कनकाई अनलाईन
झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको उम्मेद्धारी दिनुहुने विवेकशील साँझा पार्टीका उम्मेद्धार तुलसीराज उप्रेतीले आफुले यस चुनाव जितेमा एकरुपैँया पनि भ्रष्ट्राचार नगर्ने तथा ५ वर्षसम्म आफुले पाएको सेवा सुविधा यहि क्षेत्रका अनाथ र वृद्धआश्रमहरुमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।
उप्रेतीले झापा क्षेत्रनम्बर ४ का सम्पादक लेवलका पत्रकारहरुसग कुराकानीगर्दै आफुपैसा कमाउने कसैलाई जागिर लगाउने भन्दापनि देश कसरी चलाउने भन्नेवारमा पुराना नेतालाई सिकाउन राजनितिमा आएको समेत वताए । समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका उप्रेती झापा क्षेत्रनम्बर ४ मा उठनुभएका उम्मेद्धारमध्ये सवैभन्दा वढी पढेलेखेका उम्मेद्धार हुनुहुन्छ ।उहाँलाई कनकाई नगरपालिका क्षेत्रका पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी , डाक्टर आरएन संग्रौला , चर्चित गायक झलक संग्रौला , सुरुङ्गा खानेपानी तथा सरसफाई समितिकी सदस्य अम्बिका चापाँयाई , युवा नेता कवि प्रसाई लगायतको ठुलो वौद्धिक समुहको साथ रहेको छ ।
यसैविच विवेकशील साँझा पार्टीकी चर्चित नेत्री रन्जु दर्शनासमेतको केन्द्रिय निर्वाचन परिचालनको टोली हाल झापा ४ मा चुनाव प्रचारमा निस्किएको छ । अवको केहि दिनमै चर्चित नेता रविन्द्र मिश्र समेत झापा ४ मा निर्वाचन प्रचारमा आउने उम्मेद्धार तुलसी उप्रेतीले वताउँनुभयो ।


