Kanakai Online

कनकाई नगरपालिका पुस २ भित्र खुल्ला दिसामुक्त हुदैँ , वार्ड नम्बर ९,८,६ र १ मुक्त


सोमवार, मंसिर ११, २०७४ |

कनकाई अनलाईन 
झापा कनकाईगरपालिकालाई आगामी पुस २ गतेसम्ममा खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिने भएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जुप्रसाई तथा नगरको ९ वटै वडाका वडाअध्यक्ष तथा सदस्यहरुको विशेष पहलमा यो वार्डमा रहेका सवै घरमा मापदण्ड तोकिएको सौचालय निर्माण गरिन लागेको हो । हालसम्म कनकाई नगरपालिकामा ९७ प्रतिशत घरमा सौचालय निर्माण भइसकेको जिल्लास्थित खानेपानी तथा सरसफाई समिति तथा जिल्ला समन्वय समितिले जनाएको छ ।
कनकाई नगरपालिकामा यसअघिनै वार्डनम्बर ८ लाई पहिलोपटक नगरकै पहिलो खुल्ला दिशामुक्त क्षेत्रको घोषणा गरिएको छ । नागरिक वडामन्च तथा विभिन्न संघ संस्थाको पहलमा भएको कार्यक्रमा विशेष र्यालीसहित आयोजित सभामार्फत खुल्ला दिसामुक्त क्षेत्रको घाोषणा गरिएको थियो ।

 
यसैविच हालैमात्र नगरको १ नम्बर र ६ नम्बर वार्डलाई समेत खुल्ला दिशामुक्त क्षेत्रको घोषणा गरिएको छ । वार्डनम्बर १ को दलित भवन र ६ को चम्पापुर स्थित गायत्रीमन्दिरमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । ८ सय ७४ घरधुरी रहेको सो वार्डमा नगरपालिकाले यस अभियान सुरु गर्नुपहिलेनै ८०१ घरधुरीमा मापदण्ड पुगेका सौचालय रहेकामा अभियान पछि थप ७३ घरमा समेत सौचालय बनाएर खुल्ला दिसामुक्त क्षेत्रको घोषणा गरिएको वार्डअध्यक्ष रोशनराज पोखरेलले वताउँनुभयो । कार्यक्रममा वोल्दै प्रमुख अथिति कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले घोषणामात्रै नभएर यस सरसफाईको महाअभियानमा सवैले खुल्ला ह्दयले लाग्नसमेत अनुरोध गर्नुभयो । सोही अवशरमा सो क्षेत्रमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि महत्वपुण भुमिका खेल्नहुने नासबहादुर तिम्सिना र थीरकुमार पोखरेललाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका फोकल पर्सन रुद्रबहादुर न्यौपाने , वातावरण तथा सरसफाई समितिका अध्यक्ष एवम वार्डनम्बर २ का वार्डअध्यक्ष परशुराम गिरी , वडासचिव लक्ष्मी अधिकारी , सीता पोखरेल , लगायातले सरसफाई नगरको प्रतिष्ठामात्रैको विषय नभएर जिवनमरणसग समेत गासिएको भन्दै यसलाई व्यावहारमा उर्तान सबैसग अनुरोध गर्नुभयो ।
यसैविच कनकाई नगरपालिका ६ नम्बर वार्डमा समेत आइतवार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । वाडअध्यक्ष लक्ष्मीप्रसाद ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सो वार्डलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नुभएको हो । कुल ६५३ घर रहेको यस वार्डमा अभियान सुरु हुनुपहिलेनै ५६८ घरमा मापदण्डपुगेको सौचालय निर्माण भइसकेको त वाकी सौचालय निर्माण गरेर खुल्ला दिसामुक्त वार्ड घोषणा गरिएको वार्डअध्यक्ष लक्ष्मीप्रसाद ओलीले वताउँनुभयो ।
खुल्ला दिसामुक्त घोषणापछि स्थानीय संगिता मैनालीले खुल्ला दिसामुक्त क्षेत्र गाउँ भएकोले सामाजिक प्रतिष्ठा वढेको भन्दै कविता सुनाउनका साथै वृद्ध तथा गरिव व्याक्ति भएरपनि २ दिनमै घरमा सौचालय निर्माण गरेको भन्दै स्थानीयवाशी शिवचन्द्र मुर्मुलाई वाल्टी र सावुनसहित सम्मान गरिएको थियो । यसैगरी खुल्ला दिसामुक्त क्षेत्र घोषणामा मद्धत पुर्याएको भन्दै शान्ता अधिकारी झा र विष्णु सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगरउपप्रमुख मन्जु प्रसाई , जिल्ला समन्वय समितिका सदस्य माराङ हस्ता , परशुराम गिरी , महिला नेतृ सीता वस्नेत , हाोमप्रसाद खतिवडा , वालक्लवकी सारिका गिरी लगायातले खुल्ला दिसामुक्त क्षेत्रलाई दिर्घकालिन समयसम्म लागुगर्न आगामी दिनमा बन्ने घरमा समेत यस नियमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । यसैगरी आजै कनकाई नगरपालिकाको वार्डनम्बर ९ मा समेत खुल्ला दिसामुक्त वार्ड घोषणा हुदैगरेको वार्डअध्यक्ष प्रेम राजवंशीले बताउँनुभयो ।

सम्बन्धित खबर