लीलाराज झापाली
विर्तामोड , मंसिर ६ गते । झापाको काकडभिट्टामा बुधवारवाट तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप सुरु भएको छ ।
काँकडभिट्टामाविको खेल मैदानमा जारी फुटवलप्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लव काठमाण्डौँ भारतको पाहुना टीम सुवास चन्द्र व्याइज कलकत्तालाई ४—० गोल अन्तरको फराकिलो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसको सेट टिमसग भारतको पाहुना टिम खुलेर खेल्न नसकेपछि पहिलो खेलबाटै भारतीय टिम पराजित वनेको हो । पुलिसको जितमा तीर्थ राना नायक बन्नुभयो । तीर्थले पुलिसका लागि एक्लै २ गोल गर्नुभयो । तीर्थले खेलको १० र १७ मिनेटमा गोल गर्नुभयो । पुलिसका अर्का स्टाइगर भोला सेलुवालले २४ औ मिनेटमा गर्नुभयो । भने चौथो गोल पुलिसका तेज तामाङ्गले ७८ मिनेटमा तेज तामाङ्गले गर्नुभयो । तीर्थले पहिलो गोल वान भर्सेस वानमा गर्दा दोस्रो गोल अजित भण्डारीको क्रसपासको सदुपयोग गर्दै सुभासचन्द्रका गोलकिपर सुवाधु घोस समेत विट भएको अवस्थामा गोल गर्नुभयो । तेस्रो गोल भोला सेलुवालले २४ औ मिनेटमा वान भर्सेस वानमै गर्नुभयो सेलुवालले किपरलाई समेत विट गर्दै आफ्नो टिमकालागि तेस्रो गोल गर्नुभयो । ३—० गोल अन्तरले पहिलो हाफमा पछि परेको भारतीय टिम दोस्रो हाफमा थप १ गोल खानपुगेको थियो । टिमका लागि चौथो गोल खेलको ७८ औ मिनेटमा तेज तामाङ्गले गर्नुभयो ।
खेलमा २ गोल गर्ने तीर्थराना पुलिसका तीर्थ राना म्यान अफ द म्याच हुनुभयो , उहाँले नगद १० हजार पाउनुभयो । विहिवारको दोस्रो खेल रुपन्देहि ११ र शसस्त्र प्रहरी फुटवल टिम काठमाण्डौँविच हुनेछ । काँकडभिट्टा फुटवल टेनिङ्ग सेन्टरको आयोजनामा भएको गोल्डकपमा प्रथम तथा दोस्रो हुने टिमले नगद ८ लाख र ४ लाख रुपैँया पाउनेछन । गोल्डकपमा भारतको १ टिम सहित १० टिमको सहभागिता रहेको छ ।