कनकाई अनलाईन
बिर्तामोड २७ कार्तिक । बाम देशभक्त तथा राष्ट्रवादी गठबन्धनका उम्मेदवारलाई निर्वाचनमा विजयी गराउने उदेश्यले अर्जुनधारा क्षेत्रमा प्रचार प्रसार कार्यलाई तीव्रता बनाइको छ ।
अर्जुनधारा –४ मा एकदेव खनालको संयोजकत्वमा ३ सय एक सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ । गठित प्रचारप्रसार समितिको सह–संयोजक विदुर भट्टराई रहेका छन् ।
वडालाई ६ वटा टोलमा विभाजन गरेर प्रचारप्रसारको कार्यलाई तिव्रता दिएको संयोजक खनालले बताए । एक कार्यक्रमका बिच बाम देशभक्त तथा राष्ट्रवादी शक्ति तर्फबाट प्रतिनिधि सभा क्षेत्र न २,अन्तर्गत प्रदेश सभा ख का सूर्य चिन्हका उम्मेदवार बिर्ख प्रधानले प्रचार प्रसार वडा कार्यालय व्यानर पढेर उदघाटन गरेका थिए ।
यता अर्जुनधारा – ७ मा पनि संयुक्त प्रचार प्रसार वडा कार्यालय उदघाटन प्रदेश सभा ख का उम्मेदवार प्रधानले गरेका थिए ।
नेकपा माओवादी केन्द्रकी वडा अध्यक्ष रमा भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य भाष्कर काफ्ले,माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार खड्क कन्दङ्वा,माओवादी केन्द्रका केन्द्रिय सल्लाकार सदस्य तारा सुवेदी,राप्रपाका स्थानीय नेता तारानिधि भट्टराई लगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी वामपन्थी,देशभक्त र रास्ट्रवादीहरुको जन संगठनहरुको संयुक्त भेला झापा क्षेत्र नं.३ भद्रपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभाका उम्मेद्बार राजेन्द्र लिङ्देन, प्रदेश सभा १ का उम्मेद्बार वसन्त वानिया, प्रदेश सभा २ का उम्मेद्बार पुर्ण सिंह राजवंशीले आफ्ना चुनावी प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत रन्जु प्याकुरेल र औचित्य माथि प्रकाश राम दवाडीले गरेका थिए । कार्यक्रमका वीच निर्वाचन प्रचार प्रसारको लागि विभिन्न समिति गठन गरिएको छ ।