Kanakai Online

चुनावपछि बामपन्थीको सरकार बन्छ , ओली बाम गठबन्धनलाई एकिकरण गर्न अब कसैले रोक्न नसक्ने


आइतवार, मंसिर ३, २०७४ |

लीलाराज झापाली
विर्तामोड , मंसिर ३ गते ÷ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकिकरण भयो—भयो अब कसैले रोक्न नसक्ने बताउँनुभएको छ ।
आइतबार काँकरभिट्टामा बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले त्यस्तो कुरा बताउनुभएको हो । एमाले र माओवादी केन्द्र गठबन्धन गरि आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा तालमेलमा उत्रिएको छ । चुनावी तालमेलको यो बाम गठबन्धनलाई एकिकरण गर्न अब कसैले रोक्न सक्दैन ओलीले दावी गर्नुभयो । जनताको जीवनस्तर उठाउन कम्युनिष्ट सरकारले मात्र पुरा गर्ने बताउदै अध्यक्ष ओलीले जनताको अब दुःखका दिनहरु अन्त्य भएको बताउनुभयो ।
उनले भने—‘चुनावपछि बामपन्थीको सरकार बन्छ—बन्छ, बन्यो अब ।’ ‘कम्युनिष्टको सरकार बन्ने भएपछि काँग्रेस आत्तिएको बताउदै ओलीले कम्युनिष्ट सरकार आए बुढापाकाहरुलाई गोली हानेर मार्छ भन्ने भ्रम काँग्रेसलाई नगर्न चेतावनी दिनुभयो । काँग्रेसलाई राम्रो काम गर्न सिक भन्दै ओलीले मनमोहन अधिकारीको पालाको बृद्धभत्ता अहिले २ हजार रुपैयाँ पुग्यो । अझै कम्युनिष्टको सरकार आएपछि ५ हजार रुपैयाँ पुर्याउछौ ओलीले भन्नुभयो । ओलीले भावुक हुर्दै—‘११ वर्षदेखि अर्काको मिग्रौला बोकेर हिडेको छु, मेरोपनि कतिखेर हो ठेगान छैन् । र, पनि जिन्दगी चलिरहेको छ । फाउको जिन्दगी हो भ्रष्टचार गर्न छैन् ।’
देश बनाउनका निम्ती बाम गठबन्धन गरिएको बताउदै शिर्ष नेता ओलीले कम्युनिष्ट सरकारले देशका जनताको सुरक्षा, गाँस, बास र कपासको ग्यारेन्टी लिने बताए । यो देशका जनतालाई खान—लगाउन अब चिन्ता लिनु नपर्ने ओलीको दावी छ ।
उनले राजनीतिकमा भविश्य भएकोले साना दलहरुलाई पनि बाम गठबन्धनमा एकता भएर अघि बड्न आग्रह गरे । झापालाई विकासको स्वारुप नै बदल्ने ओलीले योजना सुनाए । कृषिलाई आधुनिकरण, हात्तीको सुरक्षा, हरेक क्षेत्रमा सिञ्चाई, ५ खर्ब वजेटमा काँकरभिट्टादेखि कोशीसम्म ६ ल्याण्डको सडक, पुर्वपश्चिम विद्युतिय रेलमार्ग, चन्द्रगढी विमान स्थलको विस्तार तथा रात्रीकालीन हवाइजहाजको सेवा सञ्चालन गरिने छ । त्यस्तै बाहुनडाँगीदेखि चुरेहँुदै धरानसम्म सडक निमार्ण, मेची करिडोर, पर्यटकिय स्थललगायतको योजना निमार्ण गरिने ओलीले वताउँनुभयो ।
क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राम कार्कीले राजासँग घाटी जोडिएको काँग्रेस र जनतासँग घाटी जोडिएको कम्युनिष्ट कसलाई रोज्ने ? उनले कम्युनिष्ट गरिव जनताको पार्टी हो, पँुजी पति वर्गको पार्टी काँग्रेस भएको दावी गरे । ‘क्षेत्र नम्बर १ लाई ५ वर्षभित्र नचिन्ने बनाई दिन्छौ, कार्कीले भने—‘ विकासका थुप्रै काम यहाँ हुनेछ ।’ उनले काँग्रेसले जस्तो चुनावमा रक्सी बाड्न सक्दैनौँ । तर, कम्युनिष्टको सरकार आए ५ वर्ष भित्र प्रत्यकको घरमा एक बोतल दुधको व्यबस्था चाँहि हामीले गर्न सक्ने बताउनुभयो । बुढापाकालाई बृद्धभत्ता, किसानलाई पेन्सनको ग्यारेन्टी भने हामीले दिलाउन सक्ने पुर्व संचारमन्त्री समेत रहनुभएका कार्कीले बताउनुभयो ।
अर्का नेता एवम् झापा—३ का गठबन्धनका उम्मेद्वार राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले गठबन्धनलाई सबै मिलेर जिताउन आग्रह गर्दै आफ्ना कार्यकता तथा नेतालाई भोट दिन आग्रह गर्नुभयो । कार्यक्रममा एमाले नेतृ गायिका कमल वलीले देशभरिका बाम गठबन्धनका उम्मेद्वारलाई भोट दिएर जिताउन अनुरोध गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा एवम् पालिटव्युरो सदस्य प्रकाश दाहालको आइतबार विहान भएको आकस्मीक निधनले एमाले पार्टीले दिउसो २ देखि ३ बजेसम्म शोक सभा गर्ने भएकोले चुनावी कार्यक्रम स्थगीत गरेको जनाएको छ ।
शनिबारदेखि झापामा रहेका ओली र प्रचण्ड । आकस्मीक छोराको निधनको खबरले प्रचण्ड आइताबार विहान काठमाडौँ गएका थिए । उनलाई ओलीले बिर्तामोडबाट हेलिकप्टरमा विदाई गरेका थिए । सोहि घटनाले प्रचण्ड काँकरभिट्टाको कार्यक्रममा उपस्थित हुन सक्नुभएन ् ।