कनकाई संवाददाता
। स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष सहित सवै वर्डाका लागि आज उम्मेद्धारी घोषणा गरको छ ।
पार्टीकी केन्द्रिय पोलिटव्युरो सदस्य धर्मशीला चापागाँईको प्रमुख आतिथ्यतामा उम्मेद्धारको नाम सार्वजनिक गरिएको हो । गाउँपालिकाको अध्यक्षमा लोकप्रिय युवा नेता खड्गबहादुर तिम्सिना पवन र उपाध्यक्षमा अस्मितकला लिम्बु रहनुभएको छ । पार्टीले ७ वटै वडामा वडाअध्यक्ष सहित परिषद सदस्य समेतको घोषणा गरेको छ ।
जसमा १ नम्बर वार्डमा वार्डअध्यक्षमा पुर्णप्रसाद संजेल , २ नम्बर वार्डमा दिवामाया अधिकारी , ३ नम्बरमा डिल्लीराम श्रेष्ठ , ४ नम्बरमा नारायण ढुङ्गाना , ५ नम्बरमा विक्रम सालिङ , ६ नम्बर वार्डमा प्रदिप खतिवडा र ७ नम्बर वार्डमा मात्रिका पौडेल रहनुभएको छ । पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयले उम्मेद्धारको घोषणा गर्नुभएको हो । कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी शन्देश लगाँयातले शुभकामना दिनुभएको थियो ।
झापा र इलामको सिमानामा रहेको २६ हजार ७ सय १६ मतदाता सङ्ख्या रहेको यो गाउँपालिकालाई देशकै नमुना बनाउने भन्दै ३२ बुद्धे प्रतिवद्धता समेत अध्यक्षका उम्मेद्धार तिम्सिनाले सार्वजनिक गर्नुभएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति