कनकाईँ अनलाईन
बिर्तामोड २६ कार्तिक । मंसीर २१ गते हुने निर्वाचनका लागि अर्जुनधारामा चुनाव प्रचार प्रसार समिति गठन भएको छ । वाम गठबन्धन तथा देशभक्त राष्ट्रवादी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाको निर्वाच क्षेत्र नम्बर २ ख मा सिएन सापकोटाको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । नेता कार्यकर्ताको भेलामाझ अर्जुनधारा वडा २ मा भएको कार्यक्रममा गठित कमिटीमा योगेन्द्र बराललाई सहसंयोजक बनाइएको छ ।
सचिवमा डोर उपरखुटी रहेका छन् ।
ख क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउँदै वाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनको तर्फका प्रदेशसभा सदस्य उम्मेदवार बृख प्रधान,र प्रतिनिधिसभाका उम्मेदवार एमालेका पवित्रा खरेल निरौलालाई बहुमतका साथ जिताउने अभियान सञ्चालन अघि बढाउँदै गरेको संयोजक सापकोटाले जानकारी दिए ।
कार्यक्रममा अर्जुनधारा वडा २ क्षेत्रको निर्वाचन परिचालन मूल कमिटीका समेत गठन गरिएको बताइएको छ । प्रदेशसभाका लागि ख क्षेत्रका उम्मेदवार बृख प्रधान,एमाले केन्द्रिय सदस्य भाष्कर काफ्ले,राप्रपा नेपालका अर्जनधारा उपाध्यक्ष इन्द्र बुढाथोकी,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तुलसी प्रसाद खतिवडा लगायतले बोलेका थिए ।
त्यसैगरी झापाको क्षेत्र नम्बर ३ को भद्रपुर ७ स्थित सत् मिलन भवनमा र भद्रपुर ४ मा आइतवार विहान चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्र न.३ का प्रतिनिधि सभाका साझा उमेदवार राजेन्द्र लिङ्देन, प्रदेश सभाका उमेदवार पुर्णसिंह राजवंशी, भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ, एमाले नेता युवराज खतिवडा, प्रदेश सभाका उमेदवार वसन्त वानीया , भद्रपुर नगरपालिकाका उप मेयर चन्द्रा श्रेष्ठ लगायतले आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा निर्वाचन प्रचार प्रसार परिचालन समितिका संयोजक पुष्प पोख्रेल, एमाले जिल्ला सदस्य माधव विद्रोही, असारु राजवंशी, पुकार राजवंशी समेतको सहभागीता रहेको थियो । सोही कार्यक्रमकावीच ज्ञानवहादुर पुरीको संयोजकत्वमा सह संयोजक पूर्णप्रसाद राणा, र सचिव माधव अधिकारी रहेको ९ सय ९९ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति निर्माण गरिएको छ ।
झापा हल्दीवारी २ चुनावी भेटघाट कार्यक्रम ।
निर्वाचन प्रचार प्रसारको लागि विभिन्न समिति गठन । कार्यक्रममा साझा उम्मेद्बार राजेन्द्र लिङ्ग्देन, र पुर्ण सिंह राजवंशी, माओबादीका मोहन टुडु , नरेन्द्र फागो ,एमालेका लक्ष्मण पाठक, राप्रपाका कुमार राई , लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो । भद्रपुर ६ मा सम्पन्न भेलाले प्रेम वडालको संयोजकत्वमा कुशरी वन्जारा सह संयोजक र जीवन बिष्ट सचिव रहेको ५सय ५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ ।