बिर्तामोड मंसिर ३ गते । छोरा प्रकाश दहालको निधन भएपछि झापामा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हेलीकप्टर मार्फत काठमाण्डौ फर्किनुभएको छ ।
प्रचण्ड बिहान पौने ९ बजे सिम्रिक एयरको हेलीकप्टर मार्फत काठमाण्डौ फर्किनुभएको हो । प्रकासको निधन भएको खबर सुनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दमकबाट बिर्तामोडसम्म आएर प्रचण्डसँग भेट गर्नुभएको थियो ।
छोराको निधनको खबर सुनेपछि प्रचण्डलाई उच्च रक्तचापको समस्या समेत देखिएको थियो । उहालाई विएण्डसी अस्पिटल विर्तामोडमा प्राथमिक उपचार गरेर काठमाण्डौ पठाइएको उपचारमा संलग्न चिकित्सक उमेशकुमार शर्माले जानकारी दिनुभयो । प्रचण्ड विर्तामोडको विएण्डसी हस्पिटलको हेलिप्याड प्रयोगगरि काठमाण्डौँ लाग्नुभएको हो ।
प्रचण्ड र ओलीले आइतबार झापाको १ नम्बर क्षेत्रमा आयोजित जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । त्यो कार्यक्रममा अब ओलीले मात्र सम्बोधन गर्ने माओवादी केन्द्र झापाका संयोजक मणिकुमार राई विजयले वताउँनुभयो ।
तस्वीर ः विर्तामोडको विएण्डसी हस्पिटलको हेलिप्याडबाट काठमाण्डौ हेलिकप्टरवाट फर्कदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड