कनकाई अनलाईन
बिर्तामोड १ मंशीर । झापाका पाँच वटै क्षेत्रमा वाम गठवन्धनका उम्मेद्वारले चुनावी अभियान सञ्चालन गर्दै आएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारले आ–आफ्ना क्षेत्रमा मतदाताका घरआँगनमा गएर भोट माग्ने अभियान विहिवार पनि सञ्चालन गरेका छन् ।
झापा क्षेत्र नं. २ प्रदेशसभा १ का उम्मेद्वार एकराज कार्कीसहितको टोलीले शुक्रबार बिर्तामोड नगरपालिकाको ३ नं. वडामा चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ । राष्ट्रवादी, वाम गठबन्धनका नेता तथा कार्यकर्तासहितको टोलीले सो क्षेत्रका जनताका घरदैलोमा गएर मत मागेका थिए । बिर्तामोड क्षेत्रमा बृद्धबृद्धालगायतले कार्कीको जीत सुनिश्चित भएको भन्दै आशिरर्वाद समेत दिएका थिए । उनीहरुले कार्कीको नाम पहिल्यै सुनेको तर, भर्खर मात्र उनलाई जिताउने अवसर मिलेको भन्दै खुसी व्यक्त गरेका थिए । सो टोलीले ३ नं. वडाका किसान, मजदुर, उद्योगी, व्यापारी लगायतका घरमै पुगेर समृद्ध नेपाल निर्माणका लागि एक पटक कम्युनिष्ट सरकार निर्माण गर्न पनि यस पटक सूर्यमा मतदान गर्न सो क्षेत्रका जनतालाई आग्रह गरेका छन् ।
उम्मुद्वारले झापाको क्षेत्र नं. २ को २ स्थित अर्जुनधारा वडा नं. ६ को विहानीटोल, बालकल्याण स्कुल आसपास, पुलचोक आसपास, मातामन्दीर आसपास र शिखरटोल लगायतका स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।
घरदैलो अभियानमा प्रतिनिधिसभाकी उम्मेद्वार पवित्रा निरौला खरेल, प्रदेशसभाका उम्मेद्वार विर्ख प्रधान, प्रतिनिधिसभाकी समानुपातिक उम्मेद्वार धर्मशिला चापागाई, प्रदेश समानुपातिक उम्मेद्वार खड्ग कन्दङ्वा, अर्जुनधारा नगरपालिकाकी उपमेयर कमला खतिवडा, वडा नं. ६ का वडाअध्यक्ष लोकनाथ गौतम लगायत स्थानीय नेता तथा कार्यकर्ता समेत अभियानमा सहभागी रहेका थिए ।
त्यसैगरी झापा क्षेत्र नं. ३ को बाह्दशी गाउपालिकामा रहेका मुस्लिम समुदायसँग घरदैलो र कोणसभा कार्यक्रम सम्पन्न भएको छ । सो सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेद्वा्र राजेनद्र लिङ्देन र प्रदेशसभाका पूर्णसिंह राजबंशी लगायतको टोलीले मुस्लिम समुदायको हित र उत्थानको निमित्त आफुहरु जहिले पनि लागि परिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
मुस्लिम समुदायका मोहमद इशाख मियाले पटक–पटक नेपाली काँग्रेसका उम्मेद्वारलाई भोट हालेर जिताएको तर, जिते गएपछि विकासको कुरा त परै छोडौ फर्केर समेत नआएको गुनासो ब्यक्त गरे । त्यसैगरी शुक्रबार नै हल्दीबारी र बाह्दशीका सामुदायिक बिद्यालयका शिक्षकहरुसँग अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित शिक्षकले आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।