु समेत आफुले आखाँ अगाडि देखिरहेको भन्दै यस स्थानमा आउदा सवै पुराना दिनहरुको सम्झना आउने गरेको वताउँनुभयो । झापाका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सवैमा वाम गठबन्धनका उम्मेद्धार भारी मतले विजयी भएका छन ।
झापामा वाम गठबन्धनमा राप्रपा समेत सामेल बनेको थियो । नेता ओली झापाका विभिन्न स्थान चन्द्रगढी , काँकडभिट्टा , र विर्तामोडको विजयउत्सवको कार्यक्रमलाई सम्मोधन गर्दै वेलुकी ५ वजे सुरुङ्गाको चुनावी कार्यक्रमलाई सम्मोधन गर्न आउपुग्नुभएको हो । विजय उत्सवमा झापा क्षेत्र नम्बर १ का विजयी उम्मेद्धार तथा पुर्व सुचनातथा संचारमन्त्री सुरेन्द्रकुमार कार्की पार्थ , ३ वाट विजयी राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देन , ४ वाट विजयी लालप्रसाद साँवा , प्रदेशसभाका विजयी उम्मेद्धारहरु हिराकुमार थापा , झलकसिंह दर्लामी शन्देश , पुर्णसिंह राजवंशी , लगायातका उम्मेद्धारको सहभागितारहेको थियो । कार्यक्रममा यस क्षेत्र झापा ४ बाट प्रतिनिधि सभामा विजयी एलपीसाँवा लिम्बु र प्रदेशसभामा विजयी हिरा थापाले यस क्षेत्रको दिगो विकास र पर्यटकिय क्षेत्रको विकास गर्नका लागि प्रदेश र केन्द्र सरकारका तर्फबाट कुनै कुराको कमि हुन नदिने प्रतिवद्धता जनाउनुभएको थियो ।
यसैविच सुरुङ्गा चोकमा जननिर्वाचित नेतालाई स्वागत गर्न दिउसोदेखिनै हज्जारौको सङ्ख्यामा कनकाई नगरपालिका , शिवसताक्षी , झापा गाउँपालिकाबाट जनता तथा पार्टी कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो । जननिर्वाचित प्रतिनिधिलाई कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , उपमेयर मन्जुप्रसाई , कनकाई माड्वारी सेवा समिति लगायातले स्वागत सम्मान गर्नुभएको थियो ।