Kanakai Online

राजनितिलाई कमाईखाने भाडो नबनाउँ , तुलसीराज उप्रेती झापा क्षेत्रनम्बर ४ का उम्मेद्धार


शुक्रवार, मंसिर १, २०७४ |

झापा गाउँपालिका ७ निवासी यी ३२ वषेँ युवा तुलसीराज उप्रेतीको साधरण अवस्थामा हेर्ने हो भने कुनै एनजिओआएनजिओमा जागीरे जीवन नभएपनि कुनै स्कुलकलेजमा टिचिङ्ग र त्यो पनि नभएमा राम्रो युरोपियन कन्ट्रीमा हाइ प्रोफाइलमै जागीरे हुनुपर्ने हो तर उनी अहिले उनको दैनिकी वदलिएको छ । दिनहु केहि कार्यकर्ताहरुसग हरियो झण्डा वोकेर आफु तराजु चिन्हमा मत मागिरहेका छन । समाजसास्त्रमा स्नातकोत्तर पास गरेका यी युवा हाल झापा ४ बाट प्रतिनिधिसभाका प्रत्यासी रहेका छन । उनी हरेक पटक परिवर्तन हाम्रै पालमा देखेरमर्ने हो भन्ने गर्छन । प्रस्तुत छ चुनावी प्रचारकै दौरानमा उनीसग गरिएको कुराकानीको जस्ताको त्यस्तै ।
१) यस्त्रो नेपालकै पठाईँ सकेको मान्छे परिवारले तपाईको पढाईमा यतिको रकम खर्च गरेका छन कहाँ पढाउने काम गर्ने वेलामा हरियो झण्डा बोकेर पार्टीमा लाग्नुभएको ?
तपाईले भनेको कुरा भनेको अहिलेको समाजले वोल्ने जनवोलीको कुरा गर्नुभयो त्यसकुरालाई मध्यनजर गर्ने हो भने ठिक्कै जस्तो लाग्न सक्छ । तर हामी यहि देशमा वसेर यहि देशको धुलोमाटोमा खेलेर पारिवारिक सुखहरुलाई पनि उपभोग गरेर यो देशलाई अगाडि वढाउन चाहन्छौ । अघि तपाईँले भनेका कुरा र प्रवृतिलाई नै सुधारेर अगाडि वढनु आजको आवश्यकता पनि हो । यसका लागि देशको मुल नितिलाई नै सुर्धानु आवश्यक रहेको छ ।
देशको मुलनिति नै राजनिति भएको र यसलाईनै नसुधारेसम्म मुलुकले सहि दिशा नलिने निष्कषकासाथ हामीजस्ता पढेलेखेका युवाहरु विभिन्न पेशा व्यावसायमा आवद्ध युवाहरुको सामुहिक प्रयासबाट हामीले नयाँ पार्टीको स्थापनागरि यस महाअभियानमा होमिनुपरेको हो । र त्यहि पार्टीको एउटा आफुपनि कार्यकर्तारहेको हुदा पार्टीको जिम्मेवारीलाई निर्वाहगर्ने क्रममा पार्टीको जिम्मेवारीलाई पुरा गर्ने क्रममा म विवेकशील साझा पार्टीको तर्फबाट उम्मेद्धार वनेको हु । मेरो चुनाव चिन्ह तराजु रहेको छ । हाम्रो मुल लक्ष्य भनेको हिजोका दलहरु आन्दोलनका लागि स्थापित भए उनीहरुलाई जे परिवेशमा स्थापना गरिएको थियो उनीहरुले त्यो कुरालाई न्यायनै गरे , त्यसलाई हामी अन्याथा लिदैँनौँ ।
तर अहिले भनेको आन्दोलन गर्ने सवालमा उनीअहरु जहिले अघि वढे , वाह्रवुदे सहमतिपछि उनीहरुले ७÷८ महिनामानै उनीहरुले यो देशमा गणतन्त्रको स्थापना गरे । तर त्यसपछिको समय यसलाई संस्थागत गर्ने क्रममा अहिले १०÷१२ वर्ष वितिसक्यो तर उहाँहरु यसकुरालाई संस्थागत गर्ने कुरामा उहाँहरु चुकिरहनुभएको छ । भने समृद्धिको महाअभियानमा उहाँहरुले यो कुरालाई अगाडि वढाउनुहुछ भने कुरामा हामी अव विश्वास गर्न सक्दैँनौ , उहाँहरुले भष्ट्रचार , वेथिति , कुसंस्कार र राजनितिलाई गुण्डागर्दी र आफ्नो सिद्धान्त वेचेर आफ्नो शक्ति आर्जन गर्ने नाममा जसरी हुन्छ उहाँहरु यो देशको शक्ता शक्ति भोग गर्ने नाममा उहाँहरु अगि वढिरहनुभएको यो अवस्थामा हामीले ती सवैकुराहरु राजनिति भनेको इमान्दार मान्छेहरुले गर्नुपर्दछ ।
