Kanakai Online

झापा जिल्ला पुन लालकिल्ला


आइतवार, मंसिर २४, २०७४ |

लीलाराज झापाली
विर्तामोड , मंसिर २४ गते । झापा जिल्लामा गत २०४८ सालको चुनावको कम्युनिष्ट्र पुरानो विरासत फेरि दोहोरिएको छ । झापाका यसवर्ष समेत ५ प्रतिनिधिसभा र १० प्रदेशसभाको निर्वचनमा सवै क्षेत्रमा वाम गठबन्धनका उम्मेद्धार विजयी हुनसफ लबनेका छन । झापा क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओली सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । ओलीले ५७ हजार १ सय ३९ मतका साथ विजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा ः खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मतमात्रै ल्याउन सफल हुनुभयो ।
 
 
 
ओलीले अधिकारीलाई २८ हजार ८ सय ४२ मतअनतरले पराजित गर्नुभएको हो । यो मतअन्तर अहिलेसम्मकै सर्वाधिक रहेको वताइएको छ ।
यसैगरी
झापा क्षेत्रनम्बर १ मा बाम गठवन्दनका उम्मेद्धार पुर्वसंचारमन्त्री सुरेन्द्रकुमार कार्की पार्थ विजयी हुनुभएको छ ।
माक्र्सवादी व्याख्याता तथा एमाले माओवादी केन्द्र पार्टी एकताका एक मुख्य अभियान्ता कार्की माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहनुभएको छ ।
उहाँले अर्का लोकप्रिय युवानेता कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्मालाई पराजित गर्दै विजयी बनेका हुन । विजयी कार्कीले ३६ हजार १७३ मत ल्याउदा उनका निकत्तम प्रतिद्धन्द्धी विश्वप्रकाश शर्माले ३३ हजार ३१० मतमात्रै ल्याउनुभयो । यसरी कार्कीले शर्मालाई २ हजार ८६३ मतले पराजित गर्नुभएको हो ।
कार्की विजयी हुने निश्चित भएसगै पराजित हुनुहुने कांग्रेसका चर्चित युवानेता विश्वप्रकाश शर्मा माला बोकेर सोझैँ सुरेन्द्रकुमार कार्कीलाई लगाएर वधाईँ दिनुभएको थियो । यसैगरी झापा १ को दुवै प्रदेशसभामा समेत वामपन्थी उम्मेद्धारहरु विजयी हुनुभएको छ । प्रदेश क मा एमालेका श्रीप्रसाद मैनालीले २३ हजार ९ सय ७२ मत ल्याउदै विजयी हुनुभएको छ , भने उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका केशवराज पाण्डेले १७ हजार २ सय ४० मत ल्याउनुभएको छ । यसैगरी प्रदेश ख मा एमालेकै गोपालचन्द्र वुडाथोकीले १७ हजार ८ सय ३९ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका अशोककुमार पोखरेलले ९ हजार ९ सय ७८ मतमात्रै ल्याउनुभएको छ ।
यसैगरी झापा २ मा समेत वाम गठबन्धनकी एमाले उम्मेद्धार पवित्रा खरेल विजयी हुनुभएको छ । खरेलले ४५ हजार ८ सय १७ मत ल्याउदा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका उम्मेद्धार ३२ हजार ५० मत मात्रै ल्याउनुभयो । खरेल १३ हजार ७ सय ६७ मतले विजयी हुनुभएको हो ।
यसैगरी वहुचर्चित झापा ३ मा समेत वामपन्थीहरुको सर्मथनमा उम्मेद्धारी दिनुभएका राप्रपाका महामन्त्री समेत रहनुभएका राजेन्द्रकुमार लिङ्देन विजयी हुनुभएको छ । लिङ्देनले कांग्रेसका प्रभावशाली नेता तथा पुर्वगृहमन्त्रीसमेत रहनुभएका कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभएको हो । लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउदा , कांग्रेसका सिटौलाले ३१ ह्जार १ सय ६९ मतमात्रै ल्याउनुभयो । लिङ्देनले सिटौलालाई १३ हजार ४ सय ४५ मतले पराजित गर्नुभएको हो ।
यसैगरी झापा क्षेत्रनम्बर ४ का प्रदेश तथा प्रतिनिधिसभा ३ वटै क्षेत्रमा वाम गठवन्धनका उम्मेद्धार भारी मतअन्तरले विजयी भएका छन । प्रतिनिधिसभामा वाम गठवन्धनका उम्मेद्धार एमालेका लालप्रसाद साँवा ४३ हजार ५ सय १५ मत ल्याउदै विजयी हुनुभएको छ , उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत मात्रै ल्याउनुभयो । झापामा राप्रपा समेतको साथ पाएको वाम गठबन्धनको झापा क्षेत्रनम्बर ४ मा १६ हजार ६ सय ९६ मतअन्तरले विजयी हुनुभएको हो । क्षेत्रनम्बर ४ को प्रदेशसभामा समेत वाम गठवन्धनकै उम्मेद्धार भारी मतका साथ विजयी हुनुभएको छ ।
प्रदेश क मा माओवादी केन्द्रका झलकसिंह दलार्मी शन्देश १७ हजार २ सय २६ मत ल्याएर विजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका किरण भट्टराईले १२ हजार ४ सय ८१ म्त ल्याउनुभयो । प्रदेश ख मा बामगठबन्धनकै एमालेका हिराकुमार थापाले २४ हजार ९ सय १ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका उत्तम सुवेदी १४ हजार ९ सय ६५ मतमात्रै ल्याउनुभयो । यो सगै झापा र मेचीमै वाम गठबन्दनले लालकिल्ला बनाउने निश्चित प्राय भएको छ ।