भोलीदेखि नेपालकै चर्चित धार्मिक पर्यटकिय क्षेत्र शिवसताक्षी नगरपालिकाको झिलझिलेमा दोस्रो सताक्षी गोल्डकपको आयोजना हुदै छ । नेपाल तथा भारतका उत्कृष्ट १० टिमहरुको सहभागिता रहने गोल्डकपको तयारी पुरा भएको छ । प्रस्तुत छ , गोल्डकपसग केन्द्रित गरेर खेल समितिका सचिवालय सदस्य तथा युवा व्याक्तित्व सन्तोस थेगिम सग गरिएको कुराकाकनी ।
१) सताक्षी गोल्डकपको तयारी कसरी गर्दै हुनुहुन्छ तयारी कहाँ पुग्यो ?
भोलीदेखि सुरु हुने सताक्षी गोल्डकपको तयार लगभग सकिएको छ । मैदान व्यावस्थापन देखि लिएर दर्शकका लागि बस्न सुविधासम्पन्न प्याराफिट निर्माण प्रचार प्रसार लगाँयातका सवै तयारी हामीले सक्किसकेका छौँ । कामको जिम्वेवारी लिनुहुने सवैले आफ्नो कामको जिम्वेवारी पुरा गरिसक्नुभएको छ , सवारी पार्किङ्ग , अथिति स्वागत लगायातको काम पुरा भएको छ । खेलका लागि देशका विभिन्न स्थानबाट खेलाडीहरु आउनेक्रम जारी छ ।
२) अघिल्लो संकरणको गोल्डकपभन्दा यसवर्षको गोल्डकपमा फरक के पाउनेछन दर्शकले ?
यसपटकको गोल्डकपमा दर्शकले अघिल्लोवर्षको भन्दा वढी मनोरन्जन पाउनुहुनेछ छ । अघिल्लो संकरणमा नभएका नेपाल तथा भारतका उत्कृष्ट टिमहरु यसवर्ष खेलमा हुनेछन । मनाङ्ग , थ्री स्टार , आर्मी , झापा ११ , रमपम झापा ११ , अग्नि रुपन्देही ११ , एपिएफ , पोखरा ११ , भारतको डाईमण्ड अफ फुटवल एकाडेमी लगाँयातको आयोजक सतासीधाम स्पोर्टिङ्ग क्लवका खेलाडीहरुले प्रतिस्पर्धा गर्दै छन ।
हामीले प्रतियोगिताकै स्तर उन्नती गर्ने क्रममा पुरस्कारमा समेत भारी वृद्धि गरिदिएका छौ जसमा प्रथम पुरस्कारको राशी ५ लाख बनाएका छौँ ।
उत्कृष्ट विधामा समेत पुरस्कार दिर्दै छौ । हरेक दिनको म्यान अफ द म्याचलाई समेत दैनिक १० हजार रुपैँया पुरस्कार दिर्दै छौ । यसवर्ष हामीले अन्तराष्ट्रिय स्तरको गोल्डकपको आयोजना झिलझिलेमा गर्दै छौ । यसका लागि तयारी सकिएको छ । प्याराफिट निर्माण गर्ने क्रममा पनि हामीले कुनैपनि दर्शकलाई अप्ठ्यारो नहुने हिसावमा निर्माण गरिदिएका छौ , जुन दर्शकहरु स्वयाम हेर्न आउदा थाहा पाउनु हुने छ ।
३) ग्राउण्ड व्यावस्थापन या प्याराफिटमा वर्षेनी खर्च बढदैँ छ , यस वर्ष कति रुपैँया खर्च भएको छ ?
हो , हामीले खेलको सफलता भन्नुनै दर्शकको आगमन र दर्शककै सुविधा हो । जसको लागि हामीले कुनै कन्जुस्याईँ नगरेको सवैमा म जानकारी गराउन चाहन्छु । हामीले यस स्थानमा सुवधा सम्पन्न रङ्गशाला बनाउने प्रमुख लक्ष्य राखेका छौँ ।
रङ्गशाला बनेपछि यो खर्च बच्ने छ , यसवर्ष हामीले ५ लाख रुपैँया रकम खेलमैदानको व्यावस्थापनमा खर्चिएका छौ । दर्शकलाई वस्ने खेल हेर्ने कुरामा कुनै असुवधा नहोस भन्ने कुरामा हामी सचेत भएका छौँ ।
४) गोल्डकप सम्पन्न गर्न कति खर्च हुने अनुमान छ ?
