Kanakai Online

सुरुङ्गा जेसिजले चोकमा नमुना मतदान गर्दै


सोमवार, मंसिर ११, २०७४ |

कनकाईँ अनलाईन 
सुरुङ्गा , मंसिर ११ गते
नियमित रुपमा गरिदै आएको जेसिज सप्ताह यसवर्षपनि आगामी मंसिर १३ गतेदेखि १५ गतेसम्म सुरुङ्गा जेसिजले विविध कार्यक्रमा विच गर्ने भएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि जेसिज सप्ताहको तयारी पुरा भएको जानकारी जेसिजका अध्यक्ष जविन तिम्सिनाले बताउँनुभयो ।
तिम्सिनाका अनुसार आगामी मंसिर १३ गते बुधवार सुरुङ्गाचोक एक्सेल वैँक अगाडि नमुना मतदान गरी जेसिज सप्ताहको सुरुवात गरिदै छ । जनतालाई मतदान गर्न सिकाउने उद्धेश्यले समेत गरिन लागेको नमुना मतदानमा जिल्ला निर्वाचन प्रमुख गोपाल आचार्यलगायतको समेत आतिथत्यता रहने अध्यक्ष जमिन तिम्सिनाले वताउँनुभयो । सो नमुना मतदानको परिणाम समेत सार्वजनिक गरिने भएको छ । नमुना मतदानको संयोजक जेसिजका कोषाध्यक्ष अर्जुन वोहोरा रहनुभएको जानकारी गराइएको छ । यसैगरी मंसिर १४ गते विहिवार विहान ७ वजे आन्तरिक पर्यटनको बृद्धिगर्ने उद्धेश्यले जामुनवारी सिमसारदेखि सुरुङ्गा चोकसम्मको दुरीमा मिनि म्याराथुन गर्ने निर्णय गरिएको छ ।
करिव ३ किलोमिटरको दुरीमा गरिने मिनि म्याराथुनको प्रथम , दास्रो र तृतीय हुनेलाई जनही ५००० , ३००० र २००० नगद र ट्रफि प्रदान गरिने भएको छ । यस कार्यक्रमको संयोजक उपाध्यक्ष प्रविन तिम्सिना रहेको छन । विजयीहरुलाई नगद पुरस्कारको प्रायोजन जामुनवारी सामुदायिक वन तथा जामुनवारी सिमसार तथा पर्यटकिय विकास क्षेत्रले गर्ने समेत जानकारी गराइएको छ । यसैगरी १४ गतेनै सामाजिक उत्तरदायित्वको कार्यक्रम अनुसार शिवसताक्षी नगरपालिका गैडेमा रहेको लक्ष्मीनारायण मन्दिरको वृद्धाआश्रममा खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम रहेको र यसको संयोजक जेसिजका कार्यकारीणी उपाध्यक्ष तथा संचारकर्मी राम निरौला रहनुभएको जानकारी गराइएको छ ।
यसैगरी मंसिर १५ गते शुक्रवार विहान ७ वजे पशुपति अमावि सुरुङ्गमा स्लो साइकल रेश कार्यक्रम गरिने समेत जानकारी गराइएको छ । जसमा प्रथम दोस्रो र तेस्रो हुनेलाई पशुपति अमाविले आकर्षक पुरस्कार दिइने जनाइएको छ । यस स्लो साईकल रेशको कार्यक्रम संयोजक उपाध्यक्ष पंकज मैनाली निर्मल रहनुभएको छ । सोहीदिन विहान ११ वजेदेखि जेसिज भवनभित्रै प्रौढ तथा वृद्ध व्याक्तिहरुका लागि म्युजिकल चियरको कार्यक्रम राखिएको समेत जानकारी गराइएको छ ।
कार्यक्रमको संयोजकमा सुष्मा न्यौपाने उप्रेती रहनुभएको छ । यसैगरि सोहीदिन दिउसो १२ वजेदेखि यस क्षेत्रमा माध्यमिक विद्यालयका विद्यार्थीविच परिवर्तन संम्भव छ विषयमा वक्तृत्वकला कार्यक्रम राखिएको वताइएको छ । वक्तृत्वकलामा विजयीहुनेलाई नगद क्रमश ३५ सय , २५ सय र १५ सय नगद र ट्रफि र प्रमाणपत्र रहेको वताइएको छ । कार्यक्रमको संयोजकमा सुरुङ्गा जेसिजका कार्यकारीणी उपाध्यक्ष त्रिलोचन उप्रेती रहनुभएको छ । यसैविचमा झापा क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा उम्मेद्धारहरुलाई उपस्थित गराएर सुरुङ्गा चोकमा ककस कार्यक्रमको समेत आयोजना गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । कार्यक्रमको समय उम्मेद्धारको समय हेरेर तय गरिने समेत जानकारी गराइएको छ ।
 

सम्बन्धित खबर