लीलाराज झापाली
झिलझिले , कार्तिक २९ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा पाहुना टोली भारतको डायमण्ड फुटवल एकाडेमी मध्य प्रदेश भारत नेपालको विभागिय टिम एपिएफ टिम काठमाण्डौँ ४— ० को फराकिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
बुधवार भएको दोस्रो दिनको खेलमा एपिएफका खेलाडीहरुसग प्रतियोगिताको एकमात्र पाहुना टिम भारतको डायमण्ड फुटवल एकाडेमी पहिलो खेलबाटै विदा भएको छ । खेलमा खेलको ३१ मिनेटमा कर्नरको सदुपयोग गर्दै एपिएफका रुपबहादुर लामाले हेडद्धारा गोलगर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।
पहिलो हाफ १—० गोलले पछि परेको भारतीय टिम दोस्रो हाफमा सम्मालिन नसक्दा दोस्रो हाफमा थप ३ गोल खान पुगेको थियो । दोस्रो हाफको २३ औ मिनेटमा एपिएफका श्याम नेपालीले निक्कै परवाट गरेको कडा प्रहारले सोझैँ गोलपोस्टभित्र छिरेको थियो । खेलको ३१ औ मिनेटमा एपिएफकै रन्जन विष्टले ३ खेलाडीलाई छलाएर गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । डायमण्ड एकाडेमीका गोलकिपर अविजित राय घाईते बनेर उपचारका लागि एम्बुलेन्समा उपचारमा लगिएपछि ३ जना खेलाडी समेत परिवर्तन गरेको भारतीय टिम १० खेलाडीमात्रै खेलाएको थियो ।
खेलाडीलाईनै गोलकिपरका रुपमा खेलाएको मौकाको फाइदा उठाउदै इन्जुरी समयमा एपिएफका नविन लामाले थप १ गोल गदै खेलको गोल अन्तर ४—० पुर्याउनुभएको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका रुपबहादुर लामा हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो । बिहिवारको खेल आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव र चर्च व्याइज काठमाण्डौविच हुने प्रचार प्रचार समिति संयोजक योगेन लावतीले बताउँनुभयो ।
खेलमा एपिएफका आधा दर्जन प्रहारहरु खेर गएको थियो । सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः हरियो जर्सीमा भारतीय टिमका खेलाडी