र सभ्य समाजको जिम्मेवारी त्यस्तै मान्छेहरुले मात्रै पुरा सक्छन भन्ने उद्धेश्यसहित हामीजस्ता विवेकशील नेपालीहरुले मात्रै हस्तक्षेप गर्न सक्छन भन्ने उद्धेश्यका साथ अवको राजनितिलाई अधिकार उन्मुखमात्रै नभएर कतव्र्य उन्मुख जवाफदेयी उन्मुख र सुशासनयुक्त समाज र प्रशासन निर्माण गर्ने क्रममा हामीजस्ता युवाहरु ऋगाडि वढनुपर्ने मुल ध्येयलाई मध्यनजर गर्दै आजहामी यो पार्टीमा एकतावद्ध हुर्दै हामीहरु तपाईहरुसग आइरहेको अवस्था हो ।
२) तपाईँ एउटा विद्यार्थी मान्छे भर्खर वढाई सकाएको फेस अनुहार तपाई विवेवशील पार्टीसग कसरी जोडिनुभयो ? तपाई कांग्रेस एमाले , माओवादीमा पनि तपाई राम्रै स्थान पाउनुहुन्थ्यो होला कसरी एकाएक नयाँ पार्टीमा ?
पक्कैपनि तपाईले सोध्ने प्रश्नकन पछाडि हज्जारौँ नेपालीले सोध्ने प्रश्नससगपनि यो प्रश्न दोहोरिन्छ , तपाइले प्रश्न गरिरहदा मेरो दिमागमा रहेको एउटा ओशोको भनाई दिमागमा आयो भीडले शक्ति त दिन्छ तर त्यहाँ हाम्रो पहिचान र चिनारी भीडले खोस्छ त्यसकारण हामीले हाम्रो पहिचान स्थापित गर्नै होभने , त्यो भीडवाट अलग्गै निस्किएर आफ्नै हिसावले काम गर्नुपर्दछ ।
खैर त्यहाँ शक्ति कमजोर होला तर त्यहाँ इमान्दारितापुर्वक लागियो भने भोली समाज निर्माण गर्ने क्रममा आफु अघि वढ्न सकिन्छ । जुन किसिमले तपाईले विवेशशील साझा पार्टीमा कसरी आवद्ध हुनुभयो भन्ने प्रश्न गर्नुभयो , पक्कैपनि विवेकशील साझा पार्टी गठन भएको त्यत्रो लामो समय पनि भएको छैन । यसको गाउँस्तरमा धेरै कार्यकर्तापनि थिएनन तर विवेकशील साँझा पार्टीले गरिरहेको भष्टाचार विरुद्धको अभियान लुटतन्त्रको विरुद्धको अभियान हामीले गोविन्द केसीले उठाएका स्वास्थ्य सग सम्बन्धित जायज मागहरु , देशले विश्वलेनै गर्वगर्ने महिला प्रधान्यायधीसलाई यी लोकतन्त्र , गणतन्त्रवादीहरुले गरेको अपमान त्यस्ता घटनाहरुको विरुद्धमा हामीले काठमाण्डौँमा पङ्क्तीवद्धभएर विभिन्न आन्दोलनहरुमा एकवद्धभएर लागेका छौ , एउटा इमान्दार व्याक्तिलाई भ्रष्टाचारको महाअभियोग लगाउन उहाँहरुलाई २ घण्टा लाग्दैन तर राज्यले र करोडौँ जनताले भ्रष्टाचार गरेका व्याक्तिलाई वरखास्त गर भनि रहदा त्यसलाई हटाउन उहाँहरुलाई महिनौँ लाग्छ ।
यसकारण सम्र्पुण नेता कर्मचारीको दिमागमा नशाको रुपमा रहेको यो भष्ट्राचाररुपी नशालाई दिलदिमागबाट हटाउने क्रममा यो पाटीको जन्म भएको हो ।
जतिवेलादेखि यो देशमा लोकतन्त्र , गणतन्त्रका नाममा वेइमानी भयो त्यतिवेलादेखि हामी खवरदारी गरिरहेका थियौँ । यस्ता कुरालाई संस्थागत गर्दै हामीले यस युगको पनि प्रतिनिधित्व गर्दै युवाहरुले नेतृत्व गर्नुपर्दछ भनेर हामीले विवेकशील साझा पाटीको स्थापना गरेका हौँ ।
३) काठमाण्डौँमा रन्जु दर्शनाले तहल्का मच्चाउनु भयो , तपाईपनि रन्जुकै हाराहारीको उमेरको मान्छे पढेलेखेको मान्छे तपाईसग पनि त्यस्तो करिष्मा देखाउने योजना के छ ?
