लीलाराज झापाली
काँकडभिट्टा , मंसिर १२ गते । झापाको काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा पुलिसलाई ३—० गोलअन्तरले पराजित गदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको छ ।
मंगलवारको पहिलो सेमिफाइनल खेलमा आर्मीको जितका लागि दिनेश हेन्जन नायक बन्नुभयो । उहाँले आर्मीका लागि २ गोल गर्नुभयो । प्रतियोगितामा ३ वटै गोल दोस्रो हाफमा संम्भव भएको हो । हेन्जनले खेलको ५४ र ६४ औ मिनेटमा गर्नुभयो भने तेस्रो गोल आर्मीका जर्जपिन्स कार्कीले गर्नुभयो । २ गोल गर्नुहुने दिनेश खेलको म्यान अफ द म्याच हुनुभयो । उहाँले नगद १० हजार पुरस्कार पाउनु भयो । दिनेशले पहिलो गोल दिपक गुरुङ्गको क्रस पासमा गर्दै आर्मीलाई अग्रता दिलाउनुभयो ।
त्यसको १० मिनेटपछिनै हेम्जनले आफ्नो टिमका लागि दोस्रो गोल गर्नुभयो दोस्रो गोल जर्जपिन्स कार्कीको क्रसपासमा गदै अग्रता दोब्वर पार्नुभयो । तेस्रो गोल फर्ममा रहनुभएका जर्ज पिन्स कार्कीले एकल प्रयासमा गर्नुभयो । उहाँले पोल नजिक्कैवाट गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले कुनै अनुमान गर्न सक्नुभएन र खेल आर्मीले खेल एकतर्फीरुपमा जितेको छ । यो जित सगै आर्मी काँकडभिट्टामा जारी गोल्डकपको कम्तीमा ४ लाख रुपैँया जितेको छ । बुधवार हुने दोस्रो सेमिफाइनल खेल आयोजक काँकडभिट्टा टेनिङ्ग सेन्टर र मनाङविच हुनेछ । यी दुइविचको विजयी टिमसग मंसिर १५ गते शुक्रवार हुदैँछ । आजको खेल पहिलो हाफ आर्मी र पुलिस वरावरी खेल खेलेपनि दोस्रो हाफमा भने आर्मी पुलिससग हावी भएको थियो । खेलको १५ औ मिनेटमा आर्मीले आक्रमणको सुरुवात गरेको थियो । पुलिसका खेलाडीले आर्मीका जर्जपिन्स कार्कीलाई लडाएपछि पाएको फाउल प्रहार पुन जर्जपिन्स कार्कीलेनै गर्नुभएको थियो जुन प्रहार वाहिरिएको थियो ।
खेलको २४ औ मिनेटमा पुलिसका जुमानु राई वान भर्सेस वानमा चुक्नुभएको थियो । खेलको ३१ औ मिनेटमा आर्मीका भरत खवासले नजिक्कैवाट वान भर्सेस वान प्रहार पुलिसका डिफेन्स दिनेश राजवंशीले वचाउनुभयो । ३५ औ मिनेटमा पुलिसका तेज तामाङ्गको क्रसमा रवि पासवानले गरेको प्रहार थोरै वाहिरवाट वाहिरिएको थियो ।
यसैगरी खेलको ४९ औ मिनेटमा आर्मीका भरत खवासको हेड थोरै ढिला हुदा गोल गर्नबाट चुक्नुभएको थियो । ५० औ मिनेटमा पुलिसका सुमन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले वचाउनुभयो । काँकडभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको विजयी तथा उपविजयी हुने टिमले नगद ८ लाख र ४ लाख पाउनेछन । गोल्डकपको आयोजना काँकडभिट्टा फुटवल टेनिङ्ग सेन्टरले गरेको हो ।
फोटो ः आर्मी र पुलसका खेलाडी