कनकाई अनलाईन
काकडभिट्टा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्वार बिश्व प्रकाश शर्माले “जब समाजलाई भावनात्मकरुपमा गाँस्दै सबैको पहिचनालाई समेत जोडेर अगाडी बढ्न सकिन्छ, तबमात्र नेपाललाई आर्थीक रुपमा समृद्धि तर्फ लैजान् सकिन्छ ।”
शक्रबार मेचीनगर– ६ स्थित शान्ती तथा रमाईलो टोल, मेचीनगर –१ स्थित मेचे डाँगी चोक र मेचीनगर –३ स्थित हात्तीसुडे चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । यदि हामीले राजनिति संस्कार र संस्कृति बद्ल्न् सकियो भने देशले गति लिन् सक्छ् । उहाँले आफ्नो क्षेत्रलाई इङ्गिकत गर्दै ४८ सालपछि काँग्रेस बाहेक किन अन्य राजनितिक दलले आदिबासी जनजातीहरुलाई राष्ट्रिय राजनितिमा ल्याउन् नसेको भन्दै प्रतिप्रश्न गर्नु भयो ।
प्रदेशसभाका उम्मेद्वार केशवराज पाण्डेले फुटबल खेलको उदाहरणा दिदै भन्नु भयो, अहिले हाम्रो गोलकिपरमा वडा अध्यक्ष ललित तामाङ्ग र मेन डिफेन्समा नगरका मेयर बिमल आचार्य सशक्त भूमिकामा छन्, आफु मिड फिल्डको र बिश्व प्रकाश जी स्टाईकारको जिम्मेवारीमा रहेका छौ । त्यसैले गर्दा हाम्रो टिम स्र्पिट सशक्त रहेको हुदाँ भोलिका दिनमा क्षेत्रको बिकास तथा समृद्धिका लागि हामी उपयुक्त साबित हुने कुरामा कुनै दुबिधा नरहेको बताउनु भयो ।
कोणसभामा पूव सांसद उषा गुरुङ्ग ,सामनुपातिकका उम्मेद्वारद्धय तम्मर राई, गोपाल तामाङ्ग ,क्षेत्रिय सभापति मणी उप्रती र नगर सभापति इन्द्र बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।