लीलाराज झापाली
कनकाई । काठमाण्डौँको स्थानीय निर्वाचनमा रन्जु दर्शनाले अत्याधिक मत ल्याएर चर्चामा आएकी थिइन विवेकशील पार्टीबाट आज यो दुई पार्टी मिलेर विवेकशील साँझा पार्टी बनेको छ । दुई चर्चित पार्टी मिलेर बनेको विवेकशील साँझा पार्टीबाट झापा क्षेत्रनम्बर ४ का प्रतिनिधिसभाका उम्मेद्धार तुलसीराज उप्रेती बाम तथा कांग्रेसका उम्मेद्धारका लागि चुनौती बनेका छन ।
पछिल्लो समय पुराना दलभन्दा पनि नयाँदललाई जनताले विश्वास गर्नु र यी युवा समाजशास्त्रमा स्नातकोत्तर गरेका सानै उमेरका यी युवाका भनाई र विचार समेत वर्षौ पुराना दलहरुका भन्दा उत्कृष्ट रहेपछि भोट माग्न गाउँ पस्दा धेरै युवाको समर्थन यी उम्मेद्धारमा पर्न थालेपछि प्रतिस्पर्धामा रहेका बाम र कांग्रेसका उम्मेद्धारलाई यी उम्मेद्धार भारी बनेका छन ।
३२ वर्षे यी युवा हालको झापा गाउँपालिका ७ मदरगाछँका हुन । प्लस टु सम्म स्थानीय जनतामावि शरणामतीमा अध्यान गरेर थप विएडसम्म कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अध्यान गरेर एमए सोसोलोजीमा विर्तामोड कोहोड कलेजमा अध्यायन गरेका युवा हुन ।
उनी घरदैलो र कोषसभामा अरु पार्टीको जस्तो गाली गलौज गर्दैनन तौलेर सटिक मात्रै कुरा गर्ने र भाषणमा आधार प्रमाण सहित पत्रकारिताकै शैली प्रस्तुत गर्ने हुदा धेरै जनाले गोप्य मतदानमा यी युवालाई साथ दिने वताइसकेका छन । उनी विवेकशील साँझा पार्टीका संयोजक तथा चर्चित पत्रकार रविन्द्र मिश्रका विश्वासपात्र समेत मानिन्छन ।
त्यसोत हालै स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा माओवादी केन्द्र राप्रपा तथा अन्य दलको भन्दा वढी मत ल्याएर नगरपालिकामै शनशनी मच्चाउने भीमप्रसाद अधिकारी समुहको समेत यस विवेकशील साँझा पार्टीका उम्मेद्धारलाइृ साथ मिलेको छ । सुरुङ्गाको कनकाई माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउँने स्थानीय युवा कवि प्रसाईँ लगायातको ठुलो टिम समेत विवेकशीलमा लागेपछि ठुला दललाई विवेकशीलको चुनौती पन्छाउन निक्कै सकश परेको स्थानीय चुनाव विश्लेषकको भनाईँ छ ।