आइपी भट्टराई कनकाई /सरोज भट्टराई शिवसताक्षी
मतदानको मिति नजिकिदै गर्दा झापा क्षेत्रनम्बर ४ मा समेत चुनावी रौनक अन्तिम विन्दुमा पुगेको छ । श्वास रहुन्जेल आश भनेझैँ यस क्षेत्रका उम्मेद्धारहरु अन्तिम समयसम्म दिलोज्यान दिएर लागिपरेका छन् ।
यस क्षेत्रमा प्रतिनिधिसभामा एक जना निर्वाचित हुने भएपनि हाल १३ जना उम्मेद्धार चुनावी दौडमा रहेका छन् । १३ मध्ये एमाले , नेपाली कांग्रेसका उम्मेद्धारविच वढीनै दौडधुप देखिन्छ । यी दुवै दलका उम्मेद्धारलाई ३२ वर्षे डिग्रीहोल्डर युवा विवेकशील साँझाका तुलसीराज उप्रेतीले मुख्य चुनौती दिदैछन । पढेलेखेका तथा भाषणकलामा समेत अन्य उम्मेद्धारको भन्दा अलग्गै गर्ने भएबाट समेत अन्य उम्मेद्धारलाई समेत टाउको दुखाई बनेको छ ।
यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा सयुक्त वाम तथा राष्ट्रवादी तथा नेपाली कांग्रेसका उम्मेद्धारविच हुने देखिएको छ । प्रतिनिधि सभामा एमाले तथा माओवादी केन्द्रका तर्फवाट एलपी साँवा लिम्बुले उम्मेद्धारी दिएका छन । झापामा यस गठबन्धनलाई समेत राप्रपाले समेत साथ दिएको छ । अंक गणितिय हिसावले यो गठवन्धन धेरै अगागि देखिन्छ ,यस क्षेत्रमा तर राजनितिमा सवै संम्भावना जिवितै रहने हुदा यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेद्धार देउमान थेवे समेत वलिया प्रतिस्पर्धीका रुपमा आएका छन । यस क्षेत्रमा वाम तथा कांग्रेसमा दुवै उम्मेद्धारको हारजितको नजिताका लागि पार्टीै कार्यकर्ताभन्दापनि आम भोटरमै भरपर्नुपर्ने हुदा मंसिर २१ गतेको निर्वाचनपछिको मतगणनामै भरपर्नुपर्ने आम निर्वाचन विश्लेषकहरुले अनुमान गरेका छन । दुवै नेता प्रतिनिधिसभाका लागि नयाँ अनुहार समेत भएकाले मतदातासग उनीहरु दुवैसग अघिल्लो चरणमा भुमिका पुरा गर्न नपाएको गुनासाका चाङ्गहरु हुनेछैनन।
तर झापा क्षेत्र नंं ४ मा वामगठबन्धन र नेपाली कांग्रेसदुवैलाई जितका लागि एकअर्कापार्टीनै मुख्य चुनौत ीबनेका छन । मत आफ्नो पक्षमा पार्न निकै मुख्यतः दुई दलीय वाम गठबन्धन र कांग्रेस आ–आफ्नो एजेण्डा लिएर चुनाव प्रचार प्रसारमा व्यस्त बनेका छन् ।
२०६४ सालको चुनावमा नेपाली कांग्रेसका केशबकुमार बुढाथोकीले सो क्षेत्रबाट जीत हासिल गरेका थिए । त्यस्तै २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका उम्मेदवार एलपी साँवालाई २४० मत अन्तरले हराउँदै पुनः नेपाली कांग्रेसका उम्मेदवार बुढाथोकी नै विजयी बनेका थिए । तर यस निर्वाचन क्षेत्रमा कनकाई नगरपालिकाका ७ वार्डभने परेको थिएन कनकाईको यस क्षेत्र तत्कालिन क्षेत्रनम्बर ४ मा ६४ सालमा माओवादीकी धर्मशीला चापागाई र ७० सालको निर्वाचनमा एमालेका प्रेम गिरी दुवै सुविधाजनक मत ल्याएर विजयी बनेका थिए । यस क्षेत्रका जनताकै मतनै यसपटकपनि करिव करिव निर्णायक हुने देखिएको छ । जिल्लामै वढी पढेलेखेका र राजनैतिक हिसावले समेत चेतनशील मानिसको वढी वसोवास रहेको यस कनकाई क्षेत्रमा अस्थिर मतदाता रहेकाले जसले विश्वास लिनसक्यो मत उसैको पक्षमा जाने निश्चित छ । सुरुङ्गा क्षेत्रमा एमालेका उम्मेद्धार युक्त भेट्वाल २६ मतले हारेर मतगणनास्थलमै धाधली भएको भनी अदालतमा मुद्धापरेको इतिहास समेत ताजैरहेको छ ।
२०७० सालको चुनावमा म झिनो मतले पछाडि परेको हुँ । जितेर गएका उम्मेदवार फर्केर मतदाता सम्म पुगेनन् । म हारेर पनि जनताको सुखदुखमा साथ दिँदै आएँ । त्यसैले आफ्नो जीत सुनिश्चित छ यो एलपीसाँवाले मतदातासग निरन्तर भन्दै आएको कुरा हो ,
नेपाली काग्रेसका उम्मेद्वार देउमान थेवे वाम गठबन्धनले आफ्ना मतदातालाई केही फरक नपार्ने भन्दै आफू जीतको नजिक पुगेको बताउँदै आएका छन् । उनी आफु गाउँकै धुलोमाटो खादै निरन्तर जनताको घरमा सेवा गरिरहेको दावी समेत गर्दै आएका छन ।
