Kanakai Online

झापासग पोखरा ११ स्तव्ध


मङ्गलवार, कार्तिक २८, २०७४ |

लीलाराज झापाली
विर्तामोड , कार्तिक २८ गते । झापाको शिवसताक्षी झिलझिलेमा दोस्रो सताक्षी गोल्डकप सुरु भएको छ ।
मंगलवार भएको उदघाटन खेलमा घरेलु टिम रमपम झापा ११ ले अर्को राजधानी वाहिरको टिम पोखरा ११ ५ —० गोल अन्तरले पराजित भएको छ ।
घरेलु टिम झापा ११ ले लगभग एकपक्षिय बनाएको खेलमा झापाका स्टाइगर कर्ण लिम्बुले २ गोल गर्नुभयो । वाकी गोलहरु विशाल राई , विदेशी खेलाडी मार्टिन अजय र खमिरगिल्सन कन्दङ्वाले गर्नु भयो । पोखराका खेलाडीले पाएको एकमात्र पेलान्टी सुटमा पनि गोल गर्न नसक्दा पोखरा निल काट्न समेत नसकि घर फर्किएको छ ।
झापाका लागि गोलको वर्षा गर्न सुरु भने खेलको १२ मिनेटमा विदेशी खेलाडी मार्टिनले गर्नुभएको थियो । खेलको १७ औ मिनेटमा योगेश गुरुङ्गको पासमा कर्ण लिम्बुले गर्नुभएको थियो । तेस्रो गोल विशाल राईले गर्नुभयो । चौथो गोल खमिर गिल्सनले दोस्रो हाफको १२ मिनेट र पाचौ गोल कर्णले २२ मिनेटमा गर्नुभयो । स्थानीय सताक्षीधान स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार पाउनेछन ।
मंगलवारको म्यान अफ द म्याच विजयी टिमका क्याटेन योगेस गुरुङ्ग बन्नुभयो उहाँले नगद १० हजार पाउनुभयो । बुधवारको खेल पाहुना टिम भारतको डाइमण्ड अफ एकाडेमी मध्यप्रदेश भारत र विभागिय टिम एपिएफ विच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताउँनुभयो ।

सम्बन्धित खबर