तपाईले काठमाण्डौँको कुरा गर्नुभयो , हामी चेतनास्तर र देशलाई नै परिवर्तन गर्ने सवालमा काठमाण्डौँभन्दा झापा धेरै अगाडि रहेको छ । आन्दोलनकै कुरा गर्दा यो देशमा आन्दोलनको श्रृजनानै यो देशमा झापाली माटोबाट भएको हो । त्यसकारण यो समृद्धिको युद्धमा पनि अव काठमाण्डौँले होइन झापाले नेतृत्व गर्नुपर्दछ । र त्यो नेतृत्वदिन हामीहरु तयार छौ । अव झापालीहरु ीहजोका जसरी अव आजको यो समृद्धिको आन्दोलनलाई पनि अगाडि वढाएर यो देशको समृद्धिको नेतृत् वगर्ने सवालमा पुग्छौ भन्ने अभियानका साथ लागेका छौ , यसपाली झापाली जनताले हामीलाई अत्यान्तै मनपराइदिनुभएको छ । सामाजिक संजालहरुमा आम संचारको माध्यमहरुमा देश विदेशमा भएका युवाहरुका माध्यमबाट अत्यान्तै ठुलो नैतिक र आर्थिक सहयोग पाइरहेको वेला अव पक्कैपनि आउदो २१ ग्तेको चुनावमा दिन व्यालेट वक्समा यस कुरालाई प्रमाणित गरिदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौ ।
४) राजनिति वाच्चुन्जेल गर्छन मान्छेहरुले , रिटार्यड हुने नचाहने जुन प्रथा जो छ नेपालमा तपाई युवा अवस्थामा आउनुभएको छ , के त तपाईको पार्टीको र तपाईको विचार ?
राजनितिमा उमेरको कुरा गर्दा अमेरिकामा ५५ वर्षे बाराक ओबामा राष्ट्रपति भएर रिटायर्ड हुदा ७० वर्षे डोनाल्ड ट्रम्प राजनितिमा कम व्याग गर्दै हुनुहुन्छ । यसमा राजनितिमा उमेर भन्दापनि इच्छाशक्ति प्रमुख कुरा हो । मलाई जहाँसम्म लाग्छ युवालेमात्रै राजनितिमा वालवच्चा , युवा र वृद्धअवस्थाका मानिसलाई समायोजन गर्न सक्छन र खासमा नेतृत्वका हिसावले युवाले नेतृत्व लिदामात्रै वच्चा र वृद्धविचको ग्यापलाई समायोजन गर्न सक्छन आजको वास्तविक जिवनपद्धतीलाई वुझ्न सक्छन । जवसम्म हामी समृद्धिका पक्षमा जनताको पक्षमा लडिरहन सक्छौ तवसम्म हामी राजनिति गरिरहन सक्छौँ ।
त्यसो भनिरहदा पुख्यौली हिसावले वंशजको हिसावले राजनिति गरेर लाभ लिने पक्षमा हामी छैनौँ । हाम्रो मुल मर्मनै छ हामी बरु नष्ट्र हुन्छौ तर भ्रष्ट्र हुदैँनौँ । यो कुरालाई हामी सम्पुर्ण जनतालाई प्रतिवद्धता जनाउन चाहन्छौँ । खराव वच्चा र सन्तती जन्मेको भए त्यसलाई हामी गाली गर्न सक्छौ खराव आचरणका कुरा गर्न सक्छौ तर जुन वच्चाचाहि गर्भमै हुर्किरहेको छ त्यसलाई गाली गर्नुभन्दापनि विश्वास गरौँ, आमाले जन्मन लागेको वच्चालाई शंक ागर्न थाल्ने हो भने पक्कैपनि त्यसले राम्रो रिजलट दिदैँन ।
हाम्रो विवेकशील साझा पार्टी अहिले वच्चाको रुपमा गर्भमा रहेको छ पक्कैपनि यस गर्भमा रहेको यस पार्टीले भोली यो देशमा समृद्धिको बाटोमा मुलुकलाई लिएर जानेनै छ ।
५) यो विवेकशील पार्टी चाहि एउटा पार्टी होइन क्लव हो भनेर चर्चा गरिने गरिन्छ तपाईले सुन्दैपनि आएको हुनुपर्दछ , एनजिओ आएनजिओकै रुपमा पनि प्रचारमा ल्याउदो रहेछ यस पार्टीलाई तपाई के भन्नुहुन्छ ?