दुवैको भनाई संविधान कार्यान्वयनदेखि नेपाललाई समृद्धिको बाटोमा लैजानु पर्नेमा केन्द्रित हुनेगर्छ । भौतिक विकास, नदी नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता स्थानीय एजेण्डा अगाडि सारेका उम्मेदवारहरु मतदाता कहाँ छन्, त्यहीँ पुगर कतै धान काट्दै त कतै कोदालो चलाउने मोडलिङ पनि गरिरहेका छन् ।
सो क्षेत्रमा प्रदेशसभा तर्फ पनि रोचक भिडन्त देखिएको छ । प्रदेशसभा (क) मा वामगठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका झलकसिंह दर्लामी र नेपाली कांग्रेसका किरण भट्टराई मैदानमा उत्रेका छन् ।
त्यसैगरी प्रदेशसभा (ख) मा वामगठबन्धनका तर्फबाट नेकपा एमालेका हिरा थापा र नेपाली कांग्रेसका उत्तमकुमार सुवेदी रोचक प्रतिष्पर्धा गरिरहेका छन् ।
झापाको निर्वाचन क्षेत्र नं. ४ अन्तरगत शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं. ९, गौरीगञ्ज गाउँपालिका वडा नं. १ र २ तथा कनकाई नगरपालिकाको १ देखि ७ सम्मका वडाहरु पर्दछन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार सो निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ४०१ मतदाता छन् ।
सोमध्ये प्रदेशसभा (क) मा शिवसताक्षी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ८ र ११ रहेका छन् । यस्तै गौरादह नगरपालिकाको वडा नं. ९ र गौरीगञ्ज गाउँपालिका वडा नं. १ र २ क्षेत्र नं. ४ को प्रदेशसभा (क) मा समेटिएका छन् । सो प्रदेशसभा निर्वाचन क्षेत्रमा ४७ हजार ८५३ जना मतदाता छन् ।
त्यसैगरी प्रदेशसभा (ख) मा शिवसताक्षी नगरपालिका वडा नं. ७, ९ र १०, झापा गाउँपालिका, कनकाई नगरपालिकाकाको वडा नं. १, २, ३, ४, ५, ६, र ७ वडाहरु पर्दछन् । क्षेत्र नं. ४ को प्रदेशसभा (ख) मा ६१ हजार ५४८ जना मतदाता छन् ।
गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र अन्तरगतका वडामा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामलाई यो आलेखमा विश्लेषणको आधार बनाइएको छ । किनकि, वडाध्यक्षहरुले निर्वाचनमा सहभागी हुँदा व्यक्तित्वको आधारमा वा प्रभावका आधारमा मत बटुलेको हुन्छ । चुनावी अभियान सञ्चालन गर्न वडाध्यक्षले पहुँच पनि प्रयोग गर्ने भएकाले सोभन्दा तल वा माथिल्लो मतलाई भन्दा वडाध्यक्षको मत तुलनात्मक रुपमा गणनायोग्य ठानिएको हो ।
यस आधारमा हेर्दा क्षेत्र नं. ४ मा वाम गठबन्धनतर्फ ३७ हजार ५११ मत प्राप्त भएको छ भने नेपाली कांग्रेस एक्लैले २२ हजार ९७३ मत प्राप्त गरेको तथ्याङ्क छ । यस आधारमा हेर्दा वाम गठबन्धनले पाएको मत नेपाली कांग्रेसले पाएको मतभन्दा १४ हजार ५३८ मतले अगाडि देखिन्छ ।
प्रदेश (क) मा वाम गठबन्धनको पोल्टामा १६ हजार ८८१ मत छ भने नेपाली कांग्रेसको ११ हजार ३६४ मत देखिन्छ । यसरी हेर्दा प्रदेश (क) मा वाम गठबन्धनसँग नेपाली कांग्रेसका उम्मेदवारले पाउने मत ५ हजार ५१७ को अन्तर देखिन्छ ।
त्यस्तै प्रदेश (ख) मा वाम गठबन्धनसँग २० हजार ६३० मत छ । नेपाली कांग्रेसले प्राप्त गरेको ११ हजार ६०९ मत वाम गठबन्धनभन्दा ९ हजार २१ मतान्तर देखिएको छ ।
स्मरणीय छ कि, स्थानीय तहको निर्वाचन पछि मतदाताहरुमा आएको उत्साहका कारण फोटोसहितको मतदाता नामावलीमा नाम थप गरेपछि क्षेत्र नं. ४ मा मात्रै १० हजार हाराहारी मतदाता थपिएका छन् ।
यदि राजनीतिकरुपमा मतदाताहरुले विगतको अभ्यासलाई निरन्तरता दिने हो भने आसन्न निर्वाचनमा वाम गठबन्धनसँग नेपाली कांग्रेसलाई आफ्नो क्षेत्र सुरक्षित गर्न ठूलै चुनौति रहनेछ । तर राजनैतिकककारणमात्रै चुनावमा निर्णायक नहुनेहुदा मतकहाँ जान्छ भन्नेकुरा यस क्षेत्रमा उम्मेद्धारको भाग्यपरिक्षाकै विषय बनेको छ ।
पार्टी प्रवेशमा रोचक भीडन्त
कांग्रेस उम्मेद्धार देउमान थेवे र बाम उम्मेद्धार एलपीसाँवाले आफ्नो निर्वाचन प्रचारलाई रोचक बनाएका थिए । उनीहरुले एकअर्काको किल्ला भत्काउने भन्दै थेवेले एलपीसाँवाको गृहक्षेत्र तथा सावाँले देउमान थेवेले लामो समय जनप्रतिनिधिभएर जितेको झापा गाउँपालिका क्षेत्