लीलाराज झापाली
झिलझिले , कार्तिक ३० गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा विहिवारको खेलमा राष्ट्रिय खेलाडी विमल घर्तीमगर चम्केपछि आयोजक सतासीधाम स्पोटिङ्ग क्लव झिलझिलेले काठमाण्डौको चर्च ब्याईज स्पोटिङ्ग क्लवलाई ३— ० गोल अन्तरले पराजित गरेको छ ।
आयोजकका तर्फबाट ३ वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
विहिवारको खेलमा सुरुवातदेखिनै आक्रमक खेल प्रस्तुत गदै आउनुभएका विमलले दोस्रो हाफको ८ औ र ३१ औ मिनेटमा गोल गर्नुभयो भने अर्को गोल खेलको २३ औ मिनेटमा सुनिल वलले गर्नुभयो । विमलले पहिलो गोल ८औँ मिनेटमा तीर्थ वस्नेतको पासमा गर्नुभयो पोल नजिक्कैवाट गरिएको कडा प्रहार चर्च व्याईजका गोल किपर वावु मगरले कुनै अनुमान लगाउन सक्नुभएन । १—० गोलले पछि परेको चर्च व्याईज टिमले थोरै लय गुमाउदा थप २ गोल खान पुगेको थियो ।
दोस्रो गोल खेलको २३ औ मिनेटमा चर्च व्याईजका खेलाडीले आयोजक खेलाडीलाई फाउल गरेपछि पाएको फ्रि किकको सदुपयोग गदै सुनिल वलले सोझैँ गरेको प्रहार गोलमा परिणत भएको थियो । वलको प्रहारले सोझै गोलपोस्टभित्र छिरेको थियो । तेस्रो गोल भने विमलको निक्कै आकर्षक तरिकाले गर्नुभयो उहाँले चर्च व्वाईजका ३ खेलाडीलाई कटाएर एक्लै गोल गर्नुभयो । विमल विहिबारको खेलको म्यान अफ द म्याच समेत हुनुभयो ।
खेलमा आयोजकका थप आधा दर्जन प्रहारहरु खेर जादा गोल अन्तर कम भएको थियो । प्रतियोगितमा चर्च व्वाईजका गोलकिपर वावु मगर पुरै व्यास्त हुनुभएको थियो ।
राष्ट्रिय खेलाडी अनन्त तामाङ्गको होम ग्राउण्डमा भएको खेल भएकाले समेत तामाङ्गकै नेतृत्वमा आयोजकले राष्ट्रिय खेलाडी समेतलाई समेटेर टिम तयार गरेकाले समेत आयोजकले सुधारिएको खेल पस्किदा केहि दिन पहिला मात्रै स्थानीय दुधे गोल्डकपको उपाधि विजेत ाबनेको पाहुना टिम चर्च व्याईज सताक्षी गोल्डकपको पहिलो खेलबाटै विदा हुनुपरेको छ । विहिवारको खेलमा चर्च व्याईजले समेत गोलका केहि अवशरहरु खेर फालेको थियो ।
खेलको ७ औ मिनेटमा चर्च व्याईजका जङ्वु सेर्पाको कडा प्रहार पोलबाट केहिमाथिबाट वाहिरिएको थियो । शुक्रवारको चौथो खेल मोरङ्ग ११ र रुपन्देही ११ विच हुने मिडिया संयोजक योगेन लावतीले बताउँनुभयो ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः रातो जर्सीमा चर्च व्वाईजका खेलाडी २ गोल गरेपछि खुसी मनाउदै आयोजकका खेलाडी ÷ लीलाराज झापाली