कनकाईँ अनलाईन
काकडभिट्टा । क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले नेपाली काँग्रेसको नितिका कारण निजी क्षेत्र अस्पताल, बिध्यालय, उगोद्यधन्दा, ब्यापार लगायतको क्षेत्रहरुको बढोत्तरी भईरहेको बताउनु भयो ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेको शर्माले हिजोको दिनमा हिँसा र आतंकमा बिश्वास गर्नै माओवादी रुपान्तरित भएर निर्वाचनमा आएको हुदाँ सबैको भावना र मर्मलाई गाँस्नु पर्नै दिन आएको बताउनु भयो । शर्माले फुटबलको प्रसंङ्ग निकाल्दै एउटै जर्सीमा रहेका खेलाडीहरुले गाँउ, वडा, नगर हुदै अबको निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभामा पनि गोल गर्ने मौका जनताले दिन हुन्छ भन्ने पूर्ण बिश्वास र भरोसाका साथ मैदानमा ओर्लिएको बताउनु भयो ।
प्रदेशसभा क का उम्मेद्वार केशवराज पाण्डेले संविधान बनिसकेको छ, त्यसमा थोरबहुत सबैको भावना र मर्मलाई समेट्नु पर्ने छ । तसर्थ चीन र भारत समृद्धि तर्फ बढिरहेको गारेटोलाई पछ्याउन् हामी सबैको भावना र मर्मलाई सम्बोधन गर्दै समृद्धितर्फ लाग्ने समय आएको बताउनु भयो ।
त्यसैगरी प्रदेशसभा ख का अशोक पोख्ररेलले अव देश प्रान्तीय संरचनामा जाने भएको हुदाँ आफनो ३ दशक लामो न्यायिक अनुभव तथा क्षमताको कूशल सदुपयोग गर्न चुनावी मैदानमा आएको बताउनु भयो । राज्य भित्र न्यायपालिकामा हुने भ्रष्टाचार र न्यायको किन्न बेच जस्तो प्रबृतिलाई निमूल पार्न अतिआवश्यक रहेको जिकिर गर्दै राजनितिक चरित्रका कारण हामीले भोग्दै आएको दुः ख , पीडालाई अन्त गर्नुपर्ने बताउनु भयो ।
आईतवार मेचीनगर –५ स्थित कमल डाँडा, मेचीनगर –८ स्थित दुर्गा मन्दिर, मेचनिगर– ६ स्थित भट्टराई चोक, मेचीनगर –१२ स्थित चारआली चोकमा भएको कोणसभालाई समानुपातिकका उम्मेद्वार गोपाल तामाङ्ग , पूर्व सांसद उषा गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।