पक्कैपनि यो सतीले सरापेको मुलुक पनि भन्ने गरिन्छ पुराना उखान हरुमा त्यसोपनि भनी नहाल्यौँ , तर कोहिपनि राम्रो विचार पद्धती लिएर जनतामा गयो भने राम्रो काम गर्नेहरुलाई हत्योसायीत गर्ने चलननै रहेको छ ।
होला हाम्रा अग्रजहरु ीवदेशमा कार्यरत हुनुहुन्थ्यो होला , पढन जानुभएको होला कुनै विषयमा विज्ञता हासिल गर्नुपनि भएको होला , तर हामी एनजिओ आएनजिओ होइनौ जसले हामीलाई एनजिओ आएनजिओ भनिरहेका छन उनीहरु वस्तवमा एनजिओ आएनजिओबाट संचालित छन । हामी कुनै एनजिओ आएनजिओवाट नभइ देशका विवेकशील नेपालीहरुद्धारा संचालित पार्टीका मेम्बर हौ ।
६) यस पार्टी शहरमुखी भयो भन्ने आरोप पनि छ , यसलाई कसरी चिर्नु भन्छ ।
यस वारेमा चाहि देशमा जतिपनि अधिाकार प्राप्तीका आन्दोलनहरु छन ती सवै गाउँबाटै सुरु भएका छन । हिजो झापाली माटो पनि जतिवेला अधिकार प्राप्तीको आन्दोलन थियो त्यतिवेला पनि गाउँनै थियो ।
रोल्पाले पनि जतिवेला आन्दोलनको नेतृत्व गरिरहेको थियो त्यो ठाउँपनि गाउँनै थियो र आजपनि छ । देशका हरेका आन्दोलनमा गाउँको र तल्लो स्तरका जनताको साथ सहयोग अनिवार्यनै रहेको छ , र गर्दै आउनुभएको छ । यसपटकको पनि समृद्धिको आन्दोलन अव हामी गाउँगाउँबाट सुरु गर्न चाहन्छौ । हामी गाउँमा छैनौ भन्ने कुराको प्रमाणित हामी यसपटकको चुनावबाट दिन चाहन्छौँ । विवेकशील साझा पार्टीको वास्तविक धरातर गाउँनै हो । हिजो हामीले काठमाण्डौँबाट जनताको मन जित्यौ होला त्याृे भिन्नै पाटो हो तर विवेकशील साझा पाटीको वास्तविक धरातल गाउँनै हो । यसपटक हामी गाउँले जनताको मत जितेर नेपालीहरुको मन जितेर अगाडि वढने छौ ।
७) तपाई क्षेत्र नम्बर ४ मा उम्मेद्धार हुनुहुन्छ यो चुनाव जित्नुभयो भने कस्ता विकास निर्माण गर्नुहुन्छ र हार्नु भयो भने के गर्नुहुन्छ ?
