लीलाराज झापाली
झिलझिले , मंसिर १ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शुक्रवारको अन्तिम पहिलो चरणको खेलमा मोरङ्ग ११ लाई ३—१ गोल अन्तरले हराउदै अग्नि रुपन्देहि ११ विजयी बनेको छ ।
रुपन्देहीले पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको नतिजालाई उल्टाउदै यो जित निकालेको हो । रुपन्देहीका तर्फबाट दोस्रो हाफमै ३ गोल सम्भव भएको थियो । प्राियोगितामा गोलको अग्रता भने मोरङ्ग ११ ले खेलको १५ औ मिनेटमा सुनिल खड्काले गर्नुभयो । खड्काले मनिस थापाको क्रसपासको सदुपयोग गर्दै गोल गर्नुभएको थियो । त्यसपछि दोस्रो हाफपछिको खेललाई आफ्नो पक्षमा पार्दै रुपन्देहीले जित निकालेको हो । रुपन्देहिका लागि खेलको ४८ मिनेटमा विदेशी खेलाडी अव्वाले गोल गर्दै खेल वरावरीमा पुर्याउनुभयो , उहाँले अम्वर दंगोलको क्रस पासलाई सदुपयोग गर्दै गोल गर्नुभयो । खेलको ७३ औ मिनेटमा अव्वाकै पासलाई सदुपयोग गर्दै रुपन्देहीका अम्वर दंगोलले हेडद्धारा पुन गोल गर्दै खेललाई रोमान्चक बनाउनुभयो ।
खेलको अन्तिम समयमा मोरङ्गका सवै खेलाडी अगाडि वढेको अवस्थाको फाइदा उठाउदै इन्जुरी समयमा रुपन्देहिका विजय धिमालले निक्कै परवाट गरेको प्रहार मोरङ्गका गोल किपर सुर्य अधिकारीले सहि अनुमान लगाउन नसक्दा खेल ३—१ म पुगेको हो । खेल अवधिभर मोरङ्गले आक्रमक रणनितिमा खेल खेल्दा पनि थप गोल गर्दा नसक्दा पराजित हुनपुगेको हो । खेलको म्यान अफ द म्याच रुपन्देहिका लागि १ गोल गर्ने र थप १ गोलका लागि पास निकालीदिने विदेशी खेलाडी अव्वा हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो ।
आजको खेलपछि प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएको छ । श्निवारदेखि दोस्रो चरणको क्याटरफाइनलका खेलहरु सुरु हुनेछन । शनिवारको पहिलो क्यावटफाइनल खेल विभागिय टिमहरु नेपाल आर्मी र शसस्त्र प्रहरी वल एपिएफविच हुनेछ । आर्मी यस प्रतियोगितामा वाइमा परेर सोझै क्याटरफाइनलको खेल खेल्दै छ । सताक्षीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपाल तथा भारतको १ टिम गरी १० टिमकोृ सहभागिता रहेको छ ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः पहेलो जर्सीमा रुपन्देहि ११ का खेलाडी ÷लीलाराज झापाली लीलाराज झापाली
झिलझिले , मंसिर १ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा शुक्रवारको अन्तिम पहिलो चरणको खेलमा मोरङ्ग ११ लाई ३—१ गोल अन्तरले हराउदै अग्नि रुपन्देहि ११ विजयी बनेको छ ।
रुपन्देहीले पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको नतिजालाई उल्टाउदै यो जित निकालेको हो । रुपन्देहीका तर्फबाट दोस्रो हाफमै ३ गोल सम्भव भएको थियो । प्राियोगितामा गोलको अग्रता भने मोरङ्ग ११ ले खेलको १५ औ मिनेटमा सुनिल खड्काले गर्नुभयो । खड्काले मनिस थापाको क्रसपासको सदुपयोग गर्दै गोल गर्नुभएको थियो । त्यसपछि दोस्रो हाफपछिको खेललाई आफ्नो पक्षमा पार्दै रुपन्देहीले जित निकालेको हो । रुपन्देहिका लागि खेलको ४८ मिनेटमा विदेशी खेलाडी अव्वाले गोल गर्दै खेल वरावरीमा पुर्याउनुभयो , उहाँले अम्वर दंगोलको क्रस पासलाई सदुपयोग गर्दै गोल गर्नुभयो ।
खेलको ७३ औ मिनेटमा अव्वाकै पासलाई सदुपयोग गर्दै रुपन्देहीका अम्वर दंगोलले हेडद्धारा पुन गोल गर्दै खेललाई रोमान्चक बनाउनुभयो । खेलको अन्तिम समयमा मोरङ्गका सवै खेलाडी अगाडि वढेको अवस्थाको फाइदा उठाउदै इन्जुरी समयमा रुपन्देहिका विजय धिमालले निक्कै परवाट गरेको प्रहार मोरङ्गका गोल किपर सुर्य अधिकारीले सहि अनुमान लगाउन नसक्दा खेल ३—१ म पुगेको हो । खेल अवधिभर मोरङ्गले आक्रमक रणनितिमा खेल खेल्दा पनि थप गोल गर्दा नसक्दा पराजित हुनपुगेको हो । खेलको म्यान अफ द म्याच रुपन्देहिका लागि १ गोल गर्ने र थप १ गोलका लागि पास निकालीदिने विदेशी खेलाडी अव्वा हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो ।
आजको खेलपछि प्रतियोगिताको पहिलो चरणका खेलहरु सकिएको छ । श्निवारदेखि दोस्रो चरणको क्याटरफाइनलका खेलहरु सुरु हुनेछन । शनिवारको पहिलो क्यावटफाइनल खेल विभागिय टिमहरु नेपाल आर्मी र शसस्त्र प्रहरी वल एपिएफविच हुनेछ । आर्मी यस प्रतियोगितामा वाइमा परेर सोझै क्याटरफाइनलको खेल खेल्दै छ । सताक्षीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपाल तथा भारतको १ टिम गरी १० टिमकोृ सहभागिता रहेको छ ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः पहेलो जर्सीमा रुपन्देहि ११ का खेलाडी ÷लीलाराज झापाली