हामीले गोल्डकपमा ४९ लाख जति खर्चको अनुमान गरेका छौँ ।
५) खर्चको जोहो कसरी गर्दै हुनुन्छ ?
हामीले यस क्षेत्रका सम्पुण नगरवाशी , देशविदेशमा रहनुहुने खेलप्रेमी दाजुभाई दिदिबहिनीहरुले हामीलाई साथ र सहयोग दिनुभएको छ । मुख्यत झापाली दर्शकहरुले नै टिकट काटेर यस खेललाई हेर्दै आउनुभएको छ । जुन सहयोग हामी कदापि भुल्न सक्दैँनौ , ठुल्ठुल्ला कम्पनीहरु रेडबुल , टुर्वोग , मोवाइल कम्पनी , मुख्यत शिवसताक्षी नगरपालिकाले हामीलाई प्रमुख सहयोग गरेको छ ।
६ ) आयोजक टिम पनि तपाईको प्रतिस्पर्धामा रहेको छ ? कस्तो बनाउनुभएको छ आयोजक टिम ?
यस पटकको हाम्रो आयोजक टिममा प्राय सवै राष्ट्रिय खेलाडी रहनेछन । अनन्त तामाङ्ग , विमल घर्तिमगर , विक्रम लामाका साथमा यस क्षेत्रका प्रतिभावान खेलाडीहरुसमेतलाई टिममा राखेर हामीले आयोजक टिमको तयारी गरेका छौँ ।
७) आयोजक टिमको लक्ष्य के रहेको छ ?
हामी मुख्य रुपमा उपाधिकै रक्ष ागर्ने तयारीका साथमा मैदानमा उर्तने छौँ । गत वर्षपनि हामी सड्न डेटमा हारेका थियौँ सेमिफाईनलमा सायदै १०\१० जनाले पेलान्टी हानेको पहिलो रेकडैँ होला यसवर्ष हामी हरेक खेलको ९० मिनेभित्रै जित्नेगरीको आयोजक टिम बनाएका छौँ । उपाधिको कप उच्चाल्नेनै हाम्रो लक्ष्य रहेको छ ।
८) समग्र गोल्डकपकै लक्ष्य चाहि के लिनुभएको छ ?
हामीले यस ठाउँको खेल प्रवद्धनमात्रै नभएर यस ठाउँको परिचयलाई विश्वसामु परिचित गराउँने , खेलमैदान निर्माण यस ठाउँमा सुविधा सम्पन्न खेलमैदानको निर्माण गर्ने , फुटवल एकाडेमी संचालन गर्ने हामीले माथि भनेका कुराहरु सम्पुर्ण खेलप्रेमी दर्शक तथा दाताहरुको साथ पायौँ भने यी लक्ष्य पुरा गर्न हामीलाई कुनै गाह्रो पर्ने छैन ।
९) अन्त्यमा सम्पुर्ण दर्शक तथा खेलप्रेमीहरुमा थप के भन्नुहुन्छ ?
यस क्षेत्रका स्थानीय वाशीले हिजोपनि खेललाई मन पराइदिनुभएको छ । खेल हेरिदिनुभएको छ । यो सहयोग निरन्तर गरिदिनुहोस भन्न चाहन्छु । ९ दिनसम्मनै खेल मैदानमा खेलका लागि आइदिनुहोस । केहि कमीकमजोरी भएमा सुझाव दिनुहोस हामी आगामी संकरणबाट सुधार गर्दै लैजाने छौँ । सम्पुर्ण खेलप्रेमी महानुभावलाई भोली दिउसोवाट सुरु हुने गोल्डकपमा खेल हेर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान झिलझिलेको खेल मैदानमा खेल हेर्न आइदिनुहोस भन्न चाहन्छु ।
प्रस्तुती लीलाराज झापाली \ कनकाईँ अनलाईन