सर्वप्रथमत हामी हार्न भनेर आएकै होइनौँ , इमान्दार राजनिति गर्नेहरुले कहिले हार्दै हार्दैनन , जव इमान्दारले हार्नु र वेइमानीले जित्नुभन्नेकुरा त्यो हाम्रो कल्पना भन्दा वाहिरको कुरा हो । तपाईले ठ्याक्कै यो क्षेत्रको कुरा गर्दा अरुले बाटो बनाउँछौ , खानेपानी वितरण गछौँ , शिक्षा स्वास्थ्यको प्रवन्ध गछौँ , हामी खाल्डो पुछौँ , तठबन्धगछौँ भनेर उहाँहरुले भनिरहनुभएको छ , तर हामी के भन्छौ भने आजको विकास कस्तो हुनुपर्दछ , आजको युवा अवको यो ठाउँको विकास कस्तो हुनुपर्दछ भन्ने हिसावले आन्दोलनलाई हामी अगाडि वढाउन चाहन्छौँ । के गर्ने भन्दापनि अवको युग सुवाउदो अवको ५० वर्षसम्म पछाडिको भिजनलाई सम्झेर अवका हाम्रा पुर्वाधारहरु कस्तो हुनुपर्दछ , अवका हाम्रा स्वास्थ्य शिक्षाका मोडलहरु कस्तो हुनुपर्दछ त्यी सवैकुरालाई एकमुष्ठ सम्बोधन गरेर अवको विकासको मोडल कस्तोहुनुपर्दछ भन्ने कुरालाई हामीले आत्मसाथ गरेर अवको हाम्रो विकास मोडललाई अवलम्बन गराउँछौँ । हामी अंशको रुपमा हामी यो वाटो बनाउँछौँ , यो पार्टी पौवा बनाउँछौ , भन्नुभन्दापनि युग सुवाउदो विकास हुनुपर्यो र त्यसको नेतृत्व विवेकशील साझा पार्टीले गर्दछ ।
८) पार्टीहरुको आआफ्ना विचार , सिद्धान्तहरु हुन्छन , विषेश गरेर कम्युनिष्ट्रहरु वर्गिय कुरागर्दछन , कांग्रेसहरु पुजीपतिका तपाईहरुको सैद्धान्तिक दृष्ट्रिकोण के हो ?
झट्ट रुपमा हेर्नुभयो भने हामी सैद्धान्तिक धरातलका हिसावले हेर्नुभयो भने हामी हामी लोकतान्त्रिक पद्धतिमा विश्वास गछौँ हाम्रा विधान नै हेर्नुभयो पनि हामी जनताबाट निर्वाचित वा हाम्रा तल्लो लेवलका कार्यकर्ताबाट चुनिएका प्रतिनिधिहरु हम्रा नेता हुन्छन । हामी क्यारेडर वेस हैन मासवेशनै हाम्रो राजनिति हुन्छ ।
त्यस आधारमा हेर्दा हाम्रा सिद्धानतत नेपाली कांग्रेससग मिल्नगएजस्तो देखिन्छ तर हामी मुख्यरुपमा जनजिविकासग सम्बन्धित कुराहरु शिक्षा , स्वास्थ्य , रोजगारी ,सार्वजनिक यातायात जस्ता अत्यावश्यकीय कुराहरुको जिम्मा नागरिकको राज्यले लिनुपर्दछ भन्ने माग हामीले उठाएका छौ यहि कुरानै हाम्रो मुख्य एजेन्डाहरु हुन । डाक्टर गोविन्द केसीका मागहरुलाई हामीले सम्बोधनका लागि हामीले एकवद्धता गनुको पछाडि पनि यहि कारण रहेको छ ।
हामी जनताले दिएको म्यानेट अनुसार जनताद्धारा प्रतिपादित विकास निर्माण लगायतका कुरा तथा कार्यविधिहरु ब्निर्दै छन । राजनितिलाई गरिखाने भाडो बनाउने जनताका निम्नत्तम मागहरुलाई वास्ता नगर्ने पुराना पार्टीहरुकाका यी र यस्तैकुराभन्दा हामी फरक छौँ ।
९) चुनाव प्रचार कसरी गरीरहनुभएको छ ?
निश्चयपनि अरु पार्टीहरु करोडौँ रुपैँया खर्चिएर , डिजे लगाएर टडकभडकको राजनिति गरिरहेका छन हामी यो सवैकुरा गर्न आवश्यक पनि ठान्दैनौँ । हामी विचारको राजनिति गछौँ । हामी त्यस्ता कुरामा विश्वास गदैँनौ हामी आफ्ना हिसावले सोसेल मिडियाहरुवाट गाउँघरमा तराजु चुनाव चिन्हमा भोट मागिरहेका छौ , र मागिरहने छौँ । इमान्दार हिसावले मितव्यायी हिसावले हामीले चुनाव प्रचार गरिरहेका छौँ ।
प्रस्तुती / लीलाराज झापाली/कनकाई अनलाईन