बिर्तामोड डेक्स समाचार
बिर्तामोड ३० कार्तिक । झापा क्षेत्र नम्वर २ मा प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनका लागि संयक्त बाम उमेद्वारहरु गाउँ केन्द्रीत भएका छन् । विहिवार क्षेत्र नम्बर २ को १ मा प्रदेशसभाका उम्मेद्वार एकराज कार्कीले जनताको घरमै गएर मत मागेका छन् । उनले आफु भ्रष्ट्राचार बिरोधी र विकासप्रेमी भएको भन्दै एकपटकलाई निर्वाचित गरी सेवा गर्ने अवसर दिन आग्रह गरेका थिए । पञ्चायत कालदेखि नै जनताकै सेवामा समर्पित भएर आएकोले यस ठाउँको उन्नती कसरी गर्नुपर्छ भन्ने भिजन आफुसँग भएकोले सूर्यमा मतदान गरी विजयी गराइदिन अपिल गरेका छन् । बिर्तामोड नगरपालिकाको वडा नं. ४ र ६ का जनतासँग विहिीबार बिहानैदेखि घरदैलो कार्यक्रम गरेका थिए । सो कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता तथा राप्रपाका नेताहरुको समेत सहभागिता रहेको थियो ।
झापा क्षेत्र नं. २ को २ अर्जुनधारा–२ को मिलन चोक, शान्ति सामुदायिक बन र अर्जुनधारा–३ खुदुनाबारी बजार, बसढीसुखानी लगायतको क्षेत्रमा घरदैलो र कोणसभा सम्पन्न भएको छ । मतदाता घरमा नभेटिएपछि उम्मेद्वारहरुले उनीहरुलाई काम गरिरहेको स्थानमा गएर भेटेका थिए । घरदैलो अभियानमा झापा निर्वाचन क्षेत्र–२ का प्रतिनिधि सभा उम्मेदवार पवित्रा निरौला खरेल,प्रदेश सभा–२ का उम्मेदवार बिर्ख प्रधान,माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार रोशन कन्दङवा, समानुपातिक उम्मेद्वार कमला थापामगर र स्थानीय नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।