Kanakai Online

अवको मुद्धा समृद्धि विश्वप्रकाश


आइतवार, कार्तिक २६, २०७४ |

कनकाई अनलाईन
काकडभिट्टा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले अबको मुद्धा राजनितिक होईन, समृद्धि हुन पर्ने जिकिर गर्दै पार्टीका नेतृत्व बद्ल्नु पर्ने या परिस्कृत हुनपर्नै कुरामा जोड दिनु भएको छ ।
शनिवार मेचीनगर –१० स्थित धोडापट्टी चोक र मेचीनगर– ६ स्थित मिनी मार्केटमा भएको कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
बहुदल आएपछि नेपाली काँग्रेसको नितिका कारण बिकासका काम थोरबहुत हुन थालेको भन्दै त्यसमा एमाले, माओवादीको समेत सहभागीता रहेको बताउनु भयो । उहाँले देश जोड्ने कुरालाई बल दिने क्रममा “सयौ थुङ्ग फुलका हामी एउटै माला नेपाली” ले साकार रुप तब लिन्छ जब मधेस,पहाड,हिमाल,आदिबासी जनजाती, दलित लगायतको भावनालाई गाँसेर एउटै माला बनाइन्छ । एउटा गाँउ, नगर र क्षेत्रले तब बिकास र समृद्धितर्फ उन्मुख हुन्छ, जब एउटा सश्क्त टिम बन्द्छ, त्यसैले गाँउ , वडामा ललित तामाङ्ग, नगरमा विमल आचार्यलाई विजयी गराए जस्तै प्रदेशमा केशवराज पाण्डे र केन्द्रमा मलाई विजयी गराउन्ु हुन् र्हािदक अपिल गर्दछ ।
आफु प्रतिनिधिसभामा विजयी भएर सांसद या मन्त्री बन्न मात्र आएको नभएर अबको एक दशकमा देशकै प्रधानमन्त्री बन्ने बिश्वास तथा महत्वकाँक्षाका साथ तपाईहरु माइा आएको बताउनु भयो। प्रदेश सभाका उम्मेद्वार केशवराज पाण्डेले बहुलबाद र खुल्ला अर्थतन्त्रमा बिश्वास गर्ने कुरा गर्दै सिमाना जोडिएको भारतको पश्चिम बंगालमा कम्यूनिष्ट पार्टीले ३ दशक लामो सत्तामा बसेर के के बिकासका कामहरु गरेको हामी सबैलाई अवज्ञात छदैछ् ।
कोणसभामा पूर्व सांसद उषा गुरुङ्गले पछिल्लो संबिधानसभाको निर्वाचनमा टुरिष्ट उपमाले चिनिएका उपविजेता बिश्वप्रकासले यस क्षेत्रमा हरपल रहेर सहयोगी भावनाले काम गरेका छन्। स्वास्थ्यको नाममा होस, या बाडीपिडीतको नाममा या भूकम्प पिडितको नाममा या असह्य बालबालिकाको नाममा किन नहोस् वहाँले सक्दो प्रयास गरेका कारण फेरि आज तपाईहरु माइा आएकौ कुरा गुरुङ्गले बताउनु भयो ।