Kanakai Online

काँकडभिट्टा गोल्डकप जितेर उपाधिमा ह्याट्रिक गर्ने दाउमा आर्मी , भोली फाइनल


बिहिवार, मंसिर १४, २०७४ |

लीलाराज झापाली 
काँकडभिट्टा , मंसिर १४ गते । मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको शुक्रवार आज हुने फाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ दुवैले मोफसलकै सर्वोकृष्ट पुरस्कार राशीको गोल्डकपको उपाधि रक्ष ागर्ने दावी गरेका छन ।
विहिवार काँकडभिट्टाको खेल मैदानमा भएको प्रि प्रेस म्याच कन्फेरेन्समा वोल्दै दुवै टिमका क्याटेन र कोचले खेलको ९० मिनेटअवधिभित्रै जित आआफ्नो पक्षमा पार्ने दावी गर्नुभयो । आर्मीका टिम क्याप्टेन भरत खवासले भन्नुभयो , ट्राईब्रेकर भनेको भाग्यको खेल हो हामी उपाधिका लागि त्यो समयसम्म कुर्न चाहन्नौ हामी पुरा फर्ममा छौ त्यसैले सताक्षी गोल्डकपकाझै हामी यस खेलमा पनि ९० मिनेटमै नतिजा निकाले उपाधिको ह्रयाट्रिक गर्ने दाउमा छौ । खवासले यसअघि विरगन्जको राजश्री गोल्डकपमा संकटा र गतहप्तामात्रै झापाकै सताक्षी गोल्डकपमा हालको प्रतिद्धन्द्धी मनाङलाई हराएर उपाधिको रक्षा गरेको भन्दै यस गोल्डकपको समेत उपाधि हत्याएर उपाधिको ह्रयाट्रिक गर्ने योजना बनाएको वताउँनुभयो । आर्मीका टिमकोच नविन न्यौपानेले समेत टिममा नवयुग श्रेष्ठ सताक्षी गोल्डकपमा घाइते भएकाले नखेल्ने संम्भावना पनि रहेको भन्दै नवयुगको साटो दिनेश हेम्जनले फरवर्ड खेल्ने बताउनुभयो , हेम्जनले पुलिसविरुद्धको खेलमा एक्कै खेलमा २ गोल गरेर फर्ममा रहेकाले नवयुगको कमि टिमले खासै महसुस नगर्ने वताउनुभयो ।
यता मनाङका टिम क्याप्टेन विराज मर्हजनलेसमेत सताक्षी गोल्डकपमा भएको कमजोरीलाई यस खेलमा सुर्धाने र उपाधि रक्षा गरि सताक्षी गोल्डकपको हारको वदला लिने वताउँनुभयो । आर्मी सेट टिम भएपनि हामीसग स्ट्रार खेलाडीको कमिछैन हामी जित्ने रणनितिका साथ खेल्नेछौ महर्जनले भन्नुभयो । यस गोल्डकपमा मनाङले ट्राइब्रेकरमा ग्याम जित्दै आएको भन्दै आफुले यस अगाडिका खेलको रणनितिले खासै काम नगरेकोले नतिजाका लागि भाग्यको साथ लिनुपरेको मनाङका टिमकोच विजय घलेले वताउँनुभयो अव फाइनलमा म यी सवै रणनितिबाट पाठ सिकेर नयाँ रणनिति बनाउछु जुन सफल भएका हामी उपाधिको रक्ष ागर्न सक्छौ घलेले भन्नुभयो । मनाङका स्ट्रार खेलाडी सुजल श्रेष्ठ सेमिफाइनलको खेलमा रातोकार्ड खाएको कारण खेल्न पाउने छैनन उनको स्थानमा कसलाई खेलाउने भन्नेवारेमा टिमको मिटिङ वसेर निर्णय गर्ने समेत टिमकोच घलेले बताउँनुभयो । यसअघिका मनाङका टिम क्याप्टेन अनिल गुरुङ्ग , बेन्चमा वस्दै आएको वारेमा टिमकोच घलेले टिमका विमल घर्तीमगरले अनिलको स्थानमा खेल्दै आएकोले वेन्चमा राख्नुपरेको वताउँनुभयो ।
शुक्रवारको खेलमा समेत मनाङ विराज महर्जनको कप्तानीमा मैदान उत्रने समेत वताउँनुभयो ।
काँकडभिट्टा फुटवल टेनिङ्ग सेन्टरको आयोजनामा भएको गोल्डकपको उपाधि विजेताले नगद ८ लाख र उपविजयीहुने टिमले नगद ४ लाख पाउने छ ।

सम्बन्धित खबर