विमल लामिछाने
दमक. दुई बाम र राप्रपा सहितको तीन दलीय गठबन्धनले यहि मंशिर २ गते दमकमा शिर्ष नेताहरुले गर्ने संवोधननमा एकलाख मतदाता उतार्ने दावि गरेका छन् । बिहिबार दमकमा संयुक्त पत्रकार सम्मेलन गरि नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा राप्रपाका नेताहरुले शिर्ष नेताहरुको संवोधन पछि झापामा चुनावी माहोल झनै तात्ने पनि बताए ।
२ गते दमक चोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ्ले संवोधन गर्ने क्षेत्र नं. ५ को संयुक्त चुनाव परिचालन समितिका संयोजक होमबहादुर थापाले बताए । बाम गठबन्धनसँग झापामा गरिएको तालमेलाई समेत सफलतापूर्वक कार्यान्वयन गराउन सवै दल प्रतिवद्ध भएर लागेको समितिमा रहेका माओवादी केन्द्रका प्रतिनिधी सहसंयोजक गगन पुरीले बताए ।
राष्ट्रिय राजनीतिमा स्थिरता कायम गराउन र हाल क्षेत्र नं. ५ मा जारी बृहत विकास निर्माणका योजनाहरु पूरा गराउन गठबन्धनको जीत जरुरी रहेको राप्रपाका तर्फबाट निर्वाचन परिचालन समितिका रहेका सहसंयोजक बिजय बजारलले बताए