Kanakai Online

अझैँहटेन मौरीपालनको भ्रम कृषक भन्छन मौरीले चिलेर फल लागेन


सोमवार, कार्तिक २७, २०७४ |

लीलाराज झापाली 
झिलझिले , कार्तिक २७ गते । नेपालमा मौरीपालनको राम्रो संम्भावना भएरपनि कृषकहरुमा जनचेतनाका कमिका कारण यो व्यावसाय फस्टाउन नसकेको मौरी पालक कृषकहरुले बताएका छन ।
नेपाल मौरी पालक संघ झापाको १२ औँ वार्षिक जिल्ला साधरणसभाको अवशरमा कृषक तथा सरोकारवालाहरुले मौरी पालन र कृषकले लगाएको वालीविचको सम्बन्धका वारेमा अझैँपनि समाजमा विभिन्न भ्रमहरु रहेकाले मौरी पालन र कृषकको वालीको उत्पादन वढ्नेकुराको जानकारी नभएको कृषकहरुले बताउँनुभयो ।
हाल झापाका कृषकहरुसग १५ सय जति मौरीको घार रहेको तथा एक दर्जन भन्दा वढी मौरीपालक कृषक समुह तथा व्याक्तिगतरुपमा समेत धेरै कृषकहरुले मौरी पालन गरिरहेको भएपनि कृषकहरुले तोरी , फापर , सुर्यमुखी फुलहरुमा समेत जुनसुक्कैवेला किरा मार्ने नाममा विषादी छर्किने गरेकाले मौरीलाई चरण अभाव तथा मौरीनै जोगाउन समेत समस्या परेको मौरी पालक संघ झापाकी अध्यक्ष देविकुमारी दाहालले बताउँनुभयो । कृषकहरुले मौरीको चरणका लागि अन्यत्र लैजादा समेत अझैपनि मौरीले फुलको डाँठ खाइदिन्छ भन्ने गरेको वताउँनुभयो । तर मौरी नहुदा कृषकको उत्पादननै हुदैन भन्ने सम्म चेतना कृषकमा नहुदा मौरी पालक र कृषकविच जहिलेपनि विवाद भइरहेको दाहालले बताउँनुभयो ।
अर्का मौरीपालक संघ मोरङ्गका अध्यक्ष रेवतीकुमार तिम्सिनाले महको उपभोगबाट मानवीय स्वास्थ्यमा हुने फाइदा र मौरीका कारण वोटविरुवामा परागसेचनभई उत्पादन वढ्नेकुराका वारेमा अझैपनि गाउँगाउँमा फैलाउन नसकिदा मौरीका वारेमा अझैपनि भ्रमहरु ह्टन नसकिरहेको वताउँनुभयो ।
मौरीपालक संघका केन्द्रिय अध्यक्ष रामप्रसाद पौडेलले मौरीपालन व्यावसायलाई निर्वाहमुखी नभएर व्यावसायीक बनाएर लैजान सके मौरीपालक तथा कृषक दुवैलाई फाइदा पुग्ने हुदा यसतर्फ राज्य तथा सरोकारवाला सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । कृषकले विषादी हाल्दा समेत फुल फुल्नुपहिले विषादी हान्ने गरेको खण्डमा मौरीलाई वचाउन सकिने र फसलसमेत वढी लाग्ने पौडेललको भनाई थियो । जिल्ला कृषि विकास कार्यालयका सहायक प्रमुख खिलकुमार श्रेष्ठले मौरीमैत्री वृक्षारोपण र कृषकहरुलाई मौरीले गर्ने परागसेचनका वारेमा जिल्लाभर जनचेतनामुक कार्यक्रमको आयोजना गरेर यसवारेमा जनचेतना जगाइने वताउँनुभयो ।
मौरीका अगुवा कृषक मोहनप्रसाद तिम्सिनाले गाउँ गाउँमा खाट्टी मह भन्दै झोले व्यापारीहरुले चाँकासहितको खराव मह विक्रिगरिदिदाँ समेत उपभोक्ताहरुमा विश्वासको कमि हुने तथा ठगिने गरेको गुनासो गर्नुभयो ।

सम्बन्